काठमाडौं । प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् ।
जंगीअड्डा भद्रकालीमा शनिबार भएको म्याराथनमा राजनले निर्धारित दुरी २ घन्टा २० मिनेट ०८ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् ।
उपाधिसँगै राजनले ३ लाख नगद पुरस्कार र यामाहाको मोटरसाइकल प्राप्त गरे ।
आर्मीकै खडक बहादुर खड्काले २ घन्टा २१ मिनेट ४३ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे ।
आर्मीका कृष्ण बहादुर बस्नेतले २ घन्टा २२ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
दोस्रो भएका खडकले २ लाख र तेस्रो भएका कृष्णले १ लाख प्राप्त गरे ।
![](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/329374582_706954254233105_3904532265961973271_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=T0zovU5wYpYAX-GCsNd&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AfCHmmo953ZfLyIntIGNOLDFiZGVWxdFj0GJVARa_EaMQQ&oe=63EBC08C)
हाफ म्याराथनको महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई र पुरुषमा आर्मीका दीपक अधिकारीले उपाधि जिते ।
राजपुराले निर्धारित दुरी १ घन्टा १४ मिनेट ३४ सेकेन्डमा पूरा गरिन् ।
महिलातर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र आर्मीकै निर्मला केसीले तेस्रो स्थान हासिल गरिन् ।
पुरुषको उपाधि जित्ने क्रममा दीपकले १ घन्टा ४ मिनेट ०६ सेकेन्डमा दौड पूरा गरे । आर्मीकै मुकेश पाल दोस्रो र तीर्थ पुन तेस्रो भए ।
हाफ म्याराथन पुरुष र महिला दुवैतर्फ विजेताले समान ७५ हजार, दोस्राले ५० हजार र तेस्राले ३५ हजार प्राप्त गरे । महिलाको विजेताले इलेक्ट्रिक स्कुटर पनि प्राप्त गरे ।
![](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/329255093_1214782172497672_7319949323973480360_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=BAMLfl7aCnYAX-3qKw5&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AfCPuWFG1NPkgDuonsDMmsBa6pcNIdKu4nP5X0hydOHAOA&oe=63EBC375)
सैनिक अधिकृत १० किलो मिटर दौडको पुरुषमा सुरज ऐडी पहिलो भए । विशाल चन्द्र वाजी दोस्रो र जिलेस्पी जंग कार्की तेस्रो भए ।
यसै स्पर्धाको महिलातर्फ अस्मिता जिसी पहिलो भईन् । दुर्गा केसी दोस्रो र गिता गुरुङ तेस्रो भइन् ।
१० किमी छात्रामा सोनु घतानी, साधना श्रेष्ठ र मनीषा गिरी शीर्ष तीनमा रहदा छात्रमा विकेश घिमिरे, प्रज्वल श्रेष्ठ र सुशिल बोहराले शीर्ष तीन स्थान हासिल गरे ।
नेपाली सेनाले महाशिवरात्री र सेना दिवसको अवसरमा म्याराथन प्रतियोगिता आयोजना गरेको हो ।
![May be an image of 4 people, people standing and dog](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/329397222_1242622716352507_2992926840980592785_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=EabFiel1sqoAX9WUw9O&tn=xwGRlwMi372QLrYb&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AfAknH-A_-oPMvcEnksNQD-2XDVrnQx5NtY9Z83B2idAFg&oe=63ECC05A)
![May be an image of 10 people, people standing and outdoors](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/329223345_552006486895068_9191868476435196629_n.jpg?_nc_cat=109&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=qxQZe5Z3wcwAX9KeWvr&tn=xwGRlwMi372QLrYb&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AfCAwnEaxwPvzDMkljMQEpT_yZqgnetAHPWBeBcj6Hf90Q&oe=63EC73D7)