• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
नेपालले मरिससको समाना गर्दा हुनेछ धेरै अर्थ
खेलपाटी संवाददाता
शनिबार, माघ १५, २०७८ खेलपाटी संवाददाता
नेपालले मरिससको समाना गर्दा हुनेछ धेरै अर्थ

काठमाडौं ।  आखिरमा नेपाली फुटबलमा त्यो दिन पनि आइपुग्यो, जति बेला कुनै औपचारिक मान्यता प्राप्त खेलमा राष्ट्रिय टिमले अफ्रिकी प्रतिद्वन्द्वीको सामना गर्नेछ । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने बढ्दो चलनले यो मीठो साइत जुराएको छ र यसै अन्तर्गत नेपालले आज दशरथ रंगशालामा सामना गर्नेछ, मरिसस । नेपालले यो अफ्रिकी टिमविरुद्ध दुई खेल खेल्नेछ र यसको पहिलो खेल आज शनिबार हुन लागेको हो । मरिसस अफ्रिकी फुटबलमा धेरै सुनिने नाम होइन् ।

अझ भनौं, विश्व फुटबलमा अफ्रिकाको जगजगी रहेको बेला मरिसस त्यस्तो हैसियत राख्ने टिम होइन् । त्यस अर्थमा कम्तीमा विश्वास गरौं, नेपालले शनिबारको यो खेल जित्ने छ । जित्ने मात्र होइन्, राम्रै गोल अन्तरले जित्ने छ । नेपाल साँच्चै मरिससविरुद्ध जित निकाल्न सफल रहे, त्यसको धेरै अर्थ रहनेछ । त्यति पनि नभनौं, नेपालले मरिससको समाना गर्दा त्यसको पनि हुनेछ धेरै अर्थ । पहिलो त यो नेपालले खेल्न लागेको पहिलो अफ्रिकी देश भयो ।

यसअघि अनौपचारिक खेलमा नेपालले अल्जेरिया, सिरालियोन र क्यामरुनको सामना गरेको थियो । यी तीनै खेलमा नेपाल पराजित रहेको थियो । अब नेपालकै कुरा । नेपाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न थालेको सन् २००८ पछि मात्र हो । नेपालले अहिलेसम्म कुल २८ यस्ता खेल खेलेको छ र त्यसमध्ये अधिकांस खेलमा टिमको प्रदर्शन खराब रहेको छ । विश्वास नहुन सक्छ, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सन् २०११ यता जितहीन रहेको छ।

त्यो भनेको लगातार २३ खेल, एक दशक भन्दा बढीको समय । अझ नेपालले दशरथ रंगशालामा अहिलेसम्म खेलेका पाँच मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा पनि जित निकाल्न सकेको छैन् । अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो निकै खराब प्रदर्शनको इतिहास हो । त्यसो त मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल धेरै अवसरमा प्रशिक्षकका लागि प्रयोग र अनुभव बटुल्न राम्रो अवसर हुन सक्छ । तर सधैं प्रयोग र अनुभव बटुल्ने कारण मात्र पनि राम्रो हुन्न होला, जित त चाहिन्छ नै।

आफू भन्दा धेरै बलिया टिमविरुद्ध यस्ता मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा हार एक प्रकारले स्वभाविक छ, तर दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तान, बंगलादेश र भारतविरुद्ध नै जित निकाल्न असफल रहनु पनि चिन्ताको विषय पक्कै हो । यस्तोमा मरिससलाई हराउन सके, त्यसको धेरै अर्थ हुने छैन् र ? त्यति मात्र होइन्, मुख्य प्रशिशक्षक अब्दुल्लाह अल्मुताइरीले पनि अहिलेसम्म दशरथ रंगशालामा कुनै खेल जितेका छैनन् । सायद उनका लागि आफ्नो डेब्यु जित निकाल्न आजको खेल जत्तिको राम्रो अवसर अन्य कुनै हुने छैन् ।

मरिसस आफै साढे दुई वर्षको अन्तरपछि अन्तर्राष्ट्रिय फुटबलमा ओर्लिदै छ । त्यसमाथि टिममा नयाँ अनुहार पर्याप्त छन् । अनि टिमले खालि साढे दुई महिनाको मात्र तयारी गरेको छ । मरिसस आफै मान्छ्, नेपाल बलियो टिम हो । त्यसैले भन्न सकिन्छ, आजको खेलमा नेपालले जित निकाल्ने अवसर पर्याप्त रहेको छ । र, यो वास्तविकतामा परिणत भए, फेरि दोहराएर भन्नु पर्छ, यसको धेरै अर्थ हुनेछन् । तर मरिसस सायद त्यति कमजोर पनि छैन् कि ? डर यसमा पनि छ । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP