एजेन्सी । कोरोना भाईरसको महामारीको कारण बन्द रहेको दक्षिण अफ्रिकाका सम्पूर्ण गल्फ कोर्ष खुल्ला गरिएको छ ।
सरकारको लकडाउन खुकुलो बनाउने योजना अनुसार दक्षिण अफ्रिकामा गल्फ कोर्ष खुल्ला गरिएको हो ।
गल्फमा एक अर्कासँग सम्पर्क नहुने भएको कारण गल्फ क्लबहरु खुल्ला गरिएको बताईएको छ ।
कोरोनाको कारण दक्षिण अफ्रिकामा गत मार्च २६ बाट गल्फ कोर्ष बन्द गरिएको थियो ।
गल्फ कोर्ष खुल्ला गरिएपनि खेलाडीहरुले सुरक्षाको विधि अपनाउनु पर्ने छ ।
खेलाडीले कोर्षमा सामाजिक दुरी कायम राख्नु पर्नेछ । स्कोर्ड कार्ड साझेदारी गर्न पाईने छैन र टि बक्सको दुरी २ मिटरको हुनु पर्नेछ ।
खेलाडीले कतिपय सामान घरबाटै ल्याइनु पर्ने समेत बताईएको छ ।