• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
हट–शटहट–शट
  • गृहपृष्ठ
  • हट–शट
एन्जिला तुम्बापो सुब्बा फुटबल खेलाडी
पुरा पढ्नुहोस
एन्जिला तुम्बापो सुब्बा Weight 58 kg Height 5.4 ft Major Awards Birthday May 1996
सेयर

नाम : एन्जिला तुम्बापो सुब्बा


जन्म : २०५३–०२–१५ 


आमा : राधिका राई 


उचाई : ५.४ 


तौल  : ५८

 

काठमाडौं । खेलकुदमा प्राय कथा हार र जितका हुन्छन् । बाँकी रहेका अभाव र दुखले भरिन्छन् । केही कथा यस्ता हुन्छन्, जो देखिदैनन्, कतै लेखिदैनन् ।

यो कथा एउटा सफल फुटबलरको हो, अनि उसको बेदनाको ।

जो निरन्तर डटिरहिन्, खटिरहिन् आफ्नो कर्मसंग । अनि लखेटिईन् जिन्दगीका केही थान प्रश्नसंग ।  

यो कथा महिला राष्ट्रिय टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको हो । उनीसंग जोडिएको फुटबलको संघर्ष र सफलताको हो ।

अनि उनको बेदना र भावनाको पनि हो, जुन कुरा मनको कुनै कुनामा उनले गाँठो पारेर राखेकी थिईन्, कसैले नदेख्ने गरि, कसैले नसुन्ने गरि ।

कथाको सुरुवात उनको बाल्यकालबाटै गरौ, अझ त्यो भन्दा अगाडीबाट ।

पाँचथर घर भएका एन्जिलाका बुवा फौजी थिए, उनी आर्मीमा जागिर गर्थे । डुलिहिड्ने फौजीको नियतिले उनलाई जिल्लाकै विकट क्षेत्र फाक्तेब पुर्रायो । जहाँ उनको भेट एन्जिलाको आमासंग भएको थियो । दुवै जना छोटो समयमा एक अर्काको प्रेममा परे । दुवैले भागी बिवाह गरे ।

दिन बित्दै गए, रात कट्दै गए । दोस्रो सन्तानको रुपमा एन्जिलाको जन्म त्यही फाक्तेबमा भयो । लगत्तै उनका बुवाले फौजीको जागिर छाडिदिए र ईलाम झर्ने निर्णय लिए ।

दिन सजिलै कटिरहेका थिए, ईलाम हुँदै उनीहरु झापासम्म झरे । बुवाले ठेकेदारी काम सुरु गरेका थिए । एन्जिला चार बर्षकी थिईन्, बुवा एक्कासी घर छाडेर निस्किए । कहिल्यै नफर्किने गरि ।

दिन बित्यो, महिना बिते, बर्षौ बित्यो तर अह उनी फर्किएर आएनन् ।

उनले आमालाई नसोधेकी होईनन् तर चित्त बुझ्दो जवाफ कहिल्यै पाईनन् ।

उनले कतै सुनिन्, बुवाले अन्तै घरजम गरे ।

सम्झदा सुरु सुरुमा उनलाई नरमाईलो लाग्थ्यो ।

‘बुवाको कुरा गर्दा अब त्यस्तो केही हुन्न, पचिसक्यो ।’ कुराकानीको सुरुवातमा उनले निर्दोष हाँसो फुस्काईन ।

बुवाले छाडेपछि परिवारमा दुखका दिन सुरु भए । उनी ४ बर्षकी थिईन्, उनका दाजु पनि सानै थिए । सबैभन्दा कष्ट आमाले ब्यहोर्नु पर्यो । दुई सन्तान हुर्काउने जिम्मेवारी अब आमाको काँधमा आईपर्यो । आमाले हार मानिनन्, नियतिसंग भिड्ने निर्णय लिईन् । साना लालाबाला हुर्काउन उनले अर्काको बारी गोड्ने देखि घर गोठसम्मको काम गर्न थालिन् ।

तर परिवारलाई समस्या र अभावले गाँज्न छाडेन । हुर्किन लागेका छोरा छोरी पढाउन समस्या उस्तै थिए । घरको मुल खम्बा हराएपछि, छाना कमजोर हुने रैछ ।

केही समयपछि एन्जिलाको आमाले अर्को बिहे गरिन् ।

दिनहरु अब सहज हुन थाले ।

गाउँका दुख र समस्या त उस्तै उस्तै हुन् तर जिन्दगीमा एन्जिलाले आधार भेटिन् । कान्छो बुवाले उनलाई छोरीको माया दिए, जिन्दगी बाँच्ने आधार दिए । जन्म दिनेले छाडेर गएर के भो त उनले कर्मको रेखा कोरिदिए ।

एन्जिलाको फुटबल यात्रा नयाँ परिवारपछि सुरु भएको हो ।

नयाँ घरमा उनकी दिदी मनिता फुटबल खेल्थिन् । दाई मिलन पनि फुटबलमा अभ्यस्त थिए । एन्जिलाले पनि दाई र दिदीको पछाडी लागेर फुटबल हान्न सिकिन् ।

सानी एन्जिलालाई दाई र दिदीहरु फुटबलमा आएको देखेर हकार्थे । तर उनी डेग चलिनन् ।

कुनैपनि अवस्थामा उनी खेल्न तयार हुन्थिन् । पोजिसन भन्ने भएन, जे भेट्यो त्यही खेल्ने गर्थिन् ।

सुरु सुरुमा उनी डिफेन्समा खेल्थिन्, मिडफिल्डमा नि देखिन्थिन् । गोल हान्न अगाडीबाट नि खेल्थिन् ।

पाँचथरमै एउटा महिला प्रतियोगिता हुने भयो । पान्दमको टिमबाट उनी खेल्न जाने भईन् । उनीलाई फरवार्ड खेल्ने भनेर टिममा राखिएको थियो, मैदान उत्रदाँ गोलकिपरको पोस्ट समाल्नुपर्ने भयो । मन नलागी नलागी किपर बसिन् । तर उनले गोलकिपरमा राम्रो खेल देखाईन् । उनको टिमले सो प्रतियोगिता जित्न पुग्यो । दाईहरु आएर भन्ने थाले, ‘राम्रो खेल्यौ, अब किपरबाट खेल्न थाल, पछि राम्रो हुन्छ ।’

त्यहीबाट हो उनको गोलकिपरको पोजिसन निश्चित भएको ।

एन्जिलाले १३ बर्षको उमेरमा फुटबल खेल्न सुरु गरिन् । स्कुलका दिनहरु फुटबल खेल्दै बिते । धेरै मोजाका बलहरु फाँटे । एक समय भिरमा बल लिन जादाँ उनले खुट्टा भाँचेकी थिईन् ।

दिमागमा धेरै थिएन, मात्र खेल्न पर्छ भन्ने थियो । जे अगाडी देख्यो गुडाएर हानिहाल्ने स्वभाव थियो । राष्ट्रिय खेलाडी हुने, मान सम्मान कमाउने भन्ने चेत थिएन ।

एन्जिलाले च्यातिएको जर्सी र मोजाका बलमा बाल्यकालमा फुटबल खेल्ने शोख पुरा गरिन् ।

विस्तारै विद्यालय र जिल्लामा फुटबल गतिविधि बढ्न थाले । स्कुलमा खाजाको समय फुटबल खेलेर बित्न थाल्यो । फुटबलको टोलीमा उनीसंग केही सिमित केटी साथी हुन्थे, धेरै जसो केटा साथीसंग उनी खेल्ने गर्थिन् ।

एन्जिला जब्बर तरिकाले खेल्थिन्, उनको फुटबल मोह देखेर सिनियर सबै छक्क पर्थे । 
स्कुल पढ्दै गर्दा हो, उनको पान्दम टिमलाई जिल्ला छनोट खेल्न बोलाएको थियो । उनलाई किपरमा राखिएको थियो । किपर बस्न उनलाई खासै टेस परेको थिएन तर उनीसंग विकल्प थिएन ।

उनको खेल राम्रो थियो । फुटबल खेल्ने क्रममा उनको भेट दर्शन गुरुसंग भयो । दर्शन एन्जिलाको पहिलो गुरु बने । उनले एन्जिलाको खेललाई माझ्ने काम गरे । गोलकिपरको प्राविधिक ज्ञान दिए ।

एन्जिलाले जिल्ला छनोट खेल्ने मौका पाईन् । विराटनगरमा भएको जिल्ला छनोटमा उनको टोली पहिलो बन्यो । ६९ सालमा उनी पुर्वाञ्चलको टोलीमा किपरमा छनोट भईन् । पुर्वाञ्चलले राष्ट्रिय खेलकुदका लागि टिमको तयारी गरिरहेको थियो । पुर्वाञ्चलबाट पहिलो रोजाईको गोलकिपरले परिक्षाको कारण देखाउँदै टिमबाट बिदा लिईन् । त्यो अवसर एन्जिलाले प्राप्त गरिन् ।

धनगढीमा भएको छैटौ राष्ट्रिय खेलकुदमा उनले राम्रो प्रर्दशन गरिन् । उनको टोली चौथो बन्यो । अन्य विकाश क्षेत्रका टोली धेरै गोल खाएर थलिएका थिए । तर एन्जिलाले विभागीय टिमको बर्चस्व हुने प्रतियोगितामा शानदान खेल प्रर्दशन गरिन् । उनको प्रर्दशनमा धेरै विभागीय टिमले आखाँ लगाए । एपीएफका टिम व्यवस्थापक प्रेम श्रेष्ठले एन्जिलालाई क्लबमा राख्न तयार देखिए । उनैले एन्जिलालाई काठमाडौं ल्याउने चाजोपाजो मिलाए ।

त्यसपछि एन्जिलाले जिन्दगीलाई पछाडी फर्किएर हेर्न परेन ।

प्रेम एन्जिलाको टिम व्यवस्थापक मात्र बनेनन्, जीवनको पथ प्रदर्शक समेत बने । फुटबलमात्र सिकाएनन्, जिवन बुझाए । हौसला दिए, प्रेरणा भरे । दुर्गम क्षेत्रकी एक प्रतिभालाई काठमाडौंमा लगेर फक्रन र फैलन मद्दत गरे ।

‘उँहाले पनि धेरै समर्थन गर्नुभयो । उहाँले नै एपीएफसम्म लिएर आउनुभयो । पढाउने देखि होस्टेल राख्ने काम उहाँलेनै गर्नुभयो । उहाँलाई गडफादर मान्छु । जे होस, उहाँले बुवाको अभाव हुन दिनुभएको छैन ।’ एन्जिला खुल्छिन् ।

एपीएफमा आउदाँ उनीसंग नरबहादुर राई पनि जोडिए, अनि आएर चन्दन दाई । उनै चन्दन दाईले रात दिन नभनी उनलाई गोलकिपिङ सिकाए । प्राविधिक ज्ञान खासै नभएकी एन्जिलाले क्लबमै आएर माझिन पाईन् । उनले एपीएफले मैदानमा धेरै पसिना चुहाईन् ।

सोही बर्ष हेटौडामा एनसेल कप सञ्चालन भयो । टिमले जित्यो, तर एन्जिलाले खेल्न पाईनन् । लगातार दुई बर्ष संघर्षमै बित्यो । क्लबमा सिनियर चन्द्रादेवी दाहाल थिईन् । उनी राष्ट्रिय टिमको समेत पहिलो रोजाईको गोलकिपर थिईन् । एन्जिलाको टक्कर उनै चन्द्रासंग पर्ने गर्दथ्यो ।

लगत्तै उनले एएफसी साफ यु–१४ खेलिन् । त्यो प्रतियोगिता नेपालले जित्यो । उनले श्रीलंकासंग गोल नखाई, भारतको पेनाल्टी रोकेकी थिईन् । सोही प्रर्दशनले उनी सिनियर टिममा परिन् । पाकिस्तानमा भएको साफको सिनियर टोलीको उनको समेत नाम थियो ।

त्यसपछि धनगढीमा महिला लिग भयो । एपीएफ दोस्रो भयो । लगत्तै उनले दोस्रो खेल एनसेल कप खेलिन् । 
करियरले गति लिदै थियो । उनी भारतको सिलुगडीमा भएको साग टिममा परिन् । प्रतियोगिता अगाडी उनको प्रर्दशन बिग्रिएको थियो । उनी फेरी दोस्रो रोजाईमा बस्न पर्ने अवस्था बनेको थियो । तर उनले त्यही प्रतियोगितामा डेब्युको मौका पाईन् । श्रीलंकाविरुद्वको खेलमा पहिलो रोजाईबाट खेल्दै उनले राष्ट्रिय टिमबाट डेब्यु गरिन् । त्यसपछि उनी लगातार नेपालको महिला राष्ट्रिय टिमको नम्बर एक गोलकिपर रहदै आएकी छिन् ।

एन्जिलालाई लाग्छ, फुटबलले उनलाई नयाँ जिवन दिएका छ । ईज्जत दिएको छ, सम्मान दिएको छ, सबै भन्दा ठुलो नाम दिएको छ । अभाव र संघर्षले कमाएको नाममा उनलाई आज गर्व छ ।

तर भोली के त ?

उनलाई भविष्य सम्झिएर डर लाग्छ । फुटबल करियर पछाडीको जिन्दगीले उनलाई पिरोल्छ ।

‘अहिले सबैले राम्रो भन्छ । राष्ट्रको गहना हो भन्छ । खेल, उमेर र प्रर्दशन सधै उही रहदैन् । खेलाडी हुदाँको जस्तो जिन्दगी करियर सकिएपछि पाईदैन भन्ने चिन्ता लाग्छ । भविष्यको पिर लाग्छ ।’ उनको अनुहारको रंग बिस्तारै हराउन थाल्छ ।

पढाई राम्रो भएमा विभागमा करियर खोज्ने योजना छ । नभए बाहिर जानुको विकल्प नहुने उनी आँकलन गर्छिन् । बिस्तारै बाहिरी देश जाने तयारी गर्ने उनको योजना छ ।

‘विभागमै भए राम्रो हुन्थ्यो । नत्र विदेश नै जाने । अरु उपाय नि छैन । पैसा नि कमाउन पर्यो नि ।’ पैतला हेर्दै एन्जिला थोरै लगाउँछिन् ।

तर,उनलाई रहर छ, नयाँ पुस्ताका खेलाडीलाई फुटबल सिकाउने । गोलकिपरको ट्रेनिङ गरेर नेपालमै केही गर्ने सोच छ । फुटबलको रुप बदलिए देश बस्ने नभए बिदेश उड्ने उनको योजना अटल छ ।

‘महिला फुटबलका आफ्नै दुख छ ।’ उनी सुनाउछिन्, ‘यति धेरै बर्ष फुटबल खेलेर बाहिर जानु बाध्यता हो । एक त प्रतियोगिता हुदैन, आम्दानी पनि गतिलो छैन । ईज्जतमात्र भएर नहुने रैछ, पैसापनि चाहिन्छ । राष्ट्रिय टिमको खेलाडीले कम्तिमा राम्रो जिवन जिउने सपना हुन्छ । शहर महङ्गो छ । विभागको तलब थोरै हुन्छ । पैसाको अभाव धेरै छ, कहिले काँही पैसा नभई हिड्नुपर्ने बाध्यता हुन्छ ।’

जे होस, एन्जिलालाई देशका लागि खेलेर पाएको ईज्जतले ठुलो खुसी दिएको छ । देशको गोलपोस्ट समाल्न पाउँदा गर्वले छाति चौडा हुन्छ । कहिले काही लाग्छ, जिवनमा सोचेको भन्दा धेरै नै पाए ।

तर कहिले काँही मन अनायासै खिन्न बन्छ । जन्म दिने बाबुको यादले सताउँछ । पाएको सफलता बुवालाई देखाउन रहर लाग्छ । रात जब ढल्किदै जान्छ, आखाँहरु यत्तिकै रुझ्ने गर्छन, सिरानीहरु भिज्ने गर्छन् ।

उनको मानसपटलमा बुवाको तस्विर याद छैन, उनलाई बुवाप्रति कुनै गुनासो छैन । तर यत्ति सोध्न मन छ, तपाई मलाई छाडेर किन जानु भयो ? के तपाई पनि मैले जस्तै कहिले काँही याद गर्नुहुन्छ ?

प्रतिक्रिया दिनुहोस्
थप हट–शटथप हट–शट
जयरानी थारु जयरानी थारु एथलेटिक्स खेलाडी
कृतिका मरासिनी कृतिका मरासिनी क्रिकेटर
अन्जना राना मगर अन्जना राना मगर फुटबल खेलाडी
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
लिभरपुल एफए कपबाट बाहिरियो
लिभरपुल एफए कपबाट बाहिरियो
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP