• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
एन्फाको चुनाव, हिसाबले तनाव !
हिम बिक्रम केसी
शनिबार, जेठ २८, २०७९ हिम बिक्रम केसी
एन्फाको चुनाव, हिसाबले तनाव !

काठमाडौं । नेपालको फुटबल चलाउने संघ हो, एन्फा । यतिबेला फुटबल चलाउने संघ चुनावमा होमिएको छ । संघका सबै साना, ठुला नेतालाई चुनाव लागेको हो । चुनावैले होला, कुवेतको एसिया कपमा नेपालको समाचार फिक्का छ । हुन त एन्फालाई बाह्रै मासे अर्थात बाह्रै महिना चुनाव लाग्ने संघ भनिन्छ । हरेक दिन राजनीति, हरेक दिन दाउपेच, एन्फाको नियती हो । घरीघरी एन्फाको राजनीति मैदानसम्मै पुग्छ । घरी मुख्य प्रशिक्षक तानिन्छन्, घरी खेलाडी । लाग्छ, एन्फा, राजनीति, चुनाव, फुटबल उस्तै उस्तै अर्थ दिने शब्द हुन् ।  

एन्फाको भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले दाबी गरेका छन् । शेर्पालाई चुनौती दिएका छन्, उनैको प्यानलबाट अघिल्लो पटक उपाध्यक्ष जितेका पंकजबिक्रम नेम्वाङले । शेर्पाले निर्वाचित चार उपाध्यक्ष मध्य नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेका थिए । दुवै जना प्यानल सहित आसन्न केन्द्रिय निर्वाचनमा होमिएका छन्। 

kamana bank
clasic tec

धेरैले भन्छन्, खेलकुदमा राजनीति धेरै भो । अर्थात खेलकुदमा सम्बन्धित खेल संघ भन्दा एमाले, कांग्रेस, माओवादी आदी हाबी भए । एन्फा ठुलो खेल संस्था भएकाले फुटबल राजनीतिबाट अछुतो रहने कुरै भएन । तपाईलाई खास खुलासा, एन्फामा एमाले, कांग्रेस, माओवादीको नाममा राजनीति छैन । एन्फामा दुईटा पाटी छ । एउटा कर्मा पाटी, अर्को पंकज पाटी । खासमा कर्मा र पंकजको पाटी एउटै हो, कांग्रेस । एन्फामा एमालेपनि छन्, माओवादी पनि छन्, अली अली अरु पाटी नि छन् । तर ती सबै कर्मा पाटी र पंकज पाटीमा हाँगा हुन् । उदाहरणका लागि राष्ट्रिय फुटबल टिमका म्यानेजर छन्, मधुसुदन उपाध्याय । उनी एमालेका कार्यकर्ता हुन् । आफुलाई एमाले उपाध्यक्ष इश्वर पोखरेलको खास भन्छन् । तर उनी फुटबल राजनीतिमा कर्मा पाटीमा छन् । खाली विरोधै मात्रै गरेको देखिने एमालेका अर्का कार्यकर्ता छन्, दावा लामा । एमालेका प्रभावशाली महेश बस्नेतको खास भन्छन् अरे । उनी पंकज पाटी हुन् । उनी आसन्न निर्वाचनमा पंकज प्यानलबाट उपाध्यक्षका प्रत्यासी छन् । 

यत्रो भूमिका किन भन्दा एन्फाको चुनावमा दलको राजनीति छैन । कार्यकर्ताहरु दलबाट राजनीति त गर्छन्, तर फुटबलमा उनीहरुले मान्ने नेता र पाटी फरक छन् । त्यसैले एन्फाको चुनावी हिसाब सुरु गर्दा, यसलाई दलको राजनीतिबाट बाहिर राखेर गरिन बान्छनिय हुन्छ । त्यसैले यसको हिसाब र तनावको बेग्लै अंकगणित छ । दुवैले आफ्नो पकड क्षेत्रका आधारमा २१ सदस्यीय कार्यसमितिको प्यानल मैदान उतारेका छन् ।  

