काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले कोलम्बियासँग बराबरी खेलेको छ ।
शुक्रबार भएको खेलमा कोरियाले कोलम्बियासँग २-२ गोलको बराबरी खेलेको हो ।
दुई गोलको अग्रता जोगाउन नसक्दा कोरियाले कोलम्बियासँग बराबरी खेलेको हो ।
खेलको दशौँ मिनेटमा कप्तान सन ह्युङ मिनले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै कोरियालाई २-० को अग्रता दिलाए ।
तर, खेलको ४६ औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै कोलम्बियालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा जोर्गे करास्कलले गोल गर्दै कोलम्बियालाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकिएको हो ।