• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
हरिलाई काठमाडौं म्याराथनको उपाधि
खेलपाटी संवाददाता
शनिबार, भदौ २५, २०७९ खेलपाटी संवाददाता
हरिलाई काठमाडौं म्याराथनको उपाधि

काठमाडौं । नेपाली सेनाका हरिकुमार रिमालले १४ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् ।

दशरथ रंगशालामा शनिबार निर्धारित दुरी २ घन्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्दै रिमालले उपाधि जितेका हुन् । उपाधिसँगै रिमालले १ लाख नगद पुरस्कार प्राप्त गरे ।

दोश्रो स्थानमा रहेका सेनाकै जुनेश खड्काले उक्त दुरी २ घण्ठा ४५ मिनेट ५९ सेकेन्डमा पूरा गरे ।

यस्तै तेश्रो स्थानमा रहेका एपीएफका राजन चौधरीले २ घन्टा ५५ मिनेट ४७ सेकेन्डका साथ दुरी पूरा गरे । दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैंया प्राप्त गरे ।
राजा मेहता, मिलन तामाङ र नारायण बस्नेत क्रमश चौथो, पाँचौं र छैटौं स्थानमा रहे ।

पुरुषतर्फको हाफ म्याराथनमा पर्वतका सुवास गुरुङ १ घण्टा १५ मिनेट र २१ सेकेन्डमा पहिलो, आर्मीका नवराज बुढा १ घण्टा २२ मिनेट र २२ सेकेन्डमा दोस्रो तथा आर्मीकै देवराज वस्नेत १ घण्टा २५ मिनेट र ४७ सेकेन्डमा तेस्रो भए ।

महिला हाफ म्याराथनमा पुलिसकी रेखा विष्ट १ घण्टा २६ मिनेट र ४० सेकेन्डमा पहिलो, धादिङकी लक्ष्मी थापा १ घण्टा ४६ मिनेट र ५८ सेकेन्ड तथा दोल्खाकी तिलिमाया राउत २ घण्टा ५ मिनेट र ५६ सेकेन्डमा तेस्रो भए ।
यस विधामा पुरुष र महिला दुवैतर्फ पहिलोले ५०, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैंया हात पारे । 

 

ह्विल चियर तर्फको प्रतिस्पर्धामा जोरपाटीका रामकाजी मिजारले १५ मिनेट ४०.६३ सेकेन्डमा साथ प्रथम स्थान हात पारे । यस्तै जाउलाखेलका दीपक श्रेष्ठले १५ मिनेट ४४.४५ सेकेन्डका साथ दोश्रो र जोरपाटीकै अर्जुन ढुङ्गानाले १६ मिनेट ४६.०९ सेकेन्डका साथ तेश्रो स्थान हात पारे ।

महिलातर्फ बागबजारकी यामी झाक्रीले २१ मिनेट २८ सेकेन्डका साथ प्रथम र २३ मिनेटका साथ लक्ष्मी घिमिरेले दोश्रो स्थान प्राप्त गरिन् ।

५ कि.मि. स्कुल तर्फ छात्रमा १२ मिनेट १९ सेकेन्डका साथ ललितपुरका प्रविन लिम्बुले स्वर्ण पाए । यस्तै १३ मिनेट ५१ सेकेन्डका साथ छोयागल लामा दोश्रो र १४ मिनेट २५ सेकेन्डका साथ अरविन खत्री तेश्रो भए ।

छात्रा तर्फ सरस्वती बोहरा १५ मिनेट १२ सेकेन्डका साथ स्वर्ण, आयुषा आचार्य १५ मिनेट ४८ सेकेन्डका साथ रजत र भावना नाथ १६ मिनेट २० सेकेन्डका साथ कास्य प्राप्त गर्न सफल भए ।

५ कि.मि. पुरुष तर्फ राजेन्द्र तामाङ, अभिषेक पाँचकोटी र यामराज खत्री क्रमश प्रथम, द्वितीय र तृतीय भए । महिला तर्फ अञ्जु खड्का, मनिष गिरी र श्रेवी महर्जन क्रमश प्रथम, द्वितीय र तृतीय भए ।

३ कि.मि. मास्टरको पुरुष तर्फ धर्म महर्जन, मनिन महर्जन र भिम बहादुर गुरुङ्ग प्रथम, द्वितीय र तृतीय भए । यस्तै महिला तर्फ ईम्ला प्रधानले स्वर्ण पाईन् ।

२१ कि.मि. तर्फ पुरुषमा सुवास गुरुङले प्रथम स्थान प्राप्त गर्दा नवराज बुढा र देवराज बस्नेत क्रमस दोश्रो र तेश्रो भए । महिला तर्फ रेखा बिष्ट, लक्ष्मी थापा र निलिमा राउतले क्रमश स्वर्ण, रजत र कास्य पाए ।

एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा हुने दौड नेपालको सबैभन्दा प्रतिष्ठित र नियमित आयोजना हुँदै आएको म्याराथन हो । दौड यसअघि कोरोना संक्रमणको कारण दुई वर्ष आयोजना हुन सकेको थिएन ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
सन्तोषी लन्डन जाने
सन्तोषी लन्डन जाने
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख पाउने
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख पाउने
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP