• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एसियन गेम्स : पहिलो दिन नेपालको प्रदर्शन फितलो, कुस्तीमा नेपालको चुनौती समाप्त
खेलपाटी संवाददाता
आइतबार, भदौ ३, २०७५ खेलपाटी संवाददाता
एसियन गेम्स : पहिलो दिन नेपालको प्रदर्शन फितलो,  कुस्तीमा नेपालको चुनौती समाप्त

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं एसियन गेम्समा आइतबार नेपालको प्रदर्शन निकै फितलो रह्यो ।

आइतबार प्रतिस्पर्धा गरेको अधिकांस खेलमा नेपालले पराजय बेहोर्यो । पुरुष ब्याडमिन्टनमा नेपालले सफलता पाएपनि अन्य खेलमा सोचेको जस्तो प्रदर्शन भएन् ।

प्रतियोगिता अन्तर्गत आइतबार चीनले सर्वाधिक पदक जितेको छ  । चीनले ७ स्वर्णसहित कुल १६ पदक जितेको छ  । यस्तै जापानले ३ स्वर्णसहित १४ र दक्षिण कोरियाले २ स्वर्णसहित १० पदक जितेको छ  ।

इन्डोनेसियामा आइतबार नेपालको प्रदर्शन कस्तो ?

ब्याडमिन्टन :

नेपालले प्रतिस्पर्धा गरेको मध्ये पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्यो । नेपालबाट रत्नजित तामाङ, दिपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले क्वाटरफाइनलमा मंगलबार चाइनिज ताइपेईं विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

महिला टिम इभेन्टमा भने नेपाल चुक्यो । माल्दिभ्सले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालबाट नङशल तामाङ, जेशिका गुरुङ, रशिका महर्जन र अमिता गिरीले खेलेका थिए ।

कुस्तीमा नेपालको चुनौती समाप्त :

कुस्तीमा नेपालको चुनौती समाप्त भएको छ । कुस्तीमा नेपालबाट ३ पुरुष खेलाडीले भाग लिएका थिए । आइतबार तीनै खेलाडीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो ।

५७ केजीमा भागवत शाह तेली इरान, ७५ केजीमा सुरेश चुनारा जापान तथा ६५ केजीमा सरोज यादव मंगोलियाका खेलाडीसंग पहिलो चरणमै पराजित भए । तीनै खेलाडी १०–० ले पराजित भए ।

तेक्वान्दो :

तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङ पराजित भएका छन् । कमल र पार्वती दुवै चाइनिज ताईपेईंका खेलाडीसंग चुके ।

महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईंसंग पछि प¥यो । त्यसअघि उज्वेकिस्तान टोली डिस्क्वालिफाइ घोषित भएपछि नेपाल क्वाटरफाइनलमा सीधै प्रवेश गरेको थियो ।

सोमबार महिला ५३ केजीमुनि निमा गुरुङ, ६७ केजीमुनि संगीता बस्याल र पुरुष ५८ केजीमुनि सागर गुभाजुले प्रतिस्पर्धा गर्नेछन् ।

सुटिङ :

नेपालले मिक्स टिम इभेन्टमा समग्रमा २२ औं स्थान हासिल गरेको छ । २२ राष्ट्रका खेलाडी सहभागी मिक्स टिम इभेन्टमा सुस्मिता नेपाल र सुशे चौधरीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका थिए ।

४३६ पुर्णाङ्कमा सुस्मिताले ४०३.५ र सुशे चौधरीले ३७२.९ अंकको प्रदर्शन गरे । अब सुस्मिता र सुशेसहित कल्पना परियारले व्यक्तिगत १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् ।

फेन्सिङ :
 
फेन्सिङमा आइतबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलाको साबर स्पर्धामा कमला श्रेष्ठ र रविना थापा पराजित भए ।
 
लनटेनिस :
 
लनटेनिसको पुरुष सिंगल्समा नेपालका संरक्षकभूषण वज्राचार्य आयोजक इन्डोनेसियासंग २–६ र २–६ तथा अभिषेक बाँस्तोला भियतनामसंग ६–१, ३–६ र ३–६ को सोझो सेटमा पराजित भए । महिला सिंगल्समा भियतनामले माहिका राणालाई ६–० र ६–१ त्था हङकङले मायांका राणालाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाए ।
मिक्स डबल्समा पनि माहिका राणा र प्रणव खनालको जोडी ६–० र ६–१ तथा संरक्षक र एनी माथेमाको जोडी ६–१ र ६–० को सीधा सेटमा पराजित भए । दुवै जोडी हंङकङका खेलाडीसंग चुके ।
 
उसु :
 
पुरुष थाउलोको छान् छ्वानमा नेपालका विजयी सिन्जालीले ८.२५ अंक जोड्दै समग्रमा १५ औं स्थान हासिल गरे । यो स्पर्धामा १८ खेलाडी सहभागी थिए ।
निमा घर्ती मगर १२ खेलाडी सहभागी नान् छ्वानमा १० औं स्थानमा आइन् । निमाले नान् ताउ भने सोमबार प्रतिस्पर्धा गर्नेछिन् ।
महिला सान्सौंको ५२ केजीमा नेपालकी जुनी राई भियतनाम, पुरुष ६० केजीमा नेपालका मंगलप्रसाद थारु इन्डोनेसिया तथा पुरुष ७० केजीमा नेपालका चित्रसिंह ठकुरी दक्षिण कोरियाका खेलाडीसंग पराजित भए ।

कबड्डी :

पुरुष कबड्डीको समूह ‘बी’ को लिग खेलमा आयोजक राष्ट्र इन्डोनेसियाले नेपाललाई ३३–२९ ले हरायो । ११ राष्ट्र सहभागी पुरुष कबड्डीको समूह ‘बी’ मा नेपाल, इन्डोनेसियासहित जापान, इरान, मलेसिया र पाकिस्तान छन् । नेपालले मंगलबार जापान, बुधबार इरान र मलेसिया तथा अगष्ट २३ तारिखमा पाकिस्तान विरुद्ध खेल्ने कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए ।

 

फुटबल :

पुरुष फुटबलमा नेपाल समूह चरण बाटै बाहिरिएको छ । समूह ‘डि’ को आफ्नो अन्तिम खेलमा नेपाली यु–२३ टोली पाकिस्तानको यु–२३ टोलीसंग २–१ गोलले पराजित भयो । चार राष्ट्र रहेको उक्त समूहमा नेपाल यसअघि जापानसंग १–० र भियतनामसंग २–० गोलले पराजित भएको थियो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP