काठमाडौं । नो मर्सी र न्यु जेनिथले प्रथम एसइइ कप ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । नो मर्सी फुटसल तथा न्यु जेनिथ थ्री बाइ थ्री बास्केटबलमा च्याम्पियन बने ।
खुमल्टारस्थित आयोजक प्रिमियर इन्टरनेसनल स्कुलमा भएको फुटसल फाइनलमा नो मर्सीले स्वस्तिश्री गुरुकुललाई ४–१ गोलले पराजित गर्यो । उपाधिसंगै नो मर्सीले ५० हजार तथा स्वस्तिश्रीले २५ हजार नगद पुरस्कार पाए ।
नो मर्सीका सञ्जय लामा उत्कृष्ट खेलाडी तथा स्वस्तिश्री गुरुकुल रेडका सुरेन्द्र तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १३ गोल गरेका नो मर्सीका गौरव महर्जन सर्वाधिक गोलकर्ता बने ।
![May be an image of 9 people and people standing](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/293144864_3329641447319609_8419381292624583070_n.jpg?stp=cp1_dst-jpg&_nc_cat=105&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=0D3n5dNToe4AX__71aJ&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AT9a4wKj18vn8aj47QUBPJJ4t7_nHrgVp4bfr3ZxGeQDGQ&oe=62D20B6B)
बास्केटबलको फाइनलमा न्यु जेनिथले ऋत एकेडेमीलाई १९–१७ ले हरायो । न्यु जेनिथका सुसन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । न्यु जेनिथले ३५ हजार तथा ऋतले २० हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मी, प्रिमियरकी एकेडेमिक डाइरेक्टर प्रविणा थापा, प्रतियोगिता संयोजक राजु श्रेष्ठलगायलतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको फुटसलमा २४ तथा बास्केटबलमा १६ टिम सहभागी थिए ।