आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
नेपाली ‘एडिडास’
नेपाली ‘एडिडास’

नेपाली ‘एडिडास’

फुटबल खेलाडी

Published on १९७० जनवरी १, बिहिबार

Personal Information

Date of Birth

22-Jun-2001

Height

1.61

Weight

52

Biography

रमेश सुवेदी

काठमाडौं । कसैले ‘एडिडास’ भने तपाई के सोच्नु हुन्छ ?
कुनै ब्राण्डेड जुत्ता वा खेल सामाग्री कम्पनी ?
तर, यहाँ कुरा गर्न लागिएको प्रसंग कुनै जुत्ता वा खेलसामग्री कम्पनीको भने होईन ।
यो प्रसंग हो नेपाली ‘एडिडास’को ।
यो नाम हो, काठमाडौंमा भएको अन्डर १८ फुटबल फुटबल च्याम्पियनसिपमा विभागीय टिम पुलिसको राईट विङ्गरबाट खेल्ने खेलाडीको ।
अर्थात एडिडास महतको ।
नाम जस्तो ‘युनिक’ छ, मान्छेपनि उस्तै फरक छन् उनी । होचो कदका पातलो खेलाडीको व्यवहारपनि उस्तै छ । उनी हत्तपत्त कोहीसंग बोल्दैनन् । अझ भनौ खुल्दैनन् । बोलिहाले, हल्का मुस्कुराउछन् अनि टाउको हल्लाउछन् । मज्जाले बोल्नका लागि उनीसंग एक दुई दिनको संगतनै गर्नपर्छ ।
उनी आफ्ना टिममेटसंग समेत धेरै बोल्दैनन् । बोल्छन् त कहिलेकाही काम परेका बेला मात्र । सुरुमा पुलिस क्लबमा छनोट हुदाँ एडिडास कसैसंग पनि बोल्दैन थिए । पछि बानी गर्दै गयो, साथीहरु नजिक हुदै गए, अनि मिलनसार बन्दै गए ।
पहिलो पटक ललित स्मृति खेलेका एडिडासको काठमाडौं यात्रा नै पहिलो हो ।
यो यात्रा नै उनका अविष्मरणीय छ ।
जब पुलिसको प्रारम्भिक खेलाडी छनोटमा एडिडास परे । उनी एउटा ठुलो सपना बोकेर काठमाडौं आए, संकल्पको साथ ।
काठमाडौंको शहरमा नयाँ एडिडासलाई कम्ती सकस भएन । कहिले परिवारको समस्या, कहिले आफ्नै अनि कहिले घरपरिवारको सम्झना ।
पुलिसका प्रशिक्षक चेतन घिमिरले जब अन्तिम २० सदस्यीय खेलाडीको नाम सार्वजनिक गरे । एडिडासले आफ्नो सपना पुरा भएको देखे । अर्थात उनी पुलिसको २० सदस्यीय टोलीमा पर्न सफल भए ।
टोलीमा त परे, अब अर्को सकस सुरु भो, कसरी प्लेइङ सेटमा पर्ने ?
एडिडासले संकल्प गरे, मेहनत गर्ने । सोही अनुसार मेहनत गरे । अन्तिममा उनी पुलिसको सुरुवाती सेटमा अटाउन समक्ष भए ।
ललित स्मृति अन्डर १८ फुटबलमा पुलिसले पहिलो खेल मोरङसंग खेल्यो । सोही खेलसंगै एडिडासले पुलिसको टोलीमा डेब्यु गरे ।
पहिलो खेलमै उनले ९० मिनेट खेले । दुर्भाग्यवस पुलिस पहिलो खेलमा मोरङसंग १–० ले स्तब्ध बन्यो । तर उनले सो खेलमा उत्कृष्ट प्रर्दशन गरे । पुलिसका प्रशिक्षक चेतन समेत एडिडासमा भविष्यको स्टार बन्ने सम्भावना रहेको बताउछन् ।
एडिडास, विसं २०५८ भदौ २२ गते चितवनमा जन्मिए । बुबा तिलकबहादुर महत र आमा अनिता महतको कोखबाट । बुवा प्रहरीको जागिरे, एडिडासको जन्मसमेत सयोगवस पुलिस क्याम्पभित्रै हुन पुग्यो । बच्चैदेखि फुटबल खेल्न सिपालु थिए, एडिडास । उनले ८ बर्षको उमेरदेखिनै फुटबल खेल्न सुरुवात गरेका हुन् । उनको एउटै लक्ष्य छ, पुलिसमा उत्कृष्ट खेल्दै धेरै भन्दा धेरै उपाधि जिताउने अनि राष्ट्रिय टिममा स्थान बनाउने ।