• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
8th national games
  • गृहपृष्ठ
  • 8th national games
७ राष्ट्रिय कीर्तिमानसहित गौरिकालाई १२ स्वर्ण
खेलपाटी संवाददाता
बिहीबार, वैशाख १२, २०७६ खेलपाटी संवाददाता
७ राष्ट्रिय कीर्तिमानसहित गौरिकालाई १२ स्वर्ण

बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा आर्मीका गौरिका सिंहले ७ राष्ट्रिय कीर्तिमानसहित १२ स्वर्ण पदक जितेकी छिन् ।

बुधबार सम्पन्न पौडीमा गौरिकाले अन्तिम दिन ३ राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण जित्दै व्यक्तिगत १२ स्वर्ण हात पारेकी हुन् ।

नेपालगञ्जमा बुधबार गौरिकाले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । गौरिकाले २ मिनेट ३२ दशमलब ०० सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएकी हुन् ।

उनले आफ्नै नाममा रहेको २ मिनेट ३२ दशमलब ५१ सेकेण्डको कीर्तिमान भंग गरिन् । यस स्पर्धामा आर्मीकी डुवना लामाले रजत र एपीएफकी टिशा शाक्यले कांस्य जितिन् ।

Image may contain: 3 people, people smiling, people standing and text

यस्तै गौरिकाले महिला ५० मिटर फ्रिस्टाइलको हिट चरणमा कीर्तिमान बनाईन् । उनले हिट चरणमा २७ दशमलब ८१ सेकेण्डको समय निकाल्दै आफ्नै नाममा रहेको २७ दशमलब ९५ सेकेण्डको कीर्तिमान भंग गरिन् । फाइनल चरणमा गौरिकाले २७ दशमलब ५९ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् ।

यस स्पर्धामा आर्मीकी सोफिया शाहले रजत र एपीएफकी टिशा शाक्यले कांस्य जितिन् ।

यस्तै गौरिकाले महिला १०० मिटर ब्याकस्ट्रोक्समा कीर्तिमानसहित स्वर्ण जितिन् ।  गौरिकाले १ मिनेट ०७ दशमलब २२ सेकेण्डको समय निकाल्दै आफ्नै नाममा रहेको १ मिनेट ८ दशमलब ६३ सेकेण्डको कीर्तिमान भंग गरेकी हुन् ।

यस स्पर्धामा आर्मीकी डुवना लामाले रजत र पुलिसकी अनुष्का पोखरेलले कांस्य जितिन् ।

प्रतियोगिता अन्तर्गत पुरुष २०० मिटरमा व्यक्तिगत मिड्लेमा पुलिसका शयद हाम्जा शाहले कीर्तिमानसहित स्वर्ण जिते । उनले २ मिनेट १७ दशमलब १९ सेकेण्डको समय निकाल्दै शिरिष गुरुङको कीर्तिमान भंग गरे । शिरीषले २ मिनेट २६ दशमलब १७ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

यस स्पर्धामा रजत जितेका एनआरएनएको नाथन दोर्जे शेर्पा र कांस्य जितेका आर्मीका अनुभव सुब्बाले समेत कीर्तिमान भंग गरे ।

पुरुष ५० हजार फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले कीर्तिमानसहित स्वर्ण जिते । उनले २५ दशमलब ०६ सेकेण्डको समय निकाल्दै शिरिष गुरुङको नाममा रहेको २५ दशमलब ८० सेकेण्डको कीर्तिमान भंग गरे । यस स्पर्धामा पुलिसका शयद हम्जा शाहले रजत र आर्मीका अनुभव सुब्बाले कांस्य जिते ।

Image may contain: 1 person, smiling, outdoor

पुरुष १०० मिटर ब्याकस्ट्रोक्समा एनआरएनएका नाथन दोर्जे शेर्पाले कीर्तिमानसहित स्वर्ण जिते । उनले १ मिनेट ४ दशमलब ०६ सेकेण्डको समय निकाल्दै प्रसान्त राज जोशीको नाममा रहेको कीर्तिमान भंग गरे  । एपीएफका तेञ्जिङ्ग गुरुङले रजत र नासिर हुसेनले कांस्य जिते  ।

पुरुष फ्रीस्टाइलमा पुलिसले स्वर्ण, आर्मीले रजत र एपीएफले कांस्य जिते  । महिलातर्फ आर्मीले स्वर्ण, पुलिसले रजत र एपीएफले कांस्य जिते ।

Image may contain: 13 people, people smiling, people standing and outdoor

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्डरडग भुटानसँग सचेत नेपाल
अन्डरडग भुटानसँग सचेत नेपाल
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
राष्ट्रिय खेलकुदको इतिहास : आठौंसम्म को-को च्याम्पियन ?
राष्ट्रिय खेलकुदको इतिहास : आठौंसम्म को-को च्याम्पियन ?
महिला फुटबलमा एपीएफलाई स्वर्ण
महिला फुटबलमा एपीएफलाई स्वर्ण
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP