काठमाडौं । नेपालको फिफा महिला वरीयता खस्किएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता एक स्थान घटेको हो ।
नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ ।
अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो ।
एसियाली राष्ट्रको वरीयतामा भने नेपाल १९ औं स्थानमा रहेको छ ।
यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६० औं स्थानमा रहेको छ ।
विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ।
इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै स्पेन छैठौं, क्यानडा सातौं, ब्राजिल आठौं, नेदरल्यान्ड्स नवौं र अष्ट्रेलिया १० औं स्थानमा रहेको छ ।