• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
महिला साफ विशेष : कस्ता छन् सात टोली ?
हेम राज हमाल
शनिबार, भदौ १८, २०७९ हेम राज हमाल
महिला साफ विशेष : कस्ता छन् सात टोली ?

काठमाडौं । नेपालले लगातार दोस्रो पटक आफ्नै भूमिमा दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता महिला साफ च्याम्पियनसिप आयोजना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।

भारतको फुटबल संघलाई फिफाले लगाएको प्रतिबन्ध फुकवा भएसँगै  साविक विजेता भारतको पनि प्रतियोगितामा सहभागिता जनाउने बाटो खुलिसकेको छ । तसर्थ यस प्रतियोगिताको रोमान्चकता पुन: कायम हुनेमा फुटबल प्रेमी ढुक्क छन् ।

समूह विभाजन अनुसार समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।

छैटौं साफमा सहभागिता जनाउने टोली कस्ता छन् ?

नेपाल -

फिफा वरीयतामा १०२ स्थानमा रहेको नेपालले महिला साफको १२ वर्षे इतिहासमा अहिलेसम्म उपाधि चुम्न पाएको छैन । महिला साफका पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । सन् २०१६ को महिला साफमा मात्र नेपालले फाइनल खेलेन । भारतसँग सेमिफाइनलमा नै भेट हुँदा नेपाल फाइनल पुग्न सकेको थिएन । २०१६ मा नेपाल वर्तमान प्रशिक्षक कुमार थापाकै नेतृत्वमा थियो ।

महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापा दोहोरिएका छन् । उनले घोषणा गरेको साफ खेल्ने महिला टोलीमा केहि नयाँ अनुहार पनि समेटिएका छन् । नेपालको उमेर समूहमा राम्रो छाप छाडेका यू–१८ र यू–१९ टिमका खेलाडी पनि पहिलो पटक सिनियर टोलीमा अटाएका छन ।

May be an image of 15 people, people standing, people playing sports and grass

गत मार्चमा साफ यू-१८ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध विश्व स्तरीय गोल गरेर चर्चामा आएकी कर्णाली प्रदेशकी दीपा शाहीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन । साफका लागि उनको नाम आउँदा उनको जिल्ला हुम्लामा खुसियाली छाएको थियो ।

दीपा विभागीय टोली त्रिभुवन आर्मीकी खेलाडी हुन् । उनले चितवनमा भएको पहिलो चरणको राष्ट्रिय लिगमा पनि दुई गोल गरेकी थिइन् । रेनुका नगरकोटीले चोट बोकेकी हुनाले उनको पोजिसनमा दिपा फिट हुने अनुमान छ ।

पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउने अर्की खेलाडी हुन् समीक्षा घिमिरे । उनी  पनि विभागीय टोलीबाट घरेलु प्रतियोगिता खेल्ने गर्छिन ।  समीक्षा रौतहट जिल्ला कि प्रतिभावान खेलाडी हुन् । नेपाललाई उमेर समूहमा प्रतिनिधित्व गरिसकेकी डिफेन्डर विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध छिन् । एपीएफको दबदबा तोड्दै अप्रिलमा धनगढीमा भएको पहिलो महिला गोल्डकपको उपाधि पुलिसले जित्दा उनी महत्वपूर्ण सदस्य थिइन् ।

राष्ट्रिय टोलीको यसपटक नयाँ अनुहार अमिषा कार्की पनि हुन् । उनले पनि उमेर समूहबाटै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । राष्ट्रिय लिगमा वालिङ नगरपालिकाबाट खेल्दै करियर सुरु गरेकी अमिषा पछि त्रिभुवन आर्मी फुटबल क्लबमा आबद्ध भईन । महिला लिगको पहिलो चरणमा अमिषाले चार गोल गरेकी थिइन् । १२ जना स्ट्राइकरहरुको प्रारम्भिक सूचीबाट अन्तत: उनी  छनोट भएकी हुन् ।

नेपालले आफ्ना केहि अनुभवी खेलाडीलाई भने 'मिस' गर्नेछ । नियमित कप्तान रेनुका नगरकोटीसँगै प्रभावशाली डिफेन्डर पूजा राना पनि चोटले गर्दा यस पटकको साफमा हुने छैनन् । यद्दपी डिफेन्डर पुनम जर्घामगर, स्ट्राइकर सावित्रा भण्डारीले ‘कमब्याक’ गरेका छन् । जुन सन्तोषजनक पक्ष हो । यस्तै पछिल्लो २०१९ को साफमा डेब्यु गर्दै राम्रो प्रदर्शन गरेकी रेखा पौडेल पनि टोलीमा फर्किएकी छन । धनगढीमा पुलिस बिवाईसि कप च्याम्पियन बन्दा उनको लय सानदार थियो ।

नेपाली टिम -

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा,अञ्जना रानामगर, उषा नाथ

डिफेन्डर : हिराकुमारी भुजेल, अमृता जैसी,गीता राना, पुनम जर्घामगर, निशा थोकर,समीक्षा घिमिरे, विमला विक

मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही,इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्ड : सावित्रा भण्डारी, अमिषा कार्की,रेखा पौडेल, रश्मिकुमारी घिसिङ

भारत -

फिफा वरीयतामा ५८ औं स्थानमा रहेको भारत साफका सबै संस्करणको विजेता  हो । यस संस्करणको प्रमुख दाबेदार पनि भारत नै हो । सेप्टेम्बर ७ मा पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नु अघि भारत अहिले पुणेमा अभ्यास गरिरहेको छ ।

गत संस्करणको भारतीय महिला लिग मा 'इन्डियन एरो महिला टिम' को प्रशिक्षण हेरेका भारतको यू-२३ का प्रशिक्षक सुरेन क्षेत्रीलाई साफमा सिनियर महिला टोलि हेर्ने जिम्मा दिइएको छ । उनले साफ खेल्न आउने महिला टोलिमा पनि यू-२३ का धेरै खेलाडी छनोट गरेका छन् ।

भारतीय टोलीमा अहिले विराटनगरमा साफ खेलेका अन्जु तामाङ, स्वीटी देवि लगायतका खेलाडी बाँकी छन् । कोलकाता वुमन्स लिगमा एसएसबीलाई च्याम्पियन बनाएकी कप्तान डुलार मरान्दी पहिलो पटक राष्ट्रिय टोलीबाट साफ खेल्न नेपाल आउदै छिन् । इन्डियन वुमन्स लिगमा उनले ९ गोल गर्दै  प्रतियोगितामा चौथो सर्वाधिक गोलकर्ता बनेकी थिइन्।

Image

सिक्किम कि अन्जु तामाङ जसले विराटनगरमा नेपालविरुद्ध गोल गरेकी थिइन् उनी  टोलीमा छिन । गोल किपर अदिति चौहान यू-२३ थ्री नेसन्स कपमा अमेरिका र स्विडेनविरुद्धको खेलबाट नै राम्रो लयमा छिन् । एरो प्रोजेक्टबाट आएकी सेट पिस स्पेसलिस्ट १८ वर्षीया प्रियङ्का देबी २०२१ को यू-१९ महिला च्याम्पियनसिपमा चार गोलका साथ भारतको शीर्ष गोलकर्ता थिइन् । प्रि-सिजनमा क्रोएसियाको पहिलो डिभिजन क्लब दिनामो जाग्रेबमा ट्रायलमा सामेल भैसकेकी सौम्या गुगुलोथलाई पनि नेपाल आउदै छिन् ।

युरोपियन महिला च्याम्पियन्स लिग खेलेर पछिल्लो समय सनसनी मच्चाइरहेकी 'पोस्टर गर्ल' मनिषा कल्याणको नाम भने टोलीमा छैन । यो राहत हुनेछ अन्य टोलीलाई । उनी नेपालमा भएको २०१९ साफ च्याम्पियनसिपमा भारतीय टिममा थिइन्। कल्याण टोलीकी कान्छो सदस्य थिइन् र प्रतियोगितामा एक गोल गरेकी थिईन ।

पाकिस्तान-

पाकिस्तान फिफा वरीयतामा छैन । पाकिस्तान आठ वर्षपछि अन्तराष्ट्रिय फुटबलमा फर्किएको हो । साफमा २०१० मा पाकिस्तानले सेमिफाइनल खेलेको थियो । पाकिस्तानलाई पहिलो खेलमा नै भारतको चुनौती छ । यसपटक उसले पाकिस्तानी मुलका केहि ओभरसिज खेलाडीलाई समेटेको छ ।

पाकिस्तानको नेतृत्व युएईकी मारिया खानले गर्नेछिन्, जो कप्तानको आर्मब्यान्ड लगाएर अन्तर्राष्ट्रिय डेब्यूका तयार छन् । उनी पाकिस्तानी मुलकी युएई बासिन्दा हुन् । ३१ वर्षीय गोलकिपर पछि गएर मिडफिल्डर बनेकी थिइन् । उनले केहि अघि पाकिस्तानी टोली 'देखाउनको लागि मात्र नेपालमा नगएको' र खेलाडीहरू वास्तवमै राम्रो प्रतिस्पर्धा गर्न तत्पर रहेको बताएकी थिइन् । 

यस्तै बेलायतमा बस्ने फुटबलर नाडीया खान राष्ट्रिय महिला फुटबल टोलीमा सामेल हुने अर्की विदेशी पाकिस्तानी बन्ने भएकी छिन् । नाडीया एफए महिला राष्ट्रिय लिग डिभिजन वन मिडल्याण्डमा डोनकास्टर रोभर्स बेल्सबाट खेल्ने गर्छिन।

May be an image of 7 people and people standing

पाकिस्तानले  आठ वर्षअघि अन्तिम पटक अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो र विगत केही वर्षयता फुटबल गतिविधि ठप्प भएकाले टोलीलाई कठिनाइको सामना गर्नु परेको छ । पिएफएफले विदेशी खेलाडी बोलाएर छिटो समाधान खोजिरहेको बेला स्थानीय फुटबललाई ग्रासरुट लेभलमा फिक्सिङ गर्ने कुरालाई पनि दीर्घकालीन लक्ष्यका रूपमाहेरिरहेको छ । 

भुटान -

भुटान प्रतियोगिता सुरु हुनुभन्दा करिब  २ हप्ता अगाडी नेपाल आइपुगेको पहिलो टोली हो । फिफा वरीयतामा १७६ स्थानमा रहेको भुटान पछिल्ला वर्षमा प्रगतिको बाटो उन्मुख छ । नेपालमा आएर त्रिभुवन आर्मीसँग अभ्यास खेल खेलेर ४-० जित पनि निकालेको छ ।

सन् २०१० मा आफ्नो पहिलो खेल खेलेको भुटान विश्वको कान्छो राष्ट्रिय टोली मध्ये एक हो । नेपाल आउनु अघि भुटानले फ्रेन्ड्स युनाइटेड एफसीको यू-१७ पुरुष टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । पछिल्लो समय यदि कुनै टोलीले उमेर समूहमा राम्रो प्रदर्शन गरेको छ भने त्यो भुटान हो ।

May be an image of 6 people and people standing

महिला फुटबल टिमले गत वर्ष थिम्पुमा भएको दक्षिण एसियाली फुटबल महासंघ यू-१८ साफ च्याम्पियनसिपमा चर्चामा आएको थियो, जहाँ राष्ट्रिय महिला टोलीले माल्दिभ्सविरुद्ध १३-० को रोमाञ्चक जित हासिल गरेको थियो। त्यसै महिनाको सुरुमा यू–१५ च्याम्पियनसिपमा पनि यू–१५ महिला टोलीले श्रीलंकालाई ६–० ले हराएको थियो ।

बंगलादेश -

फिफा वरीयतामा १४७ स्थानमा रहेको बंगलादेश साफ महिला टोली मध्ये अहिले सबैभन्दा अप्रत्यासित टोलि बन्न सक्छ । उनीहरुको उत्कृष्ट प्रदर्शन दक्षिण एसियाली खेल २०१० मा कांस्य पदक र २०१६ को साफ महिला च्याम्पियनसिपमा दोश्रो बन्नु थियो । तर यसपटक बंगलादेशको महिला उपाधि जित्ने लक्ष्यका साथ नेपाल भ्रमणमा आउँदैछ ।

प्रतियोगिताका सबै इभेन्टमा सहभागी बंगलादेश टोलीकी कप्तान सबिना खातुन सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । अनुभवी स्ट्राइकरले अहिलेसम्म २२ गोल गरेकी छन् । जुनमा मलेसियाविरुद्ध घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको बंगलादेशको अघिल्लो टोलीबाट बाहिरिएका गोलकिपर साथी विश्वासलाई टोलीमा बोलाइएको छ ।

