काठमाडौं । स्ट्राइकर केलियन एमबाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका छन् ।
नियमित कप्तान तथा गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले एमबाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो ।
लोरिसले गत जनवरीमा सन्यास घोषणा गरेका थिए ।
२४ वर्षीय एमबाप्पेले २०१७ मा फ्रान्सका लागि डेब्यु गरेका थिए ।
उनले फ्रान्सका लागि ६६ गोल गरिसकेका छन् ।
२०१८ को विश्वकप र २०२२ को विश्वकपमा उपविजेता बन्दा एमबाप्पे टिमको मुख्य खेलाडी थिए ।
यस्तै फ्रान्सले एन्टोनी ग्रीजम्यानलाई उपकप्तान चयन गरेको छ ।
एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोकप छनोट खेल्नेछ ।
युरोकप छनोटमा फ्रान्सले यसै महिना नेदरल्यान्ड्स र आयरल्याण्डसँग खेल्नेछ ।