काठमाडौं । म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन र आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगर इङ्लिस प्रिमियर लिगको 'हल अफ फेम' बाट सम्मानित भएका छन् ।
प्रिमियर लिगले बुधबार युनाईटेडका पूर्व प्रशिक्षक र आर्सनलका पूर्व प्रशिक्षकलाई 'हल अफ फेम' बाट सम्मानित गरेको हो ।
८१ वर्षीय फर्गुसन प्रिमियर लिगको सर्वाधिक सफल प्रशिक्षक हुन् । उनले १३ प्रिमियर लिग उपाधि दिलाएका थिए ।
वेंगरले २२ वर्ष आर्सनलमा रहदा ३ पटक लिगको उपाधि दिलाएका थिए ।
फर्गुसन र वेंगर प्रिमियर लिगको 'हल अफ फेम' बाट सम्मानित हुने पहिलो दुई प्रशिक्षक बनेका छन् ।
यस अघि यस सम्मानबाट डेविड बेकह्याम, स्टेभेन जेरार्ड, फ्रान्क लाम्पार्ड, एलन शियरर, थियरी हेनरी, रोय केन र एरिक क्यान्टोना लगायतका खेलाडी सम्मानित भएका थिए ।
