काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले डिफेन्डर जोआ कान्सेलो अनुबन्धका लागि चासो देखाएको छ ।
जनवरी ट्रान्सफरको डेडलाइन अघि कान्सेलो अनुबन्धका लागि बायर्नले प्रयास गरिरहेको छ ।
म्यानचेस्टर सिटीका डिफेन्डर कान