काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य तथा मछिन्द्र फुटबल क्लबका मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर रंजित धिमाल अष्ट्रेलिया जाने भएका छन् ।
थ्री नेसन्स कप खेल्ने नेपाली टोलीमा नरहेका सुजल र रंजित बिहीबार राति अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग चलिरहदा सुजल र रंजित अष्ट्रेलिया जान लागेका हुन् ।
दुबै जनाले लिग अन्तर्गत पाँचौं चरणसम्म खेलेका थिए ।
मछिन्द्रलाई लगातार दुई पटक लिगको उपाधि दिलाउन दुबै खेलाडीको महत्वपूर्ण योगदान थियो ।
पछिल्लो समय नेपाली खेलाडीहरु अष्ट्रेलिया जाने क्रम बढिरहेको छ ।
यस अघि सुनिल बल, विशाल राई सहित एक दर्जन बढी खेलाडी अष्ट्रेलिया गईसकेका छन् ।