काठमाडौं । साफ अन्डर १८ महिला च्याम्पियनसिपको ‘ड्र’ सार्वजनीक भएको छ । शनिबार सार्वजनीक ‘ड्र’ अनुसार नेपाल समुह बीमा परेको छ । नेपाल रहेको समुहमा भुटान, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।
त्यस्तै समुह एमा आयोजक भारत, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिता अगामी सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भारतमा सञ्चालन हुदैछ ।
प्रतियोगितामा दक्षिण एसियाका १८ बर्ष मुनिका ७ देशका महिला टोली सहभागि हुनेछन् ।
नेपालले समुह चरणको पहिलो खेलमा पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । सो खेल सेप्टेम्बर २९ मा हुनेछ ।
त्यस्तै, अक्टोबर १ मा भुटान र अक्टोबर ३ मा बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।
समुह चरणका शीर्ष दुई टोलीले सेमिफाईनलमा स्थान पक्का गर्नेछन् ।