काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट खेल्ने आफ्नो नगरपालिकाभित्रका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
नगरपालिकाले शनिबार राष्ट्रिय टिमबाट खेल्ने आफ्नो नगरभित्रका आठ खेलाडीलाई जनही १५ हजारसहित सम्मान गरेको हो ।
नगरपालिकाले राष्ट्रिय टिमका रेनुका नगरकोटी, रश्मी कुमारी घिसिङ, समिक्षा घिमिरे, अनिता केसी, अञ्जना रानामगर, पुनम जर्घामगर, निशा थोकर र मञ्जली कुमारी योञ्जनलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले खेलाडीहरू नगरपालिकाको शानको रूपमा रहेको भन्दै सम्मान गरेको हो ।
![No description available.](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t1.15752-9/336344935_540902918156543_3423835848313060038_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=fRhSRvdg-2kAX_q0dvv&_nc_ht=scontent.fktm6-1.fna&oh=03_AdTuvfVzNBvZMBhKU1wnioyWIBYeIkseJ3lE45hU5VTvPg&oe=643D3F24)
गत भदौमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनशिपमा नेपाली टिमले फाइनलसम्मको यात्रा तय गर्दा रौतहटका सात खेलाडीले टिमको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टिमको कप्तानसमेत रहेकी रेनुका भने चोटका कारण टिमबाट बाहिर थिईन् ।
महिला फुटबलका लागि उर्वर भुमीको रूपमा रहदै आएको रौतहटको चन्द्रपुर नगरपालिकाका दर्जनौ खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छ्न् ।