• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आर्चरीमा नेपाललाई एक रजत सहित ३ पदक
खेलपाटी संवाददाता
आइतबार, मंसिर २२, २०७६ खेलपाटी संवाददाता
आर्चरीमा नेपाललाई एक रजत सहित ३ पदक

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आर्चरीमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गरेको छ ।

नेपालले आइतबार कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो । फाइनलमा खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजित गर्दा नेपाल रजत पदकमा सिमित भएको हो ।

नेपालले फाइनल खेलमा १ सय ४० अंक ल्याउदा बंगलादेशले भने १ सय ४८ अंक ल्याउन सफल भएको हो । नेपाली टिममा इमायुङग राई र शान्तह मल्ल रहेका थिए भने बंगलादेशका सुस्मिता बनिक र एमडी सोहिल राना सहभागि भएका थिए । उक्त इभेण्टमा श्रीलंकाले कास्य पदक हात पार्न सफल भएको छ ।

आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो हुँदा ६ वटामै बंगलादेशले स्वर्ण जितेको छ ।

बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्सतर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो ।

त्यस्तै कम्पाउण्ड पुरुषतर्फ नेपालले कास्य पदक हात पार्न सफल भएको छ । नेपालले कास्य पदकको लागि आइतबार भएको खेलमा श्रीलंकासंगलाई १ अंकको अन्तरले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको हो । नेपालले २ सय ८ अंक ल्याएको थियो भने श्रीलंकाले २ सय ७ अंक ल्याएको थियो । नेपालको टिममा मिन प्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचन रहेका थिए ।

उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेशले भुटानलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । विजेताले २ सय २५ अंक ल्याउदा उपविजेताले भने २ सय १४ अंक ल्याएको थियो । बंगलादेशको टिममा असिकुज्जमान महमद, दास असिम कुमार र राना एमडी सोहेल रहेका थिए भने भुटानको टिममा वाङग्डि फुन्टशो, दोर्जी ताण्डिङ र सेराव कर्मा रहेका थिए ।

कम्पाउण्ड महिला तर्फको खेलमा नेपालले सिधै वाई पाएर कास्य पदक प्राप्त गर्न सफल भएको हो । यस इभेण्टमा भुटान सहभागी नभएसंगै नेपाललाई सहज कास्य पदक प्राप्त भएको हो ।

नेपालको टिममा मोनिका राना मगर, मन्जु बजगाई र इमायुङ राई रहेका थिए । उक्त बिधामा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै स्वर्ण जितेको हो । बंगलादेशको टिममा वानिक सुस्मिता, विश्वास सुमा र रे समोलि रहेका थिए भने श्रीलंकाको टिममा करुनारन्ते अनुराधा, सालिका हर्सानि र थाक्सिला दमयान्थि रहेका थिए।

त्यसै गरी कास्य पदकको लागि नेपाल रिकर्भ पुरुष तर्फको इभेण्टमा भुटानसंग समान अंक भए पनि नेरेस्ट द प्वाइटका आधारमा नेपाल पराजित भएको छ । नेपाल र भुटानको समान २८ अंक रहेको थियो । नेपाली टिममा तिकल पुन मगर, रोसन नगरकोटी र अशिम शेरचन रहेकाछन्। उक्त बिधामा बंगलादेशले श्रीलंकालाई पराजित गरी स्वर्ण हात पार्न सफल भएको हो ।

रिकर्भ महिला तर्फको खेलमा पनि नेपालले कास्य पदकको लागि भुटानसंग भएको खेलमा २ अंकले पराजित भयो । नेपालको टिममा ज्ञानु अवाले, मित्र राई र आयुसा तामाङ रहेका थिए भने भुटानको टिममा ओलम्पिकमा छनौट भएकी खेलाडी कर्मा, डेकि सुनाम र डेमा सोनाम रहेका थिए । उक्त बिधामा पनि बंगलादेशले श्रीलंकालाई पराजित गर्दै स्वर्ण हात पारेको हो । बंगलादेशको टिममा खातुन एमएसटी इटिवाई, मोनेरा महनाज अक्तेर र व्यूटि रहेका थिए भने श्रीलंकाको टिममा शिल्भा थिसारी मधुसिका, तयावल्लि रिहाना र वाक दुगे मल्सा दिल्हानी रहेका थिए ।

रिकर्भ मिक्स टिम पनि नेपालले कास्य पदक प्राप्त गर्न चुक्यो । कास्य पदकको लागि आज भएको खेलमा श्रीलंकाले नेपाललाई पराजित गरेको हो । नेपाली टिममा आइषा तामाङ, रोशन नगरकोटी श्रीलंकाको तर्फबाट डे सिल्भा महमदाच्चि सजिव र तयावल्लि रिहाना रहेका थिए । उक्त बिधा पनि बंगलादेशले भुटानले पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएको हो । बंगलादेशको टिममा खातुन एमएस्टी इटीवाई र साना एमडी रुमन सहभागि भएका थिए भने भुटानको टिममा देमासोनाम र छिरिङ किन्ले रहेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
पुरुषमा सेमिफाइनल समीकरण पूरा
पुरुषमा सेमिफाइनल समीकरण पूरा
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP