काठमाडौं । बंगलादेशमा जारी ५ औं आमन्त्रित बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालकी सीमा श्रेष्ठले कास्य पदक जितेकी छिन् ।
ढाकामा मंगलबार महिला हाइजम्पमा १.३२ मिटर उचाई जम्प गर्दै कास्य पदक जितेका हुन् ।
यस स्पर्धामा बंगलादेशकी तस्मिया होसेनले १.४७ मिटर जम्प गर्दै स्वर्ण जितिन् ।
बंगलादेशकै सप्ना खातुनले १.४५ मिटर जम्प गर्दै रजत हात पारेकी छिन् ।
प्रतियोगितामा नेपालका ७ जना यू-१७ खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाएको एथलेटिक्स परिवार नेपालले जनाएको छ ।
![May be an image of 4 people and people standing](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/320001134_687033282941792_5683975301563460696_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=6qImqHfGmeUAX_CtFuL&tn=brKuN20vdhPRC6Jq&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AfCH5_TGWKG5-VJXeCoKrn0zFl1HBfO3qPZPUFjOjwZTPA&oe=639C926B)