बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
कृतिका मरासिनी
कृतिका मरासिनी

कृतिका मरासिनी

क्रिकेटर

Published on १९७० जनवरी १, बिहिबार

Personal Information

Date of Birth

2022-07-26

Height

5.3

Weight

50

Biography

नाम : कृतिका मरासिनी

जन्म मिति : २०६१-२-१७

हाईट : ५ फिट ३ इन्च

बुबा : कमल प्रसाद मरासिनी

आमा : किरन कुमारी अर्याल

शिक्षा : १२ मा (अध्यनरत) 

........................

१८ वर्षको उमेरमा नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान स्थापित गरि राष्ट्रिय सिनियर टिमको दाबेदारको रुपमा आउनु सानो कुरा होईन । कृतिका मरासिनी नेपालको महिला क्रिकेटको क्षेत्रमा एउटा सम्भावना बोकेको नाम हो ।

कक्षा १२ को बोर्ड परिक्षा नजिकिदै थियो । कृतिकालाई एक अन्तराष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघ (क्यान)ले बोलायो । उनलाई परिक्षाको संघारमा पोखराको बन्द प्रशिक्षणमा सहभागी हुनु थियो । पहिलो संस्करणको यू–१९ महिला विश्वकपको एसिया छनोट खेलका लागि सो बन्द प्रशिक्षण आह्वान गरिएको थियो । क्रिकेट उनका लागि भविष्य थियो । उनले कक्षा १२ को बोर्ड परिक्षा नदिने निर्णय लिईन् । र अभ्यासका लागि पोखरा लागिन् ।

सन् २०१९ मा चीनमा भएको एक अन्तराष्ट्रिय प्रतियोगिता खेलेको अनुभवका आधारमा क्यानले कृतिकालाई युवा टोलीको कप्तानको जिम्मेवारी दियो । कप्तानको नयाँ जिम्मेवारी सहित कृतिकाको टोली यू–१९ टी–ट्वान्टी विश्वकपको लक्ष्य बोकेर मलेसिया उड्यो । नेपाली टिमको लक्ष्य पहिलो संस्करण विश्वकपमा सहज रुपले स्थान सुरक्षित गर्नु थियो । नेपालले सो प्रतियोगिता अपेक्षा गरे अनुरुपको प्रर्दशन गर्न भने सकेन ।

विश्वकपको लक्ष्य सहित मलेसिया पुगेको नेपाली टोलीले खराब रेकर्ड कायम गर्यो । प्रतियोगितामा युएईविरुद्धको खेलमा लज्जास्पदक हार चाख्यो । पुरा टिम ८ रनमा अलआउट भयो । यस्तो स्थितीमा नेपाल पुग्दा कप्तानको जिम्मेवारी सहित मैदानमा रहेकी कृतिकाले एक समय त सोचिन्, अब त क्रिकेट करियर नै सकियो । तर केही समयपछि उनलाई बोध भयो, खेलमा सबैको खराब समय आउँछ । एक योग्य कप्तानको भुमिका उनले यही बेला देखिन् ।

‘हारबाट हामी भाग्ने भन्दा पनि हारसँग संघर्ष गर्न सिक्नुपर्ने रहेछ,’ कृतिका ती दिन सम्झिन्छिन् ।

उत्कृष्ट क्रिकेटरको उत्पादनमा अगाडी रहेको रुपेन्देहीले कृतिकालाई पनि क्रिकेटबाट टाढा रहन दिएन । परिवार र विद्यालयको पनि साथ पाएपछि कृतिकालाई क्रिकेटको उडान भर्न खासै गाह्रो भएन । ‘मेरो पाईला क्रिकेटमा पुग्नुमा परिवार र विद्यालयको भुमिका ठुलो छ । यहाँ सम्म आइपुग्नुको मुख्य श्रेय परिवार र विद्यालयलाई जान्छ,’ कृतिका भन्छिन् ।

‘आज जहाँ छु, यो सबै क्रिकेटकै योगदान हो । क्रिकेटमा केही गर्छु भनेरनै यहाँ आएको हुँ । मैले भोलि पनि क्रिकेट र हरेक समय क्रिकेट मात्र सोचेको छु,’ उनी भन्छिन् ।

‘हिजोका दिनमा भन्दा आज क्रिकेट बढी व्यवसायीक बनेको छ । भोलि यो स्थिति झनै माथी पुग्नेछ । त्यसकारण जो यस क्षेत्रमा लाग्ने सोचमा हुनुहुन्छ, निश्चिन्त भएर लाग्दा हुन्छ,’ कृतिका नयाँ खेलाडीलाई प्रेरित गर्छिन् ।

सन् २०१९ मा कृतिका खेलाडीको रुपमा चीनमा एक प्रतियोगितामा सहभागी हुँदा ११ विकेटका साथ प्रतियोगिताकै सर्वोकृष्ट बलर घोषित भएकी थिईन् । तर भर्खरै सकिएको विश्वकप एसिया छनोटमा उनको प्रदर्शन खस्किदो रह्यो । ‘अरुको कप्तानीमा खेल्दा जुन किसिमको स्वतन्त्र महसुस हुने रहेछ, आफ्नो कप्तानीमा खेल्दा त्यो भेट्न कठिन हुदो रहेछ ।’ उनले भनिन् ‘अरुको कप्तानीमा खेल्दा टिमका लागि योगदान दिन्छु भनेर खेलिदो रहेछ । आफै कप्तान बन्दा अरु कुन स्थितिमा रहेका छन्, त्यसको ख्याल राख्नु पर्ने रहेछ । त्यसकारण मैले आफ्नो खेलमा धेरै ध्यान दिन सकिन । पहिलो पटक कप्तानको जिम्मेवारी लिएका कारण पनि यस्तो भएको होला । यसलाई निभाउन बिस्तारै सिक्दै छु ।’

कृतिकाको सिनियर स्तरको राष्ट्रिय स्तरको प्रतियोगिता पीएम कप हो । प्रतियोगितामा कृतिका बेस्ट बलर बनेकी थिईन् । पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको रुपमा सन् २०१९ मा उनले चीनमा गएर खेलेकी थिईन् । सो प्रतियोगितामा समेत उनी बेस्ट बलर बनेकी थिईन् ।

महिला क्रिकेटलाई अघि बढाउन क्यानले गरेको काममा उनी सन्तुष्ट छिन् । तर महिला क्रिकेटको भविष्य अझ सुनौलो बनाउने हो भने यसमा नयाँ पुस्ताको आकर्षण बढाउन जरुरी रहेको कृतिका बताउँछिन् । उनी विश्वकपसम्म पुग्ने आफ्नो लक्ष्य रहेको सुनाउँछिन् । उनलाई यो पनि थाहा छ, त्यो नेपाली टिमले गर्ने मेहनतमा भर पर्नेछ । ‘सिनियर महिला टिमलाई प्रतिनिधित्व गरि विश्वकपमा उत्कृष्ट बलर बन्न चाहन्छु । तर यो उपलब्धी हासिल गर्न कति समय लाग्छ, त्यो भने मेरो मेहनतमा नै निर्भर रहनेछ।’ कृतिका भन्छिन्