• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्तर्वार्ता अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
चार बर्षे कार्यकालमा साफ च्याम्पियन हुन्छौं : एन्फा अध्यक्ष शेर्पा (अन्तरवार्ता)
खेलपाटी संवाददाता
शनिबार, पुस १४, २०७५ खेलपाटी संवाददाता
चार बर्षे कार्यकालमा साफ च्याम्पियन हुन्छौं : एन्फा अध्यक्ष शेर्पा (अन्तरवार्ता)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा छन्, कर्माछिरिङ शेर्पा ।

नेपाली फुटबलको आमुल परिवर्तनको नारा सहित फुटबल हाक्न आएका शेर्पा यतिबेला धेरै ठुलो चुनौती र सम्भावनाले घेरिएका छन् । करिब पाँच बर्ष आन्तरिक शक्ति संघर्षको चपेटामा परेको नेपाली फुटबललाई दक्षिण एसिया हुँदै एसियाको बलियो शक्तिको रुपमा उभ्याउनुपर्ने चुनौती उनका सामु छ ।

kamana bank
clasic tec

फुटलब संघ भित्र रहेका विभिन्न स्वार्थ समूहबाट नेपाली फुटबललाई बाहिर निकाल्दै नेपाली फुटबलको सफलताको कथा लेख्ने अवसर समेत उनलाई प्राप्त छ । कार्यकालको सुरुवाती ९ महिना आलोचनाबाट घेरिएका उनी आफ्नो ४ बर्षे कार्यकालमा नेपाललाई साफको च्याम्पियन बनाउने दाबी गर्छन् ।

नेपाली फुटबलको नक्सानै बदल्ने दाबी सहित एन्फा भित्रिएका शेर्पाले सुरुवाती ८ महिनामा के के काम गरे ? फुटबल विकासमा उनको योजना के छ ? यिनै बिषयमा खेलपाटीका लागि हिम बिक्रम केसीले गरेको कुराकानीको सम्पादित अंश ।


♦ कार्यकालको सुरुवाती ८ महिनाको समिक्षा कसरी गर्नुहुन्छ ?

विधि विधान बनाउने कार्य अन्तिम चरणमा पुगेका छ । साधारण सभाबाट नियमावली पारित भएका छन् । नियमावलीमा टेकेर कार्यविधि बनाउन पर्नेछ । जनवरीसम्म कार्यविधि बनाउने गरि काम अघि बढेको छ ।

प्रदेश नम्बर २ मा महिला फुटबलको नयाँ अध्याय कोर्न सफल भएका छौ । महिलामा यु–१५ र यु–१९ मा सहभागी भयौ । साफ, एएफसी र ओलम्पिक छनोटमा प्रतिस्पर्धा गर्यौ । साफ नेपालमा आयोजना गर्दैछौ । त्यसको तयारीमा समेत जुटेका छौ ।
विगत ४–५ वर्ष नभएको लिग सुरु गर्न सफल भएका छौँ । लिगको बिषयलाई लिएर जुन शंका आशंका ब्यक्त भएका थिए, ति आरोपहरु प्रमाणीत भएनन् । लिग नभएर नेपाली फुटबल मरेको थियो । कोमामा गएको अवस्था थियो । कोमामा गएको फुटबललाई जोगाउन रेलिगेसन विनाको लिग गर्यौं । लिग खेल्न क्लबहरु तयार थिएनन् । आर्थिक समस्याको कारण देखाएका थिए । खेलाडी अभाव थियो । क्लबहरुको आत्मविश्वास बढाउन लिग जसरी पनि गर्नुपर्ने बाध्यता थियो । लिग अन्तिम चरणमा पुगेको छ । अर्काे बर्षबाट सबै लिग रेलिगेसन सहितको गर्ने तयारीमा छौ ।

ग्रासरुट कार्यक्रम सफल भएको छ । किनकी यसको माग बढेको छ । यसको अनुगमन गर्ने काम पनि भैरहेको छ ।
हामीसंग प्रशिक्षक र रेफ्रीको अभाव छ । सात प्रदेशमै प्रशिक्षकको कार्यक्रम सञ्चालन गरेका छौ । आधारभुत एन्फा लाईसेन्स प्रशिक्षणको सूरुवात गरेका छौ । अब एन्फा लाईसेन्स लिएर मात्र सी लाईसेन्सका लागि आवेदन दिन पाउनेछ । अब बर्षमा तीन सी लाईसेन्स, दुई बी र एक पटक ए लाईसेन्सको कोर्ष सहितको तालिकामा सार्वजनीक गर्नेछौ ।

रेफ्रीको सम्बन्धमा लिग सम्पन्न भएपछि आधारभुत कोर्षको तालिम सुरु गछौ । आगामी बर्षबाट स्कुल लिग, जिल्ला लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, राष्ट्रिय लिग सहित सहिद स्मारक लिग गर्न रेफ्रिको अभाव छ । त्यसैले क्षमता वृद्विलाई ध्यानमा राखेर क्यालेन्डर प्रकाशित गर्ने आन्तरिक तयारीमा छौ । अब आउने कार्यसमिति बैठकबाट बजेट शीर्षक सहित लिपिबद्ध ढंगले नकआउट प्रतियोगिताको क्यालेन्डर प्रकाशित हुनेछ । अर्को बर्ष हुने सबै कार्यक्रमलाई साधारण सभाबाट अनुमोदन गराएर प्रकाशन गर्नेछौ ।
महिला लिग सक्यौ । छोटो समयको विद्यालय प्रतियोगिता सम्पन्न गरेका छौ । उमेर समुहका कार्यक्रमहरु छोटे समयको भएपनि सम्पन्न गरेका छौ ।
लिग सम्पन्न गरेलगत्तै बर्षभरीको क्यालेन्डर प्रकाशित गछौँ । क्लबहरुले पनि त्यसमा समर्थन जनाएका छन्, जिल्ला समेत सहमत छन् ।
अव आउने बर्ष चार वटा एकेडेमी सञ्चानल गर्नेछौँ । रौतहटको महिला, बुटबल, धरान र काठमाडौँलाई पुर्नसंरचना सहित सञ्चालनमा ल्याउने तयारी गरेका छौ । छनोटमा क्रुटी नहोस भनेर अहिले देखि काम गरिरहेका छौ । छनोटका खेलाडी ए डिभिजन लिगमा बेन्चमा बस्न पर्ने र छानेका खेलाडी राष्ट्रिय टिममा नपर्ने बिडम्बनाको अन्त्य गर्नेछौ ।
चार देखि सात ठाउँमा विशेष प्रशिक्षणको थालनी गर्दैछौ । ४५ वटा फुटबल संघ भएको ठाउँमा नियमति अभ्यास सुरु गर्दैछौ । राष्ट्रिय स्तरका कोचले खेल हुने स्थानको अनुगमन गर्ने, नजरमा राख्ने काम गछौ । मार्किङ गरेका खेलाडीलाई फेरि मेडिकल टेष्ट गरेर छनोट गर्ने योजना बनाएका छौ । फुटबललाई ब्यवस्थित ढंगले सञ्चालन गर्न केही समय लाग्छ तर धेरै कामको योजना बन्दैछन् ।

♦ फुटबल संघमा फिफा, एएफसीका अनुदान बढेका छन् । नीजि क्षेत्र फुटबलमा काम गर्न आतुर छ, तर तपाईले जुन गति र प्रभावका साथ फुटबलको काम हुन पर्ने हो, त्यो गर्न सक्नु भएन भन्ने आरोप छ नि ?

अनुदान बढेको सन्दर्भमा म खुसी छु । अनुदान हामी आएर बढेको हैन । फिफाको अुनदान भनेको आम्दानी अनुसार बढ्ने हो । म के कुरा स्पष्ट पार्न चाहन्छु भने हिजो २०–२२ बर्ष पहिलो तीन, पाँच लाख डलरमा स्टेडियम बन्न सक्थ्यो । तर तीन–चार वटा गोल प्रोजेक्ट आउदाँ ३ वटा टेक्निकल सेन्टर बाहेक देखिने काम केही भएन । मेरो भनाइ के हो भने, अहिले महँंगी बढेको छ । हिजो डन्डिको भाउ ९–१० थियो भने अहिले ८० देखि लिएर ११०–१२० पुगेको छ ।

तर हामी ईमान्दारीताका साथ फिफाको अनुदान पारदर्शितामा लैजान्छौ । हामीले साँढे २२ लाख डलर पाएका थियौ, पहिलो पटक हामीले राखेप, मन्त्रालयबाट स्विकृत लिएका छौ । हामीले सरकारी निकायलाई देखाएर काम गर्न थालेका छौ । कार्यसमितिमा व्यापक छलफल गरेर अनुदान अनुमोदन गर्ने काम गर्न थालेका छौ ।

अनुदान अनुसार हामीले त्यही काम अघि बढाउने योजना बनाएका छौ । फिफाबाट पुर्वाधार निर्माणमा आउने खर्च चार बर्षमा पुग्ने भएमा हामीले ४५ जिल्लामा ट्रेनिङ  सेन्टर बनाउने सोचेका छौ । टेक्निकल सेन्टर वृद्वि गराउने सोचेका छौ । पुर्वाधार र विकासमा अधिकतम सो रकम खर्च गर्ने हाम्रो लक्ष्य हो । एएफसीले प्रत्येक बर्ष १२ लाख डलर दिने भनेको छ । रकम धेरै बढेर आउँदैछ । सो बिषयमा म पत्रकार सम्मेलन गरेरै बोल्नेछु । फिफाबाट आउने बजेट डिसेम्बरको अन्तिम वा जनवरीमा थाहा हुन्छ । त्यसपछि पत्रकार सम्मेलन गरेर जानकारी गराउनेछौ ।

♦ तपाई फुटबलमा आमुल परिवर्तनको नारा लिएर आउनु भयो तर चार बर्षे कार्यकालको एक चौथाई समय बिताउदाँ नेपाली फुटबलले तपाईको उपस्थितीको महशुश गर्न पाएन नि ?

एउटा पक्षलाई उपस्थिति नभएको देखिन सक्छ । फुटबलाई माया गर्ने इमान्दार मान्छे जसले तटस्थ भएर हेर्छ उसले मेरो कामलाई राम्रो भनेको छ । मलाई चिन्ने नचिन्ने मान्छेले अहिले फुटबलमा राम्रो सुनिरहेको छु भन्छ । राम्रो भईरहेको छ भन्छ ।
एक पक्षको काम विरोध नै गर्ने हुन्छ । नभएको कुरालाई बनाएर गर्ने पनि हुन्छ । यहाँ एक थरी मान्छे छन्, जसले विकास गर्ने र राम्रो काममा बाधा पुर्र्याउने गरेका छन् । म त्यस्ता मान्छेसंग डराउदिन । म अगाडी बढ्छु । फुटबलको ४ वर्षको कार्यकाल मेरो जिम्मेवारीमा छ । कार्यकाल सफल बनाउन हाम्रो टिमनै लागेको छ । बादविवाद हुन्छ, छलफल हुन्छ । मतभेद नि हुन्छ तर मन भेद हुन हामी दिने छैनौ । हामी प्रजातान्त्रिक र पारदर्शी संस्कृतीको कुरा गरिरहेका छौ । सामुहिक नेतृत्वको बिषय हामी जादैछौ । तर हिजोको जुन संस्कार र वातावरणबाट आएका मानिस छौ, परिवर्तन हुन समय लाग्छ । हामी ईमान्दारीताकासाथ लागिरहेका छौ ।


♦ एन्फाभित्र एक प्रकारको तानाशाह र निरंकुशताको आरोप लगाउँदै तत्कालिन नेतृत्वको विरोध गर्नुभयो । तर एन्फामा एउटा राजा ढालेपछि धेरै छोटे राजाहरु जन्मिए भन्ने चर्चा छ । धेरै स्वार्थ समूहको एन्फामा बिगबिगी भयो भनेर फुटबल जानकारहरु भन्न थालेका छन्, यसमा तपाईको टिप्पणी ?

हामी पुरानै संस्कृतिबाट आएका छौ । तर, हामी नयाँ युगको सिर्जना गर्न आएका हौँ । कमिकमजोरी साथीहरुमा हुन सक्छ तर जानेर गल्ती कसैले गरेको छैन ।

♦ तत्कालिन अध्यक्ष गणेश थापालाई नेतृत्वबाट हटाएर एन्फाभित्र धेरै स्वार्थ समूहको झुण्ड पस्यो भन्ने बिषयसंग तपाई कत्तिको सहमत हुनुहुन्छ ?

स्वार्थ समूहबाट भन्दा पनि हिजो फुटबल संघ सञ्चालन गरेका मान्छेनै अहिले एन्फामा छन् । सबै प्रतिबद्ध भएर परिवर्तन गर्नुपर्छ भनेर आएका हौ । हिजो प्रजातन्त्र, पञ्चायत कालमा पनि त्यहि जनता हो । प्रजातन्त्र आइसकेपछि पनि त्यहि जनता हो । संस्कारमा कति परिवर्तन भयो भन्ने कुराको अर्थ राख्छ ।
समयले परिवर्तन महसुस गरेर नयाँ परिवर्तन आएको छ । म सबैलाई भन्न चाहन्छु, समय आएपछि सबै ठिक हुन्छ । समय चहि कुर्न सक्नुपर्याे । ब्यक्तिगत स्वार्थ हुनसक्छ, तर हामी सामुहिक नेतृत्वको कुरा गरिरहेको छौँ । सामुहिक नेतृत्व कसरी गर्नुपर्छ भनेर छलफल गरिरहेका छौँ ।

सात महिनामा ४ पटक कार्य समितिको बैठक बस्यो, यसलाई तपाई के भन्नुहुन्छ ? अझै पनि हामीले साथीहरुका चित्त बुझाउन सकिरहेका छैनौं । हामीले नियमावली बनायौ तर कार्यविधि पनि चाहिने रै छ भनेर बल्ल बुझ्दैछौ । एउटा प्रक्रियामा जान समय लाग्छ, हाम्रा साथीलाई अहिले गाह्रो भईरहेको छ । हामी सबै प्रणालीलाई अनलाईन गर्दैछौ । सबै कुरा स्मार्ट अनलाईनमा लैजादैछौ । कामहरु अघि बढेका छन् ।

♦ स्वार्थ समूहबाट घेरिदाँ काम गर्न कत्तिको समस्या भईरहेको छ ?

कसैको के होला, कसैको के तर हामी बुझाउन सक्छौ । नेतृत्वमा बसेको मान्छेले बुझाउन सक्नुपर्छ । कतिपय साथीले ब्यक्तिगत स्वार्थ भन्दापनि आ आफ्नो कुरा राख्न सक्छन् । हामीले सम्झाउन सक्न पर्छ । विधि विधान अनुसार अघि बढ्ने बिषयमा सबै एकमत हुनपर्छ ।
व्यक्तिगत भन्दा पनि हाम्रो सबैको साझा उदेश्य भनेको फुटबलको विकास हो । काम गर्दा गाह्रो हुन्छ । तर भारी बोकेपछि ठाउँमा पुर्र्याउन पर्यो । सबै प्रकारका साथीलाई मिलाएर लैजानुपर्ने दायित्व नेतृत्वको हुन्छ । मतभेद हुन्छ, मन भेद अहिलेसम्म भएको छैन ।

♦ यो एन्फाको अध्यक्षको कुर्सी कत्तिको गाह्रो हुँदो रहेछ काम गर्न ?

मलाई गाह्रो सारो भन्दा पनि चुनौतीको रुपमा लिएको छु । यसलाई अवसरको रुपमा प्रयोग गरेको छु ।
अवसरलाई नेपाली फुटबलको विकासका लागि प्रयोग गर्न सक्यो भने नेपाली फुटबलको विकास हुन्छ । एउटा प्रणाली बस्छ । तर गाह्रो सारो परिरहन्छ । यसलाई चिर्दै अघि बढ्न पर्छ ।


♦ फुटबल राजनीतिमा आउन अघिल्लो नेतृत्वलाई तपाईले भ्रष्टचारको आरोपमा खुबै खेद्नु भयो । अहिले आएर गतल गरे भन्ने लाग्छ ?

गलत भए कसरी १० बर्षको प्रतिबन्ध लाग्छ ? २१ लाख जरिवाना किन तिर्न पर्छ ? नेपालमा आरोप लगाएको भन्दा अदालतले धेरै कम सजाए दिएको छ । लेखा समितिले पटक पटक अख्तियारलाई चिठी लखेको छ । अख्तियारले विदेशी अनुदानको सम्बन्धमा छानविन र कारबाही गर्न मिल्दैन भनेर निर्णय गरेको छ । फुटबल संघमा नेपाल सरकारको अनुदान ५ प्रतिशत समेत छैन । तर बुझ्न पर्ने कुरा कारबाही भयो । विदेशीले कारबाही गर्यो ।

♦ बाहिर हुदाँ आरोप लगाउनेको नेतृत्वमा पुगेपछि प्रमाणित गर्नुपर्ने दायित्व हैन ?

म फुटबल संघमा फुटबल सञ्चालन गर्न आएको हो । कमिकमजोरी भए सुधार गर्न आएको हो । छानविन गर्ने नेपालमा धेरै निकाय छन्, फुटबल संघले गर्ने होईन । छानविन गर्ने निकायले सहयोग मागे हामीले सहयोग गर्ने हो । जुन कुरा उठिरहेको छ, कुरा प्रष्ट पार्ने हाम्रो दायित्व हुन्छ । छानविनको कुरा हामीले गर्न सक्दैनौ ।

♦ नेतृत्वमा आएपछि तपाई पन्छिन खोज्दै हुनुहुन्छ ?

नेपाल हो, छानविन भएन । तर उहाँको सम्पत्तिको कुरा गर्ने हो भने कसैले केही भन्नु पर्दैन भन्ने लाग्छ । होटल बनाउँदै गरेको, के के गरेको सुनिन्छ । सम्पत्तिको कुरा हेर्दा कुनै बिजनेज गर्ने भन्दा अथाह पैसा कमाउनुभएको छ । तर प्रमाणित भएन, त्यो अर्को पाटो हो ।

फुटबल संघ गर्नुपर्ने काम गर्दै जान्छ । बिसंगती र बिकृती नियन्त्रणमा ल्याउन हामी लागिपरेका छौ । जिम्मेवारीमा बसेको हुनाले नियम र कानुन अनुसार काम गर्नपर्छ । उहाँले उठाएका बिषयलाई सार्वजनीक रुपमा बाहिर ल्याउन परे हामी तयार छौ । १० बर्ष कारबाही भईसकेको छ । तर फुटबल संघले जेल हाल्न त सक्दैन, बक्यौता उठाउन त सक्दैन । त्यो काम सरकारी निकायको हो । जब सरकारी निकायले छानविन गर्दैन हामी केही गर्न सक्दैनौ ।


♦त्यसो भए बाहिर बस्दा लगाईएको आरोप अब उठ्ने छैन ?

छानविन गर्ने निकायले आवश्यक ठानेमा हामी सहयोग गर्छौ । तर सार्वजनीक रुपमा पटक पटक उठाउन थाले हामी छानविन गर्छाै । हाम्रो छानविनले कानुनी सजाय पाउने हैन, सार्वजनीक मात्र गर्ने हो । कतिपय कुरा उहाँले पटक पटक सार्वजनीक रुपमा प्रश्न उठाईरहनु भएको छ, एक दिन सार्वजनीक गर्नै पर्छ । फुटबल संघको अहिलेको ध्यान राष्ट्रिय स्तरको खेलाडी जन्माउने, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर फिफा वरियता सुधार गर्ने र महिला टिमलाई अन्तराष्ट्रिय प्रतियोतिगा खेलाएर राम्रो नतिजा निकाल्ने हुनेछ ।

प्रतिशोध लिएर छानविन गर्ने कि फुटबलको विकास गर्ने ? प्रतिशोध लिएर छानविन गरे पुरानै परम्परा हुन्छ । एउटा आएपछि अर्कोलाई खुईल्याउने खेल हुन्छ । हामी सकारात्मक रुपमा फुटबलको विकास गर्न चाहन्छौ । विगतको कुरामा निर्णय भईसकेको छ, हामीले मानेर बसेका छौ । अख्तियारले भ्रष्टचारको मुद्धालाई तामेलीमा राखेको छ, त्यसलाई मानेर बसेका छौ । उहाँ फिफाको कारबाहीमा हुनुहुन्छ । फेरी कारबाही गरेर फुटबलको विकास नगरेर उहाँको पछाडी लाग्ने कुरा भएन । हामी फुटबलको विकासमा अघि बढेका छौ । प्रतिशोध लिएर काम गर्दैनौ ।

५८ करोडको पछाडी लागेर फुटबलमा विकास हुन्छ ? ५८ करोडको छानविन प्रमाणित गरेर अन्तराष्ट्रिय क्षेत्रमा नेपाल विश्वकपमा छनोट हुन्छ भने त्यहाँ लागौला । नत्र त्यहाँ लागेर भएको बिग्रन्छ भने किन लाग्नु । उहाँहरुले समस्यै समस्यौ जन्माएर गएको छ । फुटबल संघको तीन तीन बर्षको कर तिरेको छैन । हामीले कर तिर्रौ । जापानीज कोचको समस्या हामीले हल गर्यौ । त्यसले नेपालको अन्तराष्ट्रिय छवि विगारेको छ । केल्मीसंग ५५ लाखको सामान बुझेको छ तर १५ लाखको मात्र स्टोरमा भित्रिएको छ । बाँकी सामान कहाँ गयो ? त्यस्तै कुरा गर्ने हो कहाँ कहाँ पुगिन्छ ।

अहिले अडिट र पेश्की फर्छैयौट समितिले काम सुरु गरिसकेको छ । केही समय लाग्छ । हतार नगरौ । सबै चिज छर्लङ हुन्छ, विगतमा के भएको, अब के हुन्छ सबै स्पष्ट हुन्छ । उहाँहरुले डिस्टर्ब गरेर म त्यसमा लाग्दिन, म आफ्नो काम लाग्छु ।

♦ पछिल्ला ८ महिनामा नेपाली फुटबलमा देखाउन मिल्ने काम के भयो भन्ने लाग्छ ?

घरेलु लिग भयो । यु–१९ मा पहिलो पटक एएफसीमा दोस्रो चरणमा छनोट भयौ । ओलम्पिकमा दोस्रो चरणमा छनोट पुग्यौ । महिला साफ नेपालमा पहिलो पटक काठमाडौं बाहिर गर्दैछौ । ग्रासरुढ सफल भएको छ । विधान संशोधन सहित आर्थिक नियमावली पारित ग¥यौ । कार्यविधि बनाएर एन्फालाई व्यवस्थित बनाउने छौ । समितिलाई क्रियाशिल बनाउँछौ । पद्धती अनुसार फुटबल संघ अघि बढ्छ । कानुनका अभाव छन् । प्रदेश सरकारले जसरी काम गर्न सकेको छैन, त्यही अवस्था फुटबल संघको छ ।

♦ नेपाली फुटबल दक्षिण एसियाबाट कहिले माथी उठ्छ ?

दक्षिण एसियामा हामी तेस्रो अवस्था छौ । फिफा वरियतामा समेत पहिले भन्दा राम्रो छ, अंकमा सुधार छ । पोजिसन सुध्रिएको छैन । हामीले फिफाको अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाएका छैनौ ।
फिफाले नेश्नल लिग खेलाउँदै छ । बर्षभरी नेपालले ९ वटा प्रतियोगिता देश बाहिर खेल्नपर्छ । क्लब विश्वकप हुँदैछ । महिलाको प्रतियोगिता बन्दैछ ।
चार बर्षे कार्यकालमा साफ च्याम्पियन कुनै हालतमा हुन्छौ । अहिले रेलिगेशन बिनाको लिग, वाम अर्प लिग भनेर चुट्किला भईरहेको छ, यसको फाईदाको बिषयमा कसैले बिचार गरेका छैनन् ।
हामीसंग राष्ट्रिय टिम बनाउन कति खेलाडी थिए, अब कति हुन्छन् । राष्ट्रिय टिम बलिायो बनाउन धेरै खेलाडी चाहिन्छ । सबै एकै अनुहार आएर प्रतिस्पर्धा भएन । राष्ट्रिय टिमलाई बलियो बनाउन काम गछौ । लिग पछि राष्ट्रिय टिम दुई वटा बनाउछौ । दुई वटा टिमलाई नेपालमा समेत मैत्रिपुर्ण र विदेशमा समेत मैत्रिपुर्ण खेल खेलाउछौ । वि

♦वर्तमान नेतृत्वलाई एन्फाभित्र काम गर्न कत्तिको समस्या छ ?

कानुनको अभावमा निर्णय प्रक्रियामा ढिला सुस्ती छ । सबैसंग सोधेर, सल्लाह गरेर काम गर्नुपर्ने अवस्था छ । आर्थिक खर्च गर्दा कसरी पारदर्शि हुन्छ भनेर लागेका छौ । हामी सिक्दैछौ ।
सिक्दै गर्दा समय लागेको छ । कानुन बनेपछि सबै प्रणालीमा जान्छ । रेफ्री र प्रशिक्षकको क्षमता वृद्धि गर्नपर्नेछ । फुटबलमा हजारौ मानिस प्रशासनमा चाहिएको छ । प्रदेश लिग, जिल्ला लिग, स्कुल लिग, फ्रेन्चाईज लिग गदैछौ । धेरै दक्ष मानिस चाहिएको छ । त्यसमा क्षमता वृद्धि गर्ने काम गछौ ।


♦ तपाईको चार बर्षे कार्यकालमा नेपाली फुटबल कहाँ हुन्छ ?

नेपाली फुटबल व्यवस्थित तरिकाले सञ्चालन हुन्छ । सबै निर्णय प्रणालीमा हुन्छ । धेरै कुरामा परिवर्तन आवश्यक छ । फिफा वरियतामा धेरै माथि जान्छौ । विशेष गरेर महिलामा साफमा च्याम्पियन हुन्छौ । महिलामा एसियामा एक दुई प्रतियोगितामा राम्रो नतिजा निकाल्छौ ।

♦ पुरुष टिमको के हुन्छ ?

ठुलो कुरा गर्दिन, साफ च्याम्पियन हुन्छ ।

♦ के साफको नतिजाले कर्मा छिरिङको चार बर्षको कार्यकालको मुल्याङ्कन हुन्छ ?

हुन्छ । र, अर्को कुरा एन्फासंग जोडिएका सबै जिल्लाको आफ्नै पुवार्धार हुन्छ । क्लबलाई समेत व्यवस्थित रहेर पुर्वाधार बनाउछौ । पुर्वाधारमा धेरै लगानी गछौ । खेलाडी, प्रशिक्षक र अफिसियललाई फुटबलमा लागेर बाँच्ने आधार बनाउने हाम्रो प्रयास रहनेछ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP