काठमाडौं । एन्जिला सुब्बाको कप्तानीमा राष्ट्रिय महिला फुटबल टिमको घोषणा भएको छ ।
साउदी अरबमा हुने वाफ च्याम्पियनसिपमा सहभागी हुन एन्जिलाको कप्तानीमा महिला टिमको घोषणा भएको हो ।
नेपाली टिममा एन्जिलासँगै उषा नाथ, अन्जन मगर, गिता राना, अमृता जैशी, हिराकुमारी भुजेल, बिमला बिके, निशा थोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी, अनिता बस्नेत छन् ।
यस्तै, अमिशा कार्की, अनिता केसी, प्रिति राई, दिपा शाही, बिमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, साबित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ र सबिता राना मगर छन् ।
वेस्ट एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह बीमा परेको छ ।
नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । प्रतियोगितामा नेपाल सहित ८ टिमले सहभागीता जनाउने पक्का भएको छ । अर्को समूह एमा लेबनान, जोर्डन, साउदी अरब र ग्वाम रहेका छन् ।
नेपालले सिरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । फागुन ७ गतेबाट सुरु हुने प्रतियोगिता १७ गतेसम्म चल्नेछ ।