प्रतियोगिता अघि बंगलादेशले वार्मअप खेलका लागि धेरै देशलाई प्रस्ताव गरेको थियो तर युएईले अन्ततः दुई मैत्रीपूर्ण खेलमा सहभागी हुन मान्यो । तर अन्तमा, भएन । त्यसैले बंगलादेशको मलेसिया भ्रमणको अनुभवलाई नै आगामी प्रतियोगितामा उपयोग गर्नेछ । मारिया, मोनिका र  सिनियर टोलीका अन्य धेरै खेलाडीहरूले धेरै समयअघि यू-१८ प्रतियोगिता खेलिरहेका थिए । उनीहरूले धेरै अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन्, उनीहरूको शारीरिक रूपमा सुधार भएका छन् । फिफा वरियतामा बंगलादेशभन्दा अगाडि रहेको मलेसियालाई मैत्रीपूर्ण खेलमा पराजित गर्नु त्यो सुधारको प्रमाण थियो । गत भदौमा दशरथ रंगशालामा नेपालसँगको मैत्रीपूर्ण खेलमा बंगलादेशले उत्साहपूर्ण नतिजा निकालेको थियो ।

माल्दिभ्स -

फिफा वरीयतामा १५६ स्थानमा रहेको माल्दिभ्स टोली पहिलो पटक २००३ मा गठन भएको थियो । सन् २०१६ को साफमा सेमिफाइनल पुग्नु उनीहरुको ठुलो उपलब्धि हो ।

कप्तान तथा गोलकिपर अमिनाथ लिजा वर्षको उत्कृष्ट महिला फुटबलर घोषित भएकी थिइन् । उनी यस टोलीको प्रमुख खेलाडी हुन् । नुरा, थीबा, साहुला जस्ता खेलाडी थ्री नेसन्स कपमा चम्किएका थिए । युवा खेलाडी सुमा मोहम्मद एसिएल को अप्रेसन पछि टोलीमा पुनरागमन गर्दै छिन । माल्दिभ्स फुटबल संघले महिला खेलाडीको न्युट्रिशन र फिजिक्समा काम गरेको छ । महिला फुटबलमा बिस्तारै लक्ष्य हासिल गर्न लागिपरेको टिम हो माल्दिभ्स ।

श्रीलंका -

फिफा वरीयतामा १५३ स्थानमा रहेको श्रीलंका टोलीले दक्षिण एसियाली साफ महिला च्याम्पियनसिपका सबै संस्करण खेलेको छ । सन् २०१२ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । बिराटनगर साफमा सेमिफाइनल पुगेको थियो । श्रीलंका २०१२ मा साफको दोस्रो संस्करणको आयोजक थियो ।

May be an image of 9 people, people standing, people playing sports and grass

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले साफ महिला च्याम्पियनसिपमा सहभागिताको तयारीका लागि श्रीलंका महिला राष्ट्रिय फुटबल टोलीका लागि आशाजनक महिला फुटबल खेलाडी छनोट गर्न ट्रायल गरेको थियो ।

यसपटक टोलिले विभागीय टोलीहरु एअर फोर्स, नेभी एससी, पुलिस र आर्मीबाट धेरै खेलाडी छनोट गरेको छ ।

चालनी एकनायके,  प्रवीणा मदुकी परेरा, थुषानी मधुशिका, थिलिनी दिलहारा जयसिंघा जस्ता युवा खेलाडीहरु श्रीलंकाको लागि आशलाग्दा अनुहार हुन् ।

May be an image of text that says 'SAFF WOMEN'S CHAMPIONSHIP 2022 NEPAL 6-19 SEPT/ DASHRATH STADIUM 6SEPT/17:30 SEPT/ 17:30 BHU VS NEP 13:00 SEPT 17:30 IND VS PAK BAN VS MDV 9 SEPT/ 17:30 SRI VS BHU じ 13:00 10 SEPT 17:30 PAK VS BAN MDV VS IND 12 SEPT/ 17:30 NEP VS SRI 13:00 13 SEPT 17:30 MDV VS PAK Ο IND VS BAN 13:00 GR Î' WINNER VS GR B' RUNNER UP (SF1) 16 SEPT SEMI FINALS 17:30 GR B' WINNER VS GR Î' RUNNER UP (SF2) 19 SEPT/17:00 WINNER OF SF VS WINNER OF SF2 GR GR'

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP