काठमाडौं । चौंथो संस्करणको एनपीए इन्टर स्कुल फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
बानियाटारस्थित प्रिमियर फुटसलमा हुने प्रतियोगिता कात्तिक २९ र ३० गते हुनेछ ।
प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार नगद र ट्रफी पाउने छन् ।
उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकिपर, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले जनही १ हजार पाउने छन् ।
![](https://scontent.fktm12-1.fna.fbcdn.net/v/t1.15752-9/314012312_941153340181834_1387520671102392099_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=jRtitvrjY8MAX8yDfFZ&_nc_ht=scontent.fktm12-1.fna&oh=03_AdTeqEyWAr7ulrt_cuCRNd5O5bzkZS5-04eLfnOeNh4s6w&oe=638EEC4B)