• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
वाह ! स्याबास नेपाली चेली‌
हेम राज हमाल
शनिबार, असोज १, २०७९ हेम राज हमाल
वाह ! स्याबास नेपाली चेली‌

काठमाडौं । यो कुनै सिनेमाको स्क्रिप्ट होइन । न त काल्पनिक पुस्तकको कुनै अंश । यो हो नेपाली महिला फुटबलले आउने पुस्ताका लागि तयार पारेको नयाँ अध्याय । जसले फुटबल मात्र होइन सिंगो नेपाली खेलकुद जगतलाई प्रेरणा दिनेछ ।

गर्वले छाती फुलेको छ । राति निद्रा पनि गजब लाग्यो । १६ सेप्टेम्बर २०२२, यो दिन नेपाली फुटबलको मक्का दशरथ रंगशाला एक इतिहासको साक्षी बन्यो । फुटबलप्रेमी मात्र नभई सारा देशबासीको शिर उच्च भयो ।

एकाबिहानै महिला फुटबल टोलीको सफलता 'चिया गफ' बनेको छ । 'ए हाम्रा महिलाले जितेछन् त' । खेलप्रति खासै लगाब नराख्ने जमात पत्रिकाको पाना पल्टाउँदा सहानुभूति राख्छ ।

'भारतलाई जितेको हो नि चानचुने कुरा हो र !' एक जमात जसलाई थाहा छ यो केवल जित मात्रै होइन उत्सव नै हो उसले उत्साहित हुँदै थप बुझाउन खोज्छ । किनकी यो जमातले १२ वर्ष पर्खिएको छ । यहि दिनको लागि ।

रेफ्रीको अन्तिम सिट्ठीपछि दशरथ रंगशाला जसरी जुर्मुराएको थियो त्यो सामान्य थिएन । यहाँ अनगिन्ती भावनाहरू ओतप्रोत थिए । दशकौंबाट दबेर रहेका कुन्ठाहरु, चोटहरू, पीडाहरु एकैपटक विष्फोट हुँदा उत्पन्न ध्वनिले लाग्थ्यो फुटबल खेलमात्र होइन भावना हो । जीवनशैली हो ।

महिला साफ च्याम्पियनसिप २०२२ । सेमिफाइनल खेल । घरेलु भूमिमा नेपाल भिड्दै थियो चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग । पहिलो हाफको इन्जुरी समयमा जब रश्मी कुमारी घिसिङले बल कन्ट्रोल गरिन, यो त्यही क्षण थियो जहाँ सबैको श्वास केही पलका लागि रोकिएको थियो । तपाईलाई महसुस भएन होला तर विश्वास गर्नुहोस् त्यो बेला मुटु केही पलको लागि धड्किन छोडेको थियो ।

त्यसपछि जे भयो बाँकी इतिहास बनिसकेको छ ।

नेपाल छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरिसकेको छ । दोस्रो सेमिफाइनलमा ५ पटकको साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको छ । अब नेपाल‌ आफ्नो पहिलो साफ ट्रफी उचाल्न आतुर छ । तर त्यसको लागि अँझै एक महत्वपूर्ण खुड्किला बाँकी छ । बंगलादेश ।

तर, त्यस अघि, भारतविरुद्ध धेरैको अपेक्षा थियो कि नेपाललाई समस्या हुनेछ । किनकी साबित्रा भण्डारीलाई डेंगु भएको थियो । नेपालले गोल गर्न सक्ने हो वा होइन कप्तान एन्जिला सुब्बा र उनको टोलीले बारम्बार दर्शकलाई रंगशाला आएर आफुहरुको हौसला बढाउन धेरै अपिल गरिरहेका थिए। दर्शकले उनीहरुलाई निराश बनाएनन् । आफ्ना चेलीहरुको समर्थनमा रंगशालामा ठूलो उपस्थिति जनाए । भारतविरुद्धको ऐतिहासिक जितमा दर्शकको ठूलो भूमिका रह्यो । धन्यवाद आदरणीय दर्शकवृन्द ।

यो नेपाली टोली भिन्न देखिन्छ । यसले गोल गर्नमात्र होइन अब बचाउन पनि सिकेको छ । यस टोलीका सारथी हुन् कुमार थापा । उनै कुमार जो कुनै बेलाका सर्वप्रिय खेलाडी थिए । उनलाई समयले दिएको 'दोस्रो मौका' मा उनी सफल रहे । प्रशिक्षकको रुपमा सन् २०१६ को महिला साफ सेमिफाइनलमा भारतविरुद्धको हार उनको जीवनमा ठूलो पाठ बनेर आयो । त्यसबाट कुमारले सिके । बुझे ।

६ वर्ष पछि ठिक त्यही मोड, ठिक त्यही अवस्था सबैकुरा उस्तै तर नयाँ कुमार थापा । जो सिपालु छन् बोल्नमा । प्रोफेसनल छन् काममा । जसले चुनौती स्विकारेका छन् । जो समस्याबाट भाग्दैनन् । जो आफ्नो कमजोरीलाई ढाकछोप नगरी सत्य देखाउँछन् । महत्वपूर्ण कुरा भनेको वाचा पूरा गरेर देखाउँछन् । यस्ता कुमार थापा यसपटक भारतको सामने थिए । फरक अनुभवको साथमा ।

उनको जीवनमा दशरथ रंगशालाको त्यो साँझले के अर्थ राख्ला कल्पना मात्र गर्न सकिन्छ । भारतसँग बाँकी रहेको पुरानो हिसाबकिताब जोडघटाउ गरेर ब्याज सहित असुलेका छन् । त्यसैले भनिन्छ नि समयले‌ तपाईलाई दोस्रो मौका अवश्य दिन्छ । बस् आफुलाई तयार गरेर राख्नुपर्छ । धैर्यता राख्नुपर्छ ।

उनले महत्वपूर्ण दाउ खेले ।‌ धेरैको अपेक्षा विपरीत प्रिती राईलाई भारतविरुद्ध सुरुआत गराउँदा कुमार के गर्न खोजिरहेका छन् भन्ने प्रश्न मनमा थियो । कुनै शंका छैन प्रिती राईले के गर्न सक्छिन् भन्नेमा ।‌ यसअघि नै सबैजना उनको क्षमतासँग परिचित भईसकेका  थिए ।‌ तर प्रतियोगिता अवधिभर दोस्रो हाफमा आएर केहि मिनेट खेलेकी प्रितीभन्दा अन्य अनुभवी खेलाडीले मौका पाउँछन् कि भन्ने अनुमान थियो । यसैपनि सावित्रा त बेन्चमा थिइन् । रेखा वा अमिषाले खेल्ने 'प्रेडिक्सन' विश्लेषकहरूले गरेका थिए ।

कुमारले प्रितीलाई रोजे । स्वयम प्रितीले पनि खेलपछि भनिन्, 'एक्कासी  सुरुआती-११ मा त्यो पनि भारतविरुद्ध सेमिफाइनलमा खेल्ने भन्दा अलिकति नर्भस थिएँ ।'

कुमार आफैमा पारङ्गत खेलाडी पनि रहिसकेका प्रशिक्षक हुन् । खेलको‌ मागलाई कसरि सम्बोधन गर्ने उनलाई थाहा छ । आधुनिक फुटबलमा 'नेचुरल इन्स्टिङ्ट' मा विश्वास गर्ने प्रशिक्षकले नै सफलता हासिल गरेका छन् । कुमारको प्रितीलाई सुरुआत गराउने निर्णय सायद उनको करियरकै उत्कृष्ट मध्येको‌ एक निर्णय बन्यो ।

साफको सेमिफाइनलमा भारतविरुद्धको ८३ मिनेट प्रितीको जादुमयी ८३ मिनेट रह्यो । यी 'फुच्चि केटी' ले प्रत्येक टच, प्रत्येक रनले दशरथ रंगशालालाई मोहित पारिन् । दर्शक उनको खुट्टामा बल पर्नासाथ ठुलो आवाजमा चिच्याउँथे । उनको 'वर्क रेट' ले साँच्चै दिवाना बनायो ।‌ टाईट डिफेन्सलाई चिर्दै पास निकाल्नु होस् या पोजेसन‌ बनाउनु होस् उनी धेरै स्मार्ट देखिन्थीन । अनि आयो त्यो 'प्रसिद्ध असिस्ट' । दायाँ भागबाट भारतीय डिफेन्सलाई तोड्दै उत्कृष्ट नियन्त्रणमा निकालेको क्रसले रश्मीलाई भेटिन । बाँकी जे भयो सबैलाई थाहा छ । उनीसँग नेपाली महिला फुटबललाई 'नेक्स्ट लेभल' मा लैजान सक्ने क्षमता छ ।

कुमारले भारतविरुद्ध खेल्नु अगाडिबाटै एउटा प्रयोग गर्दै आइरहेका थिए दुई अनितालाई 'लेफ्ट एन्ड राइट' स्विच गरिरहनु । त्यो जारी नै राखे । खेलको सुरुआतमा राइट विङ्ग पोजिसनमा संघर्ष गरेकी अनिता बस्नेत लेफ्टमा जाँदा खेलको पेस अँझै बढ्यो भने अनिता केसीले कम्फर्टेबल रन बनाईन् । उनीहरुले भारतीय डिफेन्डरको ध्यान भंग गरे । सेटल हुन दिएनन् ।

कुमारले हुम्लाकी‌ दिपा शाहीलाई साफमा राष्ट्रिय टोलीबाट डेब्यु गराए । खेलाडी चिन्ने क्षमता होस् त कुमारको जस्तो । वाह ! तपाईं पत्याउनुहुन्छ ? नेपालको यस सफलतासँग जोडिएको सबैभन्दा ठूलो कडि अनि कुमार थापाको‌ ब्रम्हाअश्त्र‌को नाम हो दिपा शाही । फेरि पढ्नुहोस् यो लाइनलाई ।

दिपाजस्तो खेलाडी हरेक जेनेरेसनले पाईराख्दैन । हो उनको खेल जीवन भर्खरै सुरु भएको छ । तर, नेपाली फुटबललाई अहिलेनै एउटा सल्लाह छ दिपा जस्तै खेलाडी तयार गर्न लागे हुन्छ अब ताकी भविष्यमा समस्या नआओस् । उनी  खेलको मोमेन्टम तय गर्ने खेलाडी हुन् । मैदानमा उनकै निर्णयले खेल कस्तो रुपमा संचालन गर्ने तय हुन्छ । उनले होल्ड गरेर बल क्यारि गर्छिन् भने सम्झिनुस् नेपाल आरामसँग पोजिसनमा बिल्डअप गर्नेछ । पासिङ फुटबल खेल्नेछ । उनी स्पेस बनाएर थ्रुबलमा गइरहेकी छिन्, विंगरलाई वाइड पठाउँदै फरवार्डमा सेकेन्ड बल खेलिरहेकी छिन् भने बुझ्नुहोस् कि नेपाल आक्रमणमा छ । गोल चाहन्छ । र, यदि उनी डिफेन्सिभ मिडमा छिन् र डिफेन्डरलाई क्लोज राखेर ब्याकपास अथवा क्लियर गर्दैछिन् भने नेपाल रक्षात्मक बनिरहेको हुन्छ । समग्रमा उनी मिडफिल्ड इन्जिन हुन् । भारतले पास कम्प्लिट नगर्नुमा उनको ठूलो हात रह्यो ।

कुमारले यसअघि रश्मीलाई फल्स नाईन र साइड प्लेमेकर रोल दिन्थे। भारतविरुद्ध सेन्ट्रल रोल दिए । उनीसँग परम्परागत स्ट्राइकरमा हुनुपर्ने गुण छ । शारिरिक बनावट, पेस र स्किल । भारतीय डिफेन्डरलाई अत्यन्तै दुःख दिएकि रश्मीको गोलले जनाउँछ उनी कुन दर्जाको खेलाडी हुन् । उनको टर्न र फिनिश यति दर्शनिय थियो कि यस्लाई विश्वस्तरीय भन्नमा कुनै लोभ छैन । त्यतिमात्र होइन आफुलाई ड्रप गरेर मिडफिल्डरसँग सहकार्य गर्नु, क्रसको माग गरेर पोइन्ट आउट गर्नु अति नै सानदार थियो ।

कुमार भन्दै आइरहेका थिए हाम्रो डिफेन्सको टेस्ट भएको छैन । हो नेपालले कुनै मैत्रीपूर्ण खेलेन न त समूह चरणमा कुनै टोलीले दवाब दियो । यसमा कुमारलाई जति श्रेय दिएपनि कम हुन्छ किनकि उनले अभ्यासमा‌ लगातार डिफेन्सलाई फोकस गरे । नेपाललाई गोल गर्न कहिल्यै समस्या थिएन साम्बा जस्ता धुरन्धरहरु हामीसँगै छन् तर गोल बचाउन नसक्दा नेपाल हार्थ्यो ।‌ नेपालले डिफेन्डर जन्माउँथ्यो तर 'क्यारेक्टर' निर्माण गर्दैनथ्यो । यसलाई कुमारले सुधार गरेका छन् । गिता रानाले सेन्टरब्याकको क्यारेक्टर र चरित्रलाई उत्कृष्ट ढंगले निभाईन । दोस्रो हाफमा उनले ८ क्लियरेन्स गरिन । ब्लकको त के कुरा । ट्याकलमा पनि एक्सपर्ट देखिइन । उनको अनुभवले पुनमसँगको समझदारी एकदमै भिन्न देखिन्थ्यो ।

भनिन्छ यदि पुनम जर्घा फिट छिन् भने नेपालको आधा पर्खाल ढुक्कसँग बन्छ । खेल जिवनको उतारचढावले पुनमलाई अँझ शसक्त बनाएको छ । उनी यस्तो खालको डिफेन्डर हुन जो गल्ती गर्दिनन् ।  भारतविरुद्ध प्रभावशाली 'साइलेन्ट डिउटी' निभाइन् । डिफेन्डर गल्ती नगर्ने भरपर्दो हुनुपर्छ । खेलमा यस्तो किसिमको डिफेन्डरबाट वाह ! क्षण विरलै आउँछ तर राम्रो प्रदर्शन एकैनासले आउँछ ।

सरु लिम्बु सबैको 'फेभरेट' हुन् । उनको लोकप्रियता पनि उनको खेल जस्तै छ । सुन्दर । रिदममा बग्ने । मिडमा उनी सललल बगेकी थिइन । सर्ट टर्न होस या पास एक्युरेसि यसमा उनी बिषेशज्ञ हुन् । भारतविरुद्ध पहिलो हाफमा केही अफ थिइन् तर दोस्रो हाफमा आफ्नो स्तर फेरि देखाइन् । समग्र मिडफिल्डलाई‌ एउटै धागोमा बाँधेर राख्ने तलमाथि हुन नदिने उनको जिम्मेवारी थियो ।

कप्तान एन्जिला तुम्बाप्पो सुब्बा । उनको लिडरसिप उनको सबैभन्दा ठूलो हतियार हो । जस्तोसुकै टोलि होस् एकजना नेता भएन भने टोली बिखण्डन हुन्छ । एन्जिला यस टोलीले रोजेको नेता हुन् । उनमा नेतृत्व गर्नसक्ने खुबी पहिल्यैदेखि थियो । जब उनी कप्तान थिइनन् त्योबेला पनि सबै खेलाडीलाई निर्देशन दिरहनु, पोजिसन सम्झाइरहनु, पासको दिशा बताइरहनु, जागरुक बनाईरहनु उनको बिशेषता थियो । अब त्यो मोटिभेसन झनै असरदार बनेको छ । उनले भारतले प्रहार गरेका पाँच अन टार्गेट सटहरुलाई रोकिन् । दुई तीन पटक त दशरथ रंगशालामा दर्शकको झन्डै गोल भएको रियाक्सन आयो । एन्जिला एकदमै अलर्ट थिइन र दुर्घटना हुन दिइनन् ।‌ टाइम कन्ज्युमिङ, लङ बल र रिलिज गजब थियो । उनकै कप्तानीमा नेपालले ऐतिहासिक जित हासिल गर्यो ।

फुलब्याकद्वय हिरा कुमारी भुजेल र अमृता जैसीलाई भारतीय विंगरबाट धेरै दबाब थियो ।‌ पहिलो हाफमा सुरुआतमा केहि लय नभेटेपनि अमृताले केहि राम्रा क्लियर र इन्टरसेप्ट गरिन् । उनको अनिता बस्नेतसँग नमिलेको तालमेलले केहि चिन्ता उत्पन्न गराएपनि बिस्तारै उनले पनि लय भेटिन । भारतले दोस्रो हाफमा पेस भएकी सौम्यालाई उतारेपछि डायग्नल स्विच धेरै खेल्यो यस्तोमा हिरा कुमारी भुजेल इन्भर्ट भएर उत्कृष्ट इन्टरसेप्ट गरिन् । भारतीय टोलीबाट धेरै क्रसहरु हुन नसक्नुको प्रमुख कारण अमृत र हिरा हुन् । त्यसपछि उनीहरू लङ बल खेल्न थाले जस्ले गर्दा भारतको सम्भावना कम हुँदै गयो ।

कुमारले एकदमै 'लेट सब्स्टिच्युट' गरे जुन जायज थियो । इतिहास रच्न सजिलो हुँदैन । सबै खेलाडीलाई सकुशल राख्न सक्नुमा उनको प्रसंशा गर्नुपर्छ । परिवर्तन भएर आएका अमिषा, समिक्षाले‌ पनि निर्देशन अनुसार योजनावद्ध काम गरे । कुनै 'एक्स्ट्रा' गर्नु आवश्यक थिएन ।‌

४-४-२ फर्मेसनलाई कुमारले निरन्तरता दिएका छन् तर केहि परिमार्जित स्वरुपमा । ट्रान्जिसनल सेपमा ४-३-३ पनि राखे । डिभेन्सिभ ड्युटीमा ५-३-२ पनि रह्यो । मतलब टोलीलाई 'फ्लेक्जिबल' बनाएका छन् । यो कडा अभ्यासको प्रतिफल हो । जहिल्यै दिक्क लाग्ने मिस पासहरु अहिले कम देखिन्छ । वान टच पासमा समेत एक्युरेसि विरलै देखिन्थ्यो । अहिले हेरिरहुँ झैँ लाग्छ । यसमा कुनै दुईमत छैन भारतविरुद्धको खेल नेपाली महिला टोलीले खेलेको अहिलेसम्मकै उत्कृष्ट खेल हो । न कुनै यता उता, कुनै लक, कुनै गल्ती कुनै केही पनि होइन । मात्र सुन्दर फुटबल ।

खेल पूर्वका‌ 'अड्स एन्ड इभन्स' का बावजुद नेपाली टोली भारतलाई हराउन सफल भएको छ । १२ वर्ष देखि चपाउँदै आएको फलामको च्युरा अन्ततः टुटेको छ । भनिन्छ नि, १२ वर्षमा खोला पनि फर्किन्छ । खोला फर्किएको छ ।

नेपाली टोलीको फिटनेस बिगतमा भन्दा अब्बल देखिन्छ । यसमा तारिफयोग्य काग गरेका छन् फिजिसियन र मेडिकल टोलीले । कुमार एन्ड कम्पनी अब पहिलो उपाधि सपना साकार बनाउन एकदमै नजिक छ । बंगलादेशको चुनौती पनि कम भने हुने छैन । तर गोर्खाली जोसको कुरै बेग्लै ! देख्नुभएन दशरथ रंगशालाको १२ औं खेलाडीलाई ?  

नेपाली जनताको लागि त पहिले नै विजेता भईसक्यो । कुरा जब भारतको आउँछ राष्ट्रियताको‌ भावना दोब्बर त हुने नै भयो । भारतको दबदबाले आजित फुटबलप्रेमी ले आफ्नै आँखा अगाडी जे देखे त्यसलाई आ आफ्नै शब्दमा व्याख्या गरे । धेरै सुनिएको टिप्पणी थियो 'यस्तो दिन पनि देख्न पाइँदो रहेछ त' । भारतविरुद्धको जितलाई धेरैले आश्चर्य नै मानेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP