बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
अभिषेक रिजाल
अभिषेक रिजाल

अभिषेक रिजाल

फुटबल खेलाडी

Published on १९७० जनवरी १, बिहिबार
Facebook

Personal Information

Date of Birth

28-Feb-2000

Height

0.14

Weight

67

Biography

नाम : अभिषेक रिजाल

जन्ममिति : २०५६–१०–१६

जन्म स्थान : काठमाडौं , वाफल

शिक्षा : १२ पास

हाइट  :  ५.७ इन्च

तौल   : ६७ किलो

बुबा : हिम रिजाल

आमा : अर्पणा रिजाल

सानो गौचरणको बालुवाले भरिएको मैदानबाट फुटबल करियर सुरुवात गरेका थिए, अभिषेक रिजालले । अहिले उनी इन्डोनेसियामा हुने १८ औँ एसियन गेमको तयारीमा जुटेका छन् ।

गोलको खडेरी । नेपाली फुटबलको बल्झिने रोग हो । अन्तराष्ट्रिय फुटबलमा त यो अझ चर्को छ । त्यही गोलको खडेरी एसियन गेम्समा तोड्ने अभिषेकको लक्ष्य छ ।

विश्व फुटबलका उनी सुपरस्टार क्रिस्टियानो रोनाल्डोका जवर्जस्त प्रशंसक हुन् । रोनाल्डोनै शैली पछ्याउछन्, अनि त्यही शैली अपनाउछन् ।

भनिहालौ, अभिषेकको जर्सीको प्रिय नम्बर ‘सेभेन’ हो । क्लब होस वा राष्ट्रिय टिम, उनी सेभेन नम्बरको जर्सी लगाउन खोज्छन् । उनले गोलगरेपछि रोनाल्डोकै शैलीको सेलिब्रेसन देख्न पाईन्छ । विभागीय टिम पुलिसमा प्रवेश गर्दा धेरै सिनियरले उनलाई रोनाल्डोकै उपनाम दिएका थिए ।

११ बर्षको उमेरमा उनले फुटबल करियरको सुरुवात गरे । एक बर्ष सानो गौचरणमा बल हान्न सिके, बुटमा दौडन जान्ने भए । लगत्तै उनी एन्फा एकेडेमीमा पुगे । ‘एन्फामा आउदाँ म जम्मा १२ बर्षको थिए ।’ अभिषेक आफ्नो बाल्यकाल सम्झिन्छन्, ‘त्यसपछि त हो, मैले घर छोडेर एन्फामा बसाई सरेको ।’

एन्फामा उनले लगभर ४ बर्ष बिताए । आफ्नो खेल कौशल निखार्ने मौका पाए । आफुलाई धारिलो बनाए ।

 अभिषेकले १६ बर्ष टेकेका मात्र थिए, एन्फाले एउटा निर्णय ग¥यो । एन्फा उपाध्यक्ष तथा रुस्लान थ्रीस्टार क्लबका तत्कालिन अध्यक्ष ललित श्रेष्ठको स्मृतिमा एउटा उमेर समुहको प्रतियोगिताको आयोजना गर्ने । जसको नाम राखियो, ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिप ।

प्रतियोगितामा एन्फाले आफ्ना युवा खेलाडीलाई गोलाप्रथाबाट रिलिज गर्छ । भाग्य भनौ वा दैवको देन, उनी आर्मीको भागमा परे । उनले त्यहाँ कप्तानी समाल्ने मौका पाए । पुरै प्रतियोगिताभर अभिषेक छाए । आफुलाई अब्बल सावित गर्दै दुई गोल गरेका उनले आफ्नो कप्तानीमा आर्मीलाई प्रतियोगिताको उपाधिनै जिताउन सफल भए ।

त्यसपछि उनको करियरको ग्राफ वेगले अगाडी बढ्यो । अझ भनौ उनले अहिलेसम्म पछाडी फर्किएर हेर्न परेको छैन् ।

आर्मीको जर्सीमा झापा गोल्डकप सुरु गरेका उनले पहिलो प्रतियोगितामै उपाधि जित्न सफल भए । त्यहाँ उनले आफुलाई पहिलो पटक ललित स्मृति फुटबलमा कोचिङ गराउने सिनियर टिमका कप्तान भरत खवास र विकेश कुथुसँग खेल्ने मौका पाएका थिए ।

आर्मीको सिनियर टिममा पाएको मौका उनी के छोड्थे र ? आफ्नो खेल देखाए र सिनियर टिममा आफ्नो स्थान पक्का गरे । आर्मीकै जर्सीमा उनले मोफसलको चर्चित प्रतियोगिता आहा रारा गोल्डकप खेल्न भ्याए ।

उनले २०६४ सालमा बी डीभिजनमा ब्वाईज युनियनको टिमबाट खेले । तर क्लबलाई माथि उकाल्न उनी असमर्थ भए । लगत्तै अभिषेकको माग नेपाली फुटबलमा बढ्न थाल्यो ।

विभागीय टिम पुस्ता हस्तान्तरणको चरणमा थियो । पुराना खेलाडीको खस्किएको फर्मले चिन्तित पुलिसले नयाँ युवा खेलाडीलाई खोजिरहेको थियो । त्यही समय पुलिसका सहायक प्रशिक्षक अनन्त राज थापाको आखाँमा परे, अभिषेक । उनले तत्काल अभिषेकलाई पुलिसमा ल्याए । प्रहरीको भरपर्दो खेलाडीको रुपमा विकास गराए । 

‘करीब २ वर्ष भयो पुलिसमा आएको । म यहाँ खुसी छुु’ । उनी भन्छन् ।

पुलिसको जर्सीमा अभिषेकले बुढासुब्बा गोल्डकप उपाधि उचालेको थिए । कप्तानमा थिए, जुमानु राई ।

त्यसपछिको अभिषेकले ललित स्मृतिको दोस्रो संस्करण पुलिसबाट खेले । तर टिमको यात्रा क्वार्टरफाईनलमा सकियो ।

सन् २०१७ मा अभिषेक सम्मिलित नेपाली युवा टोलीले भुटानमा भएको अन्डर १८ साफ च्याम्पियन्ससिपको उपाधिनै उचाल्यो । फाइनलमा सिकार भयो चिरपरिचित भारत । फाईनलमा नेपालले २–० को जित निकालेको थियो ।

त्यस प्रतियोगितामा अभिषेकले मात्र एक गोल गरे, त्योपनि महत्वपुर्ण मानिएको सेमिफाईनलमा । बंगलादेशविरुद्धको सो खेलमा सुरुवाती २२ मिनेटमा गोल गर्दैै उनले नेपाललाई अग्रता दिलाएका थिए । अन्तिममा नेपालले सो खेल २–१ ले जित्यो ।

अभिषेक अहिलेपनि मान्छन्, उनले जितेको अहिलेसम्मकै ठुलो उपाधि त्यही हो ।

उनले गत बर्षमात्र एएफसी यु १९ च्याम्पियनसिप क्वालिफायरमा भाग लिए, सो प्रतियोगितामा नेपाल समुह चरणबाटै बाहिरिएको थियो ।

नेपाली फुटबलमा युवा स्टार अभिषेकले नेपाली फुटबलका ठुला क्लबहरु मनाङ मस्र्याङ्दी, संकटा, आर्मी, ब्वाईज युनियन, एनआरटीसाथै मोफसलका थुप्रै क्लबबाट खेलिसकेका छन् ।

तर, उनी अहिले पुलिसका भरपर्दा खेलाडी हुन् । विगत दुई बर्षदेखि उनी पुलिसकै जर्सीमा प्रतिबद्ध देखिएका छन् ।

उनी लगायतका युवा खेलाडीको आगमनसंगै पुलिस उपाधि यात्रामा फर्किएको छ ।

२०७४ मा आहा रारा गोल्डकप र राखेप च्याम्पियनसिपमा पुलिसलाई उपाधि दिलाएका उनले पछिल्लो समय दमक गोल्डकप र नुवाकोट गोल्डकपको उपाधि पुलिसलाई जिताएका थिए ।

एसियन गेमको तयारीमा रहेका अभिषेक भन्छन्, ‘एसियन गेममा एसियन पावर हाउससंग खेल्नुपर्छ । हामी नेपाललाई जिताउन सक्दो कोशिश गर्नेछौ । तयारी राम्रो भैईरहेको छ । मेहनत गरीरहेको छु  ।’

अभिषेकको अब एउटै लक्ष्य छ  राष्ट्रिय टिमबाट खेल्ने अनि देशको नाम उचो राख्ने ।

अनि विश्वास छ, उनी यस लक्ष्यमा सफल हुनेछन् ।

 

तस्विर : अभिषेकको फेसबुक