काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा मंगलबार नेपालले लेवनानसंग खेल्दैछ ।
साउदी अरबमा जारी प्रतियोगितामा नेपाल फाइनल प्रवेशका लागि लेवनानसँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।
फिफा वरियतामा आफुभन्दा तल रहेको लेवनान माथि नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।
नेपाल फिफा वरियताको १ सय ५ औं स्थान र लेवनान १ सय ३४ औंं स्थानमा छ ।
प्रतियोगितामा नेपाल अपराजित छ । उसले समूह चरणका तीन वटै खेलमा शानदार जित निकालेको थियो ।
पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको नेपालले दोस्रो खेलमा इराकविरुद्ध ५–० को शानदार जित निकालेको थियो । तेस्रो खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।
नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले समूह एको उपविजेताको रुपमा लेवनानलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
सेमिफाइनलमा सबैको नजर नेपाली फरवार्ड सावित्रा भण्डारीमाथि हुनेछ । प्रतियोगितामा ८ गोल गरेकी सावित्रा सर्वाधिक गोलकर्ताको दौडमा निकै अघि छिन् ।
समूह चरणका तीन वटै खेलमा गोल गरेकी सावित्राले सेमिफाइनलमा समेत सोही लयलाई निरन्तरता दिने अपेक्षा छ ।