काठमाडौं । स्पेनिस लिगमा बार्सिलोना गोल रहित बराबरीमा रोकिएको छ ।
आईतबार बार्सिलोनाले एथलेटिको बिल्बाओसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
बार्सिलोनाविरुद्ध घरेलु टोली बिल्बाओले रक्षात्मक रुपमा उत्कृष्ट प्रर्दशन गरेको थियो । बार्सिलोनाले बिल्बाओविरुद्ध गोल गर्न भने असफल रह्यो ।
बराबरीको नतिजाले बार्सिलोना लिगको तेस्रो स्थानमा रह्यो ।
उपाधि होडमा बार्सिलोनामाथि दबाब दिईरहेको गिरोनाले आईबार हार ब्यहोर्यो । मालोर्काले गिरोनालाई १–० ले स्तब्ध पार्यो । मालोर्काको जितमा जासे म्यानुअलले विजयी गोल गरेका थिए ।
गिरोना ५९ अंक सहित दोस्रो स्थानमा रह्यो । शीर्ष स्थानको रियल मड्रिड भन्दा जिरोना ७ अंकले पछि छ ।