• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
छनोट नखेल्ने एन्फा निर्णयको चर्को आलोचना
खेलपाटी संवाददाता
मंगलबार, जेठ ९, २०८० खेलपाटी संवाददाता
छनोट नखेल्ने एन्फा निर्णयको चर्को आलोचना

काठमाडौं । एएफसी यू–२३ एसिया कप छनोटमा नेपाली टिम सहभागी नगराउने निर्णयपछि अखिल नेपाल फुटबल संघको चर्को आलोचना सुरु भएको छ । अर्को वर्ष कतारमा हुने एएफसी यू–२३ एसिया कपका लागि खेलिने छनोट प्रतियोगितामा एन्फाले नेपालको नाम समावेश गरेन । आर्थिक अभावको कारण देखाउँदै एन्फाले नाम समावेश नगरेपछि सोमबार सार्वजनीक सहभागी टिममा नेपालको नाम थिएन । एएफसीले सहभागी देशको वरियताका आधारमा सोमबार छनोट प्रतियोगिताको विस्तृत विवरण सार्वजनीक गरेको छ । प्रतियोगिताको 'ड्र' आगामी बिहीबार हुदैछ ।  

छनोट प्रतियोगितामा ४३ टिम खेल्ने भएका छन् । सेप्टेम्बर ४ देखि १२ सम्म ११ मैदानमा प्रतियोगिताका छनोट खेल हुनेछन् । सहभागी टिमहरु मध्य चार-चार टिम समावेश गरेर १० वटा समूह र तीन टिम सहभागी गराएर अन्तिम एक समूह तयार गरिनेछ । सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिता हुनेछ । समूहको विजेता टिम र उत्कृष्ट चार उपविजेता टिमले कतारमा हुने एसिया कपमा सहभागीता जनाउनेछन् । प्रतियोगिता सन् २०२४ अप्रिल १५ देखि मे ३ सम्म कतारमा हुनेछ ।

तर उमेर समूहको एसिया कप पुग्ने छनोट प्रतियोगितामा एन्फाले नेपाली टिम सहभागी गराएन । उमेर समूहको टिम र प्रतियोगितालाई विश्व फुटबलमा राष्ट्रिय टिम निर्माणको आधार मानिन्छ । तर आर्थिक कारण देखाउँदै उमेर समूहको एसिया कप छनोटमा टिम सहभागी नगराएपछि एन्फा र फुटबल नेतृत्वको चर्को आलोचना सुरु भएको हो । असक्षम नेतृत्वका कारण उमेर समूहको नेपाली टिम अन्तराष्ट्रिय सहभागीताबाट बञ्चित हुन परेको भन्दै सार्वजनीक रुपमा एन्फा र यसको नेतृत्वको आलोचना भैरहेको हो ।

एन्फा प्रवक्ता सुरेस शाहले सञ्चार माध्यममा आर्थिक कारणले नेपाली टिम प्रतियोगितामा समावेश गर्न नसकिएको पुष्टि गरेका छन् । 

‘सेभ नेपाल फुटबल’ भन्ने नाराको साथ एन्फा नेतृत्वमा आएका अध्यक्ष पंकज बिक्रम नेम्वाङ र उनको टिम अहिले फुटबल चलाउनै नसक्ने अवस्थामा पुगेको देखिन्छ । ‘लटरपटर’ ए डिभिजन लिग सञ्चालन गरेका नेम्वाङले चालू आर्थिक वर्ष सकिनै लाग्दा समेत बी र सी डिभिजन फुटबलको मिति तोक्न सकेका छैनन् । यस वर्ष बी र सी डिभिजन लिग नहुदाँ अर्को वर्षको लिगको चक्रनै बिग्रने अवस्था देखिन्छ ।

नेम्वाङ एन्फा नेतृत्वमा आएको पहिलो वर्षमै महिला लिग, उमेर समूहको प्रतियोगिता, जिल्ला, प्रदेश लिगका अधिकांश फुटबल कार्यक्रम धरासायी अवस्थामा छ । नेतृत्वको क्षमता नपुगेर घरेलु फुटबल चल्न सक्ने अवस्थामा छैन भने अन्य पदाधिकारी पद र पैसाको ‘छिर्के दाउ’मा लाग्दा नेपाली फुटबल जोखिमपूर्ण अवस्थामा छ । त्यसैको उदाहरणको रुपमा यू–२३ एसिया कप छनोटको घटना सतहमा आएको हो ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP