आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
कामना बिष्ट
कामना बिष्ट

कामना बिष्ट

भलिबल खेलाडी

Published on १९७० जनवरी १, बिहिबार
FacebookTwitter

Personal Information

Date of Birth

1-Jan-2000

Height

५.८

Weight

५८

Biography

भलिबलकी क्विन कामना 

नाम : कामना बिष्ट


जन्म : २०५६–०९–१७


बाबु : हरिहर बिष्ट


आमा : लक्ष्मी बिष्ट


उचाई : ५.८


तैल : ५८

खासमा उनी एथ्लेटिक्सकी खेलाडी थिईन् । दौडिनु उनको नियमित कर्म थियो । बेहिसाबले दौडदै गरेकी उनी दौडको रफ्तारलाई बिट मार्दै भलिबलको दुनियाँमा प्रवेश गरिन् ।

जीवनमा उनले जे पाईन्, आखिर त्यो सब भलिबलले त दियो । 
उनी अर्थात कामना विष्ट, नेपालकी भलिबल क्विन ।

१८ बर्षकी कामना विभागीय टिम नेपाल पुलिस क्लबकी भरपर्दो खेलाडी हुन्, अनि नेपाली भलिबलको भविष्य ।

उनी जाजरकोटको खलङ्गामा जन्मिईन् । सुरुमा उनी एथ्लेटिक्सको खेलाडी थिईन् । जुनियर च्याम्पियन समेत रहेकी उनले हरेक बर्ष विद्यालयमा हुने राष्ट्रपति रनिङ शिल्डमा दैडिएर बिताईन् । उनी भलिबल पनि खेल्थिन् तर टिमको खाली ठाउँ भर्न मात्र ।

उनको परिवारमा भलिबलमय वातावरण भएर होला उनी विस्तारै यसमा आकर्षित भईन् । १४ बर्षको उमेरमा उनले क्षेत्रीय खेल खेल्ने अवसर पाईन्, जतिबेला उनी कक्षा दशमा अध्ययन गर्थिन् । त्यही समय उनले राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाईन्, भलिबल खेलाडी भएर ।

कामनाका बुवा हरिहरले क्षेत्रीय स्तरसम्मको भलिबल प्रतियोगिता खेलेका थिए । छोरी कामनाले पनि बुवाको पदचाप पछ्याउने निर्णय गरिन् । उनलाई भलिबल खेल्न भने आउदैन, मनोरञ्जनका लागि खेल्थिन् । विस्तारै विद्यालयका शिक्षकहरुले सिकाउथे, उनले त्यही अनुसार खेल्न थालिन् ।

सातौ राष्ट्रिय खेलकुद उनको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता बन्यो । उनले मध्यपश्चिमबाट खेलेकी थिईन् । गज्जबको प्रर्दशन गरिन् । त्यही प्रतियोगिताले उनको खेल जिवनमा नयाँ मोड दियो ।

सोही प्रतियोगितामा गरेको प्रर्दशनका आधारमा उनलाई नेपाल पुलिस क्लबकी कोपिला रानाले विभागीय टिम पुलिसमा प्रवेश गराइन । ७३ सालमा उनलाई पुलिसले खुल्ला खेलाडीको रुपमा लैजान राजी भयो ।

सातौं राष्ट्रिय खेलकुदमा उनको प्रर्दशनमा लोभलाग्दो रह्यो । त्यो भन्दा पहिला उनले नेपाल पुलिसबाट आइजीपी कपमा आफ्नो जादु देखाइ सकेकी थिइन । पुलिस क्लबमा राख्न खासै ढिला गरेन । सातौ राष्ट्रिय खेलकुदको पहिलो खेलमा उनले आश गरे अनुसारको प्रर्दशन गर्न सकिनन् । उनलाई डरले थिच्यो ।

‘पहिलो पटक ठुलो प्रतियोगिता खेलिरहेको थिए । डर त लागिहाल्छ । तर, पनि हार भने मानिन ।’ उनले भनिन् ।

त्यसपछि उनले ढोरपाटन लिगको तयारी गरिन् । उनले गज्जव प्रर्दशन गरिन् । कामनाले सो प्रतियोगितामा प्लेअर अफ द सिरिज बन्दै स्कुटर हात पारिन् ।

जीवनमा पाएको पहिलो सफलताले ठुलो खुसी दिने रैछ । उनले घर आमालाई फोन गरेर सुनाईन् । परिवारमा खुसी छायो, छोरीले प्राप्त गरेको सफलतामा आमा बुवाले समेत हर्ष बढाई गरे ।

सुरुमा कामनाका बुवालाई उनले भलिबल खेलेको मन पर्दैनथ्यो । कामनाका बुबा भलिबलका क्षेत्रीय स्तरका खेलाडी थिए । राम्रो खेल्दा समेत बुवाले राष्ट्रिय टिममा स्थान पाएनन् ।

खेलकुदको राजनीतिबाट भुक्तभोगी कामनाका बुवा आफ्ना सन्तानले नियती भोग्न नपरोस भन्ने चाहन्थे । तर सपनाको पङ्ख फिजाई भलिबल जिवनको यात्रामा निस्किएकी कामनालाई अवरोधहरु हराउँदै गए ।

७३ सालमा पुलिससंग जोडिएपछि कामनाको दैनिकी भलिबल मै केन्द्रित भयो । निरन्तरको कडा परिश्रम र मेहनतले उनलाई पहिलो राष्ट्रिय स्तरको प्रतियोगितामै प्लेअफ अफ द सिरिजको उपाधि दिलायो ।

उनलाई यो सफलताले मात्र पुगेको छैन ।

‘राष्ट्रिय स्तरको पहिलो प्रतियोगितामा प्लेअर अफ द सिरिज भएर ठुलै सफलता हात लाग्यो भन्दा पनि खेल जिवनका नयाँ अध्याय खुलेको महशुश गरेको छु ।’ उनी भन्छिन् ।

जिवनको उर्जावान समय भलिबलमै विताउने रहर छ कामनाको । तर भविष्य सम्झिएर डर लाग्छ । भलिबलमा विस्तारै देखिन थालेको परिवर्तनले उनलाई आशा भने जगाउछ ।

उनी भन्छिन्, ‘अगाडीको खेल हेर्दा र अहिलेको स्तर हेर्दा निकै फरक लाग्छ । मलाई खुसी लाग्छ । यो समयमा भलिबल खेलाडी भएर स्थापित भएको छु ।’

नेपाली भलिबलकी स्टार प्रतिभा माली र सरस्वती चौधरीको उनका मन पर्ने खेलाडी हुन भने संन्जय अर्याल  उनका आइडल हुन् ।

नौ कक्षामा पढ्दा उनले सरस्वतीलाई फोटो पत्रिकामा देखेकी थिईन् । त्यही समय हो उनले मनलाई दृढ बनाएको । 
आज सपनाले आकार लिएर छ, उनी अहिले सरस्वतीसंग एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

चोट कामनाको मुख्य समस्या हो । उनलाई चोटले बारम्बार पिरोलिरहन्छ । उनी लगातार तीन पटक त घाईते नै भईन् । क्लबबाट शतप्रतिशत प्रर्दशन गर्न नपाउदाँ उनलाई दुख लाग्छ ।

पुलिसमा थोरै समयमा निखारिएको प्रतिभाबाट उनी सन्तुष्ट छिन् । क्लबले ठुला प्रतियोगितामा राम्रो नतिजा निकाल्न नसकेपनि चाँडै त्यो सफलता प्राप्त गर्नेमा उनी ढुक्क छिन् ।

कामना आठौ राष्ट्रिय खेलकुदबाट भलिबलमा उत्कृष्ट कमब्याक गर्ने सोचमा छिन् ।

‘घाईते भएर खेल्न नपाउदाँ नरमाइलो लाग्ने स्वभाविक नै हो । पिडा त्यति बेला गाढा हुन्छ, जति बेला आफु दर्शक बनेर बस्नपर्छ । उनी टिमले हार्छ ।’ उनी पिडा पोख्छिन् ।

कामना अहिले पुलिसमा करार सम्झौतामा बसेर खेलिरहेकी छिन् । पुलिसमै रहेर भलिबल करियर अघि बढाउने कामनाको रहर छ ।

विभागीय टिममा रहँदै भलिवलको निरन्तर सेवा गर्न उनी चाहन्छिन् ।


उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्दै सबैको नजरमा बसेकी कामना राष्ट्रिय टिम प्रवेशको ढोका कुरेर बसेकी छिन् ।