धनगढी । छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको पहिलो सेमिफाइनल खेल ज बुधबार हुँदैछ ।
धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनी क्लब एभिनरबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउसो ३:३० बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
यस खेलको विजेताले फाइनलमा सुदूरपश्चिम–११ र थ्री स्टारबीचको विजेतासँग खेल्नेछ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।