प्रचार शैली भब्य देखिएपनि एन्फा चुनावको अंक गणित ८७ जनाको हो । सिन्धुली र भक्तपुरले मताधिकार नलिने भएपछि हिसाब ८५ मा झरेको थियो । एन्फाको निर्वाचन समितिले चार भोट बदरको निर्णय गरेपछि चुनावको अंक ८१ मा आएको छ । तर समितिको निर्णय पूर्वाग्रही र विधानत गलत भएको दाबी सहित एउटा पक्षले पुनरावेदन दिएको छ । पूर्वाग्रही तरिकाले बदर गरिएका चार भोट फर्कने संस्थापन पक्षको दाबी छ । यदी चार भोट बिग्रिएको अवस्थामा त्यसले चुनावमा ८ भोटको काम गर्ने र त्यसको सन्देश १६ भोटको जाने संस्थापन पक्षको बुझाई छ । सोही कारण चार भोटलाई फर्काउन संस्थापन पक्ष लागिपरेको छ । यही चार भोटको झमेलाले दुवै पक्षले जिल्ला दौडको कार्यक्रमलाई समेत रद्ध गरे । केन्द्रमा चार भोटको लफडा नपरेको भए दुवै पक्ष यतिबेला जिल्लामा भोट माग्दै हिडेका भेटिन्थे ।  

मतदाताको अन्तिम नामावलीमा दाउपेचनै भएको मान्ने हो भने पनि हिसाब ८५ भोटकै हो ।

सुरुमै बताई हालौं, चुनावी घोषणा सभामा दुवै पक्षले आफुसँग ५३ बढी भोटको समर्थन रहेको दाबी गरेका थिए । तर आन्तरिक बैठकमा दुवै पक्ष आफुलाई कम्तिमा ४८ मत आउने दाबी गर्छन् । अध्यक्षमा जितका लागि ४४ मत आवश्यक पर्छ । अध्यक्षका दुवै प्रत्यासीले हिसाबमा ४८ मत दाबी गरेपनि ढुक्क हुने अवस्था छैन । अझ दुवै पक्षसँग निरन्तर संवादमा रहेका मतदाता (जिल्ला, क्लब र संघ) चुनावी अंक गणितमा निर्णायक हुने ठानिएको छ । 
एन्फाको ८५ भोटमा जिल्लाका ४३ (सिन्धुली र भक्तपुर छाडेर), डिभिजन लिग(ए, बी र सी)का ३४ क्लब, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब र संघ (खेलाडी, प्रशिक्षक, रेफ्री, महिला)का ४ भोट छन् ।

चुनावको हिसाब जिल्लाबाट सुरु गरौं । 

प्रदेश १ मा १० भोट छन् । जिल्ला त ११ थिए । प्रदेश फुटबल संघले संखुवासभालाई मताधिकारबाट बाहिर राख्यो । प्रदेश एकमा नेपालका पूर्वी जिल्ला छन् । एन्फा अध्यक्षका उम्मेदवार पंकजबिक्रम नेम्वाङ रहेको प्रदेश पूर्व हो । नेपाली फुटबलका हरेक मुद्धामा पूर्व एक ठाउँमा उभिने गर्छ । यहीनै पूर्वको फुटबलमा शक्ति हो । अध्यक्षका उम्मेदवार पंकजको शक्ति भनेकै पूर्वको जिल्ला हो । प्रदेश एकमा पंकजविरुद्ध कोही उत्रने आँट गरेनन् । अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङले प्रदेश एकमा आफ्नो प्यानलमा उम्मेदवार समेत भेट्टाएनन् । पंकज प्यानलमा प्रदेश एकबाट चार जना त उम्मेदवार मात्र छन् । यसले प्रदेश एकमा पंकजको प्रभाव देखाउँछ । भोजपुर प्रविण कुमार सुवाल, इलामका निरोज खड्गी, मोरङबाट दिपेन्द्र धिमालनै पंकज प्यानलबाट उम्मेदवार हुन् । तर आवरणमा प्रदेश एकमा पंकज बलियो देखिएका छन् तर अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङले समेत प्रदेश एकबाट राम्रै मत तान्ने आँकलन गरिएको छ । पूर्वलाई एक ढिक्का राख्ने जोड पंकजको देखिन्छ, तर पूर्वको फुटबलमा सिमित ब्यक्तिको ‘रजगज’मा असन्तुष्ट पक्षलाई आफ्नो पक्षमा तान्ने प्रयासमा कर्मा छन् ।  

मधेश प्रदेशमा ८ भोट छन् । तर प्रदेश दुईबाट बढी उम्मेदवार पंकज प्यानलमा छन् । यसले पंकजलाई प्रदेश दुई पनि राम्रो अवस्थामा देखाउँछ । धनुषाका तपेश्वर राउत, पर्साबाट मानदेव हजारा र रौतहटबाट नेपाल कार्की पंकजका उम्मेदवार हुन् । प्रदेश दुईमा सिराहाका प्रविण यादवमात्र कर्मा प्यानलबाट उम्मेदवार छन् । दुवै पक्षमा प्रस्टसँग नखुलेका बारा, महोत्तरी, सप्तरी र सर्लाहीलाई आफ्नो पक्षमा पार्ने दुवै पक्षको जोड छ । 

एन्फाको राजनीतिमा प्रस्टसँग खुलेको प्रदेश बागमती हो । चुनावी अंकगणितमा बागमती प्रदेशसँग ९ भोट छन् । एन्फाका पूर्व अध्यक्ष गणेश थापाले प्रभाव राख्ने बागमतीबाट धेरै उम्मेदवार पंकज प्यानलका छन् । पंकज प्यानलबाटै सिन्धुपाल्चोकका वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्ष, काठमाडौंका विराट शाही उपाध्यक्ष, धादिङका दिपक खतिवडा उपाध्यक्षका उम्मेदवार छन् । काभ्रेका विकाश नारायण श्रेष्ठ र ललितपुरका पुरुषोत्तम थापा पंजक प्यानलबाटै सदस्यका उम्मेदवार छन् । बागमतीमा कर्मा प्यानलबाट मकवानपुरका अध्यक्ष टिकाराम लामामात्र सदस्य पदका उम्मेदवार छन् । उम्मेदवार नरहेका नुवाकोट र चितवन कर्मा पक्षमा खुलेका छन् । दोलखा प्रस्टसँग पंजक प्यानलमा लागेको छ ।

गण्डकी प्रदेशसँग ६ भोट छन् । प्रदेश एक जस्तै गण्डकी प्रदेशका अधिकांशको समर्थन कर्मा प्यानललाई छ । सिंगो प्रदेशमा एउटा प्यानलको प्रभुत्व रहने भएपछि उम्मेदवार पनि स्वभाविक रुपमा कर्मा पक्षमै रहने भए । तनहुँका रत्नकुमार श्रेष्ठ कर्मा प्यानलबाट उपाध्यक्षका प्रत्यासी हुन् । लमजुङका लोकेन्द्र गुरुङ र बागलुङका रामराजा गुरुङ सदस्य पदका उम्मेदवार छन् । प्रदेशमा ८ सदस्य जिल्ला रहेपनि प्रदेश संघले पंकज निकटका कास्की र गोरखालाई बाहिर राख्दै ६ जिल्लालाई मताधिकारको निर्णय गरेको थियो । गण्डकीलाई एक राख्न सफल रत्नकुमार कर्मा प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका छन् । 

लुम्बिनी प्रदेशसँग ६ भोट छन् । तर बाँके बाहेक सबै जिल्ला कर्मा प्यानलका छन् । बाँकेका भोजराज शाही पंकज प्यानलबाट सदस्यका उम्मेदवार छन् । भोजराजसँग चुनावी मोर्चामा हार ब्यहोरेका प्रदेश सिंह राठोरलाई कर्मा प्यानलले सदस्यको उम्मेदवार बनाएको छ । प्रदेशका ६ मध्य एक भोट पंकज र ५ भोट कर्मा प्यानलमा प्रस्टसँग खुलेका छन् । प्रदेश र पश्चिमको फुटबलमा प्रभुत्व राख्ने कुमार केसी कर्मा प्यानलबाट उपाध्यक्षका प्रत्यासी छन् । 
कर्णाली प्रदेशमा दुई भोट छन् । जुम्ला र सुर्खेत । जुम्लाका भरत बुढा थापा कर्मा प्यानल र सुर्खेतका रविन्द्र चन्द पंकज प्यानलबाट सदस्यका उम्मेदवार छन् । 

सुदुरपश्चिम प्रदेशमा पनि दुई भोट छन् । कैलालीका अनिल मल्ल पंकज प्यानलबाट सदस्यका उम्मेदवार छन् । कञ्चनपुरका गणेश चन्द कतै खुलेका छैनन् । उनी पंकज प्यानलको चुनावी घोषणा सभामा देखिएका थिए । तर दुवै पक्षले उनको भोटको अपेक्षा गरेको छ । 

धेरै भोट भएको क्लब छिर्नु अघि एन्फा संघको अंकगणितको हिसाब गरौं । चुनावमा चार संघले भाग लिन्छन् । खेलाडी, रेफ्री, महिला र प्रशिक्षक । पेमा डोल्मा लामा कर्मा प्यानलबाट महिला सदस्य पदकी उम्मेदवार छन् । सोही कारण महिला संघको भोट कर्मा प्यानललाई आउने देखिन्छ । अन्य तीन भोट खुलेका छैनन् । दुवै पक्षले संघबाट आफुलाई कम्तिमा दुई भोट आउने अपेक्षा गरेका छन् । 

