काठमाडौं । जापानको टोकियो फुजीमोरी फुटसल पार्कमा भएको चौंथो हिमालयन गोल्डकपको उपाधि काभ्रेली समाज जापानले जितेको छ ।
फाइनलमा ब्लुरे एफसीलाई ट्राइबेकरमा ३-१ गोल अन्तरले हराउँदै काभ्रेलीले उपाधिसहित पाँच लाख येन प्राप्त गरेको छ । उपविजेता बनेको ब्लुरेले २ लाख येन प्राप्त गरेको छ ।
अल स्टार एफसीलाई कोइन टसमा हराउदै राइजिङ नेपालले तेस्रो स्थान हासिल गर्दै १ लाख येन प्राप्त गरेको क्लबका अध्यक्ष अखिल लामाले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी काभ्रेली समाजका सोबिन लामा, उत्कृष्ट किपर काभ्रेली समाजका सुरज केसी, उत्कृष्ट स्ट्राइकर ब्लुरेका बिकास केसी, उत्कृष्ट डिफेन्डर राइजिङ स्टारका कमल मगर घोषित भए ।
विजेता खेलाडीहरुलाई प्रमुख अथिति एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल, बरिष्ठ उपाध्यक्ष नबिन न्युरे, महासचिब सिद्दार्थ, नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी बसन्त गौचन लगायतले पुरस्कृत गरे ।
जापान भरिको खेलप्रेमीलाई समेटेर गर्दै आईरहेको प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको थियो ।