काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पीएसजीलाई रेनसले २-० गोल अन्तरले हराएको हो ।
पीएसजी घरेलु मैदानमै रेनससँग पराजित भएको हो ।
खेलको ४५ औं मिनेटमा कार्ल टोको एकाम्बीले गोल गर्दै रेनसलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४८ औं मिनेटमा अर्नुड कालीमुएनडोले गोल गर्दै रेनसलाई २-० को जित दिलाए ।
घरेउ मैदानमा हार व्यहोरेपनि पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।
पीएसजीले २८ खेलमा ६६ अंक जोडेको छ ।
रेनस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।