काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।
शुक्रबार म्यानमारको थुवुन्ना रंगशालामा भएको खेल गोल रहित बराबरीमा सकिएको हो ।
म्यानमारविरुद्ध नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन ।
विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ । नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग दुई मैत्रीपुर्ण फुटबल खेल्नेछ ।
दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन् ।
दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।