लिग डिभिजनका क्लब छिर्नु अघि राष्ट्रिय लिगका चार क्लबबारे चर्चा गरौं । राष्ट्रिय लिगमा छनोट भएका रौतहतको मनकामना, लमजुङको त्रिवेणी, बाँकेको धम्बोजी र कैलालीको स्टार सिटीले मत हाल्छन् । लमजुङको त्रिवेणी कर्मा प्यानल र रौतहटको मनकामना पंकज प्यानलमा स्पष्ट छन् । बाँकी दुई क्लबमा पंकजनै हाबी देखिन्छन् । 
अब बास्तविक फुटबल र राजनीति हुने क्लब फुटबलमा छिरौं । 

सुरुवातमा ए डिभिजनको कुरा गरौं । ए डिभिजनमा १४ क्लबलेनै भोट गर्छन् । यसमा बहुमत क्लबमा कर्मा प्यानलले ‘होल्ड’ गर्छ । कर्मा प्यानलको आन्तरिक बैठकमा अधिकांश ए डिभिजनका क्लब देखिने गरेका छन् । कर्मा प्यानलले ए डिभिजनमा कम्तिमा १० क्लबको साथ रहेको दाबी गर्छ । पंजक प्यानलमा ए डिभिजनका ४ क्लब स्पष्ट रुपमा खुलेका छन् । पंकज प्यानलबाट मनाङका विजय घले र जावलाखेलका महेन्द्र क्षेत्री सदस्य र एनआरटीका सुन्दर नरसिंह जोशी उपाध्यक्षका प्रत्यासीनै छन् । पंकज प्यानलमा खुलेको अर्को ए डिभिजनको क्लब थ्री स्टार हो । पंकजले अध्यक्ष जितेको खण्डमा थ्री स्टारका अध्यक्ष अरुणमान जोशी सहायक महासचिवमा दोहरिने बताईएको छ । ए डिभिजनको लिग च्याम्पियन मछिन्द्रका अनिल श्रेष्ठ, च्यासलका रमेश ब्यन्जनकार र फ्रेन्ड्सका दिपक थापा कर्मा प्यानलबाट सदस्यका प्रत्यासी छन् । अध्यक्षका प्रत्यासी कर्मा आफै हिमालयन शेर्पा क्लबबाट प्रतिनिधित्व गर्छन् । 

बी डिभिजनका ११ भोट हुन् । यसमा पनि अधिकांश कर्मा प्यानलको बर्चस्व देखिन्छ । त्यसैले पनि कर्मा प्यानलको पदाधिकारीमा बी डिभिजनकै बाहुल्यता छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार शिक्षित पराजुलीदेखि उपाध्यक्षका उम्मेदवार उपेन्द्रमान सिंह कर्मा प्यानलमै छन् । भगवती क्लबका मनिष जोशी आफ्नो प्यानलबाट सदस्यका उम्मेदवार बन्नुलाई संस्थापन पक्षले सफलताको रुपमा हेरेको छ । बी डिभिजनको बाँसबारीमात्र पंकज पक्षमा खुलेर लागेको क्लब हो । बाँसबारीका प्रेम थापा पंकज प्यानलबाट सदस्यका उम्मेदवार हुन् । ए डिभिजनमा फड्को हानेको चर्च ब्वाइज प्रस्ट रुपमा कतै खुलेको छैन । संस्थापन पक्षले बी डिभिजनबाट कम्तिमा आफ्नो ९ भोट रहेको दाबी गर्छ । पंकज पक्षले ४ बढी भोट आफुमा गणना गरेको छ । 

सी डिभिजनमा ९ भोट छन् । यसका पंकज पक्षको वर्चस्व छ । समाज कल्याण बाहेक सबै क्लब पंकज पक्षको मानिन्छन् । सी डिभिजनका क्लबमा राम्रो ‘होल्ड’ रहेका दावा लामा पंकज प्यानलमा उपाध्यक्षकै उम्मेदवार छन् । पंकज पक्षले सीबाट ८ भोट लिने दाबी गर्छ । संस्थापन पक्ष सी डिभिजनबाट सक्दो मत तान्ने प्रयत्नमा छ । 

दुवै पक्ष चुनाव अघि बहुमत देखाउँदै आफ्नो पक्षमा माहोल बनाउने प्रयत्नमा छन् । दुवैले ५३ बढी मत आफुसँग भएको दाबी गर्छन् । तर दुवै पक्षसँग बहुमत सदस्यको प्रस्ट चित्र छैन । उम्मेदवार नबनेका र नखुलेका क्लब, जिल्ला र संघ नै आसन्न एन्फा निर्वाचनको निर्णायक मत हुन् । यही हिसाब बुझेका दुवै पक्षलाई चुनावको अंक गणितले तनाव थपेको छ। 

यो पनि, एन्फा चुनावका ‘प्लेईङ एघार’

 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP