• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एसियन गेम्स : पदक नजिक पुग्नै सकेन 'नेपाल'
खेलपाटी संवाददाता
मंगलबार, भदौ ५, २०७५ खेलपाटी संवाददाता
एसियन गेम्स : पदक नजिक पुग्नै सकेन 'नेपाल'

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत चौथो दिन मंगलबार पनि नेपालले सम्झन लायक प्रदर्शन गर्न सकेन ।

आधा दर्जन बढी खेलमा प्रतिस्पर्धा गरेपनि नेपालले अघिल्ला दिन झैँ सुन्य पदकमा चित्त बुझाएको छ । अर्थात नेपाल पदकको नजिक पुग्नै सकेन । 

नेपालले आशा गरेको मार्सल आर्ट्स अन्तर्गतको तेक्वान्दोमा आजपनि पदक जित सकेन । तेक्वान्दोका ज्ञानी चुनाराले दोस्रो चरण यात्रा गरेपनि त्यसभन्दा अघि बढ्न सकिनन् ।

नेपालको लागि भारोत्तोलनको एक राष्ट्रिय कीर्तिमान नै आजको सफलता रह्यो ।  पदकको आशा गरेको प्याराग्लाइडिङमा आज नेपालले सोचेको जस्तो प्रदर्शन गर्न सकेनन । 

नेपाल पदकको प्रतिक्षामा रहदा चीन शीर्ष स्थानमा यथावत रहेका छन् । चीनले ३० स्वर्णसहित कुल ६० पदक जितेको छ । दोस्रो स्थान रहेको जापान १२ स्वर्णसहित कुल ४७ पदक जितेको छ ।

८ स्वर्णसहित कुल ३४ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ । भारतले ३ स्वर्णसहित कुल १० पदक जितेको छ ।

नेपालको दोस्रो दिन कस्तो रह्यो ?

भारोत्तोलन –

भारोत्तोलनमा सञ्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले महिलाको ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाएकी हुन् ।

सन्जुले जकार्ताको जेआई एक्स्पो हलमा मंगलबार स्यान्चमा ७२ र क्लिन एन्ड जर्कमा ८६ केजी भार बहन गर्दै समग्रमा १५८ केजी तौल उचालिन् । तीन महिना अघि उनले  काठमाडौंमा अन्तर क्लब प्रतियोगितामा  स्यान्चमा ७१ र क्लिन एन्ड जर्कमा ८५ केजी तौल उचाल्दै १५६ केजी उचालेर किर्तिमान बनाएकी थिइन । यस पटक उनले आफ्नो रेकर्ड सुधार गरेकी हुन् । 

उनले पहिले चरणमा  स्न्याचतर्फ ६८ केजी र दोस्रो राउन्डमा ७२ केजी उचालेकी थिइन् । तेस्रो राउन्डमा ७३ केजीको भार उचाल्न सकिनन् । त्यसैगरी क्लिन एन्ड जर्कमा पहिलो राउन्डमा ८२ र दोस्रो राउन्ँडमा ८६ केजी उचालिन् । तेस्रो राउन्डमा ८८ केजी उचाल्ने प्रयास सफल भएन । १२ खेलाडी सहभागी स्पर्धामा सन्जु १२ औं स्थानमा आइन् । फिलिपिन्सकी हिडिल्यन डाएजले समग्रहमा २०७ केजी तौल उचाल्दै स्वर्ण पदक जितिन् । तुर्किमेनिस्थानकी क्रिस्टिना सेर्मेटोभाले समग्रमा २०६ केजी भार बहन गर्दै रजत र थाइल्यान्डकी सुराड्चना काम्बाओले समग्रमा २०१ केजी उचाल्दै तेस्रो स्थान हासिल गरे । 

बास्केटबल -

पुरुष थ्री अन थ्री बास्केटबलमा नेपालले दोहोरो पराजय भोगेको छ । समूह ‘सी’ को लिग खेलमा नेपालले जापानसँग २२–११ र कतारसँग २१–८ ले पराजित भयो ।

जेबीजे बास्केटबल कोर्टमा भएको पहिलो खेलमा नेपालले शुरुमा जापानसँग प्रतिस्पधात्मक खेलेको थियो । नेपालका लागि मविन्द्र भण्डारी र निश्चल महर्जनले ४÷४ अंक जोडे । अजय कुश्वााले १ र आशिम बस्नेतले २ अंकको योगदान दिएका थिए । जापानका लागि योसियुकीले सर्वाधिक ११ अंक जोडेका थिए । 

अर्काे खेलमा कतारले नेपाललाई २१–८ ले हरायो । नेपालका मविन्द्र भण्डारीले ३, निश्चल महर्जनले ४ र अजयले १ अंक जोडे । नेपालको समूहमा जापान, जोर्डन, माल्दिभ्स र कतार रहेका छन् । 

बास्केटलको महिला थ्री अन थ्री बास्केटबमा नेपालको महिला टिमले चाइनीज ताइपेको सामना गर्दै छ । नेपालको महिला बास्केटबल टिममा एलिना गुरुङ्ग, श्रेया खड्का, भावना लामा र अनुशा मल्ल रहेका छन् ।

पौडी -

एसियाली खेलकुदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औं स्थान हात पारेका छन् । ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेन्डमा पूरा गरे । ७ खेलाडीले भाग लिएको दोश्रो हिटमा भने शिरीष तेश्रो स्थानमा रहे ।

यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५.८८ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । बिहीबार शिरीषले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि बुधबार गौरिक सिंहले २ सय मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन् ।

तेक्वान्दो -

एसिायाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेश्रो दिन पनि पदकविहीन बनेको छ । एसिायली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ ।

तेश्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए ।

महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससंग २०–० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरेकी थिइन् ।

महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे ।

बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् ।

कबड्डी -

पुरुष कबड्डीमा नेपालले लगातार दोश्रो हार व्यहोरेको छ । समूह ‘बी’ को लिग खेलमा नेपाल जापानसंग २८–३१ ले पराजित भयो । पहिलो खेलमा नेपाल आयोजक इन्डोसियासंग चुकेको थियो । मंगलबार नेपालले दुई खेल खेल्नेछ । पहिलो खेलमा नेपालले इरानसंग खेल्नेछ भने दोश्रो खेलमा मलेसियाको सामना गर्नेछ ।

प्याराग्लाइडिङ -

पुरुष व्यक्तिगत स्पर्धामा नेपालका विजय गौतम ५ राउन्डसम्म १४ औं स्थानमा छन् भने सुशील गुरुङ २५ औं स्थानमा छन् । यो स्पर्धामा ३३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । गौतम ३ राउन्डसम्म दोस्रो स्थानमा थिए ।

यस्तै एक्युरेसीको पुरुष टिम इभेन्ट्समा ५ राउन्डसम्मको खेल सकिँदा नेपाल आठौं स्थानमा छ । यो स्पर्धामा १५ राष्ट्रले भाग लिएका छन् । एक्युरेसीको महिला टिम इभेन्ट्समा नेपाल सातौं स्थानमा छ ।

प्याराग्लाइडिङको एक्युरेसीको अन्तिम नतिजा बुधबार आउनेछ । शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ । नेपालले क्रस क्रन्ट्रीमा पदकको आसा गरेको छ ।

उसु - 

महिला सान्सौंको ६० केजी मुनि तौल समूहमा नेपालकी लुमन्ती श्रेष्ठ थाइल्यान्डकी सुचया बुआलुङसँग क्वाटरफाइनलको पहिलो राउन्डमै पराजित भइन् । लुमन्ती बाइ पाएर सीधै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP