• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
कर्मा–पंकजको कित्ता ‘क्लियर’
खेलपाटी संवाददाता
शनिबार, माघ २२, २०७८ खेलपाटी संवाददाता
कर्मा–पंकजको कित्ता ‘क्लियर’
एक अर्कालाई अंकमाल गर्दै एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग । फोटो : खेलपाटी

काठमाडौं । गत बिहीबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्गको अंकमाल सहित ‘बिस्फोटक’ हाँसोको तस्विर बाहिर आयो । एन्फा कार्यसमितिको अन्तिम बैठक सम्पन्न गरेसँगै आएको तस्विरमा दुवै जना धेरैपछि खुलेर हाँसेको देखिन्थ्यो । 

करिब चार वर्षअघि एउटै नारा र प्यानल सहित एन्फा छिरेका दुवै जना सँगै रहन भने सकेनन् । तत्कालिन एन्फा अध्यक्ष गणेश थापालाई फुटबलको सत्ताबाट बाहिर पठाउन एकजुट भएर आन्दोलन गरेका दुवै जना फुटबलको सत्ता साझेदारीमा भने असफल रहे । 

मुल नेतृत्वको हिसाबले कर्माछिरिङ एन्फाको संस्थापन बनेका छन्, पंकज प्रतिपक्षको कित्तामा पुगेका छन् । सत्तामा साझेदारी भएन भने नेता स्वभाविक रुपमा प्रतिपक्षको बेन्चमा पुग्छ । एन्फाभित्र पंकजको पोजिसन र अवस्था भनेको वरिष्ठ उपाध्यक्ष भन्दा प्रतिपक्ष नेताको बनेको छ । 

कर्मा–पंकजको अन्तरङ्ग सम्बन्धका कथा, अविश्वास, धोकाका पटकथा लेखिनेनै छ, तर बिहीबारको तस्विरले कर्मा–पंकजको उही पुरानो दोस्तीको सम्झना भने गरायो । तस्विर भन्दा ठिक फरक दृष्य एन्फाको अन्तिम बैठकमा पनि देखिएको थियो । 

सबैलाई थाहा छ, पछिल्ला तीन वर्षयता कर्मा–पंकजको अन्तरसंघर्ष उत्कर्षमा छ । एन्फाका हरेक बैठकमा पंकज प्रतिपक्षको भूमिकामा देखिने गर्छन् । बिहीबारको कार्यसमिति बैठक आसन्न निर्वाचनको एजेण्डामा केन्द्रित थियो । सबै एजेण्डा निर्वाचन केन्द्रित थिए । स्मरण रहोस, एन्फाको नयाँ नेतृत्वको निर्वाचन जेठ १५ गते हुदैछ । बैठकमा निर्वाचन नियमावलीको मस्यौदा, निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन लगायतका एजेण्डा थिए ।

अन्य बैठक जस्तो बिहीबारको बैठकका एजेण्डामाथिको छलफलमा पंकजले खासै विरोध गरेनन् ।  निर्वाचन नियमावलीको मस्यौदा किरण राईको संयोजकत्वमा बनेको थियो । जसलाई बैठकले सर्वसम्मत रुपमा पारित गर्यो ।

बैठकले निर्वाचन समिति गठन गर्यो । जसमा पंकजले पनि केही नाम सिफारिस गरे, सोही अनुसार निर्वाचन समिति गठन भयो । अध्यक्ष शेर्पाले निर्वाचन पुनरावेदन समिति गठनको प्रस्ताव गरेका थिए, त्यसमा समेत दुवै पक्षले आफु अनुकुलका नाम प्रस्ताव गरे र समिति गठन भयो । 

बैठकको धारणा राख्ने क्रममा पंकजले एन्फाको वर्तमान नेतृत्वको कार्यशैलीमाथि विरोध गर्न भने छुटाएनन् । उनले कार्यसमितिमा एउटा निर्णय हुने, माईन्युट हुदाँ थप÷घट भएका आउने, एन्फामा संस्थागत निर्णय र छलफलनै नहुने लगायतका गुनासो गरेका थिए । जुन कुरा पंकजले एन्फाका प्राय कार्यसमिति बैठकमा राख्दै आएका छन् । 

सबैभन्दा घोचक बिषय, ह्वाई टिकट र पेस्की रकम सम्बन्धि छानविन गर्न गठित समितिको प्रतिवेदन कार्यसमिति बैठकमा प्रस्तुत गर्न माग पंकज पक्षले गर्यो । कार्यसमिति बैठकले गठन गरेको समिति भएकाले बैठकमा रिपोर्ट प्रस्तुत हुनुपर्ने माग सो पक्षले गरेको थियो । निकै जोडबल पछि सो रिपोर्ट उपाध्यक्ष खड्काले बैठकमा प्रस्तुत गरे । रिपोर्टमा संयोजक खड्काले एन्फा अध्यक्ष शेर्पा, महासचिव इन्द्रमान तुलाधरलेनै छानविनमा असहयोग गरेको गम्भिर आरोप लगाए । तर बैठकले प्रक्रिया अनुसारनै रिपोर्ट कार्यान्वयन अघि बढ्ने बताउँदै कुनै ठोस निर्णय भने गरेन । 

बैठक सकेर सबै जना अध्यक्ष शेर्पाको कार्यकक्षमा जम्मा भएका थिए । दुवै पक्षका नेताबीच हाँसी मजाक चल्दै थियो ।

चार वर्षअघि एउटै प्यानलबाट चुनाव लडेर एन्फा पुगेका अधिकांश पदाधिकारी र सदस्यले आसन्न चुनावमा समेत मिलेर अघि बढ्नुपर्ने सुझाए । उपस्थित सदस्यहरुले कार्यसमितिको अन्तिम बैठक सम्पन्न गरेकाले कर्मा–पंकजलाई संयुक्त तस्विर लिन अनुरोध गरे । सदस्यहरुकै जोडबलमा दुवै जना मोबाईल क्यामराको एउटै फ्रेममा बाँधिए । केहीले हाँस्न भने, केहीले अंकमाल गर्न उस्काए । एक समय फुटबलको नेतृत्व परिवर्तनको आन्दोलनमा एकसाथ लडेका दुवै जनाले शुभेच्छुक पदाधिकारी, सदस्यका अघि निष्फिक्री हाँसोको ‘पोज’ दिए । 

के त्यसो भए दुवै जना पुरानो दोस्ती, दुस्मनी बिर्सिएर नयाँ सिराबाट सम्बन्धको सुरुवात गर्न लागेका हुन् त ?

दुवै पक्षका नजिकका नेता भन्छन्, हैन । 

दुवै नेता सहमतीको मिलन बिन्दुबाट निकै अघि बढिसकेका छन् । एक अर्थमा कर्मा–पंकजले ‘कित्ता क्लियर’ गरिसकेका छन् । दुई नेताको सहकार्य अब उनीहरुको हातमा पनि छैन । दुवै पक्षले एन्फाभित्र पछिल्ला तीन वर्ष दुई लाईनको संघर्ष गरिरहेका छन् । दुवै पक्षका आफ्ना समुह छन्, संघर्ष छन् । 

बिहीबार सार्वजनीक तस्विरलाई पंकज निकटका नेता दावा लामाले फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘आगामी निर्वाचनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ बीच स्वच्छ प्रतिस्पर्धा हुने देखियो ।’ 

शनिबार बिहानै पंकजले समेत तस्विकले भ्रम सिर्जना गराउन खोजिएको आरोप सहित आफ्नो फुटबलको शुद्धिकरण अभियान जारी रहेको बताएका छन् । उनले वर्तमान नेतृत्वसँग आफ्नो कुनै प्रकारको सम्झौता र सहमती नभएको र ‘नहुने’ पनि स्पष्ट पारेका छन् । 

अझ स्पष्ट रुपमा भन्नुपर्दा कर्माछिरिङ फुटबलको सत्तामा पुन एक पटक दोहरिन चाहन्छन् । अघिल्लो पटकको निर्वाचनमा ‘क्लिनसिप’ गर्दै उनी फुटबलको नयाँ शक्तिको रुपमा उदाएका थिए । पंकज भने कर्मालाई हराउँदै फुटबलको सत्तामा आफु ‘बिराजमान’ हुने दाउमा छन् । कर्मा संस्थापन भैहाले, पंजकसँग नदेखिएका सबै नेता आफुसँग रहेको भन्दै ढुक्क छन् । पंकज भने कर्मासँग असन्तुष्ट समुह र नेतालाई आफुतर्फ आकर्षित गर्न जोडबल गरिरहेका छन् । 

अन्तिम कार्यसमितिको बैठक सम्पन्न भएसँगै फुटबल संघको आसन्न चुनावी सरगर्मी सुरु  भएको छ । खेलकुदमा फुटबलको सत्ता र प्रभाव बेग्लै छ । जो कोही यो सत्तामा पुग्न चाहन्छन् । जेठ १५ को ‘ब्याटल’का लागि कर्मा र पंकज तयार भएका छन् । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP