काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक बंगलादेशले दोस्रो जित निकालेको छ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा शुक्रबार भारतलाई १-० गोल अन्तरले हराउँदै बंगलादेशले दोस्रो जित निकालेको हो ।
बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो ।
खेलको ७४ औं मिनेटमा अखिला राजनले आत्मघाती गोल गरिन् । जुन गोल बंगलादेशको जितमा निर्णायक बन्यो ।
जितसँगै बंगलादेशले ३ खेल ६ अंक जोडेको छ । बंगलादेश दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।