काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशले विजयी सुरुआत गरेको छ ।
ढाकामा सोमबार भएको खेलमा भुटानलाई ८-१ गोल अन्तरले हराउँदै बंगलादेशले विजयी सुरुआत गरेको हो ।
यस अघि पहिलो खेलमा भारतले नेपाललाई ४-१ गोल अन्तरले हराएको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।