नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ औं राष्ट्रिय जुडोमा सोमबार नेपाल पुलिस क्लबका रविन श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
पुरुष १०० केजी तौल समूहमुनिको फाइनलमा रविनले त्रिभुवन आर्मी क्लबका रमेश बहादुर चन्दलाई पराजित गरे । यस स्पर्धामा प्रदेश १ का यमुना प्रसाद काफ्ले र प्रदेश ३ का सुमित नारायण श्रेष्ठले कश्य पदक जिते ।
पुरुषतर्फ नै ७३ केजीमुनि पुलिसका सन्जित डंगोलले स्वर्ण जिते । उनले आर्मीका जंग बहादुर शारुलाई पराजित गरे । यस समूहमा गण्डकीका संजोक भट्ट र प्रदेश ३ का सुमन श्रेष्ठले कश्य पदक जिते ।
![](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/57088099_758727704528637_3853765105481154560_n.jpg?_nc_cat=110&_nc_ht=scontent.fktm3-1.fna&oh=6a099feb712e1d2004e3a5a6552fb227&oe=5D326F2B)
पुरुष ९० केजी मुनि आर्मीका सुर्य मान लामाले स्वर्ण जिते । पुलिसका श्रीराम मकाजुले रजत जित्द्दा आर्मीका अनिल भण्डारी र प्रदेश ३ का सुमन श्रेष्ठले काश्य पदक जिते ।
महिलातर्फ ७८ केजी मुनि आर्मीकी पुनम श्रेष्ठले प्रदेश ५ कि सम्झना चौधरीलाई हराएर स्वर्ण जितिन् । पुलिसकी भावना घर्ति मगर र प्रदेश ३ कि अलिशा गोलेले काश्य हात पारिन् ।
![](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/56905049_601964006987619_5300087813331484672_n.jpg?_nc_cat=105&_nc_ht=scontent.fktm3-1.fna&oh=ee465211797333b2511272184c07b035&oe=5D2E4AB4)
महिला ६३ केजी तौल मुनि आर्मीकी निर्मला घर्ति मगरले स्वर्ण जित्दा पुलिसकी रेनुका थापाले रजत हात पारिन् । प्रदेश ५ कि शुशिला कुमारी चौधरी र अमिशा रानाले काश्य जितिन् ।
महिला कै ७८ केजी मुनि आर्मीकी आकृति जोशीले स्वर्ण जितिन् । यस्तै प्रदेश ५ कि दिपा गुरुङले रजत र प्रदेश ३ की अश्मिता गोले र प्रदेश १ कि गोमा राईले काश्य पदक जितिन् ।
![](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/56960600_401065947143178_3238469576714878976_n.jpg?_nc_cat=104&_nc_ht=scontent.fktm3-1.fna&oh=3c7b2eb28a2a50571c21eec94f93719d&oe=5D3DE4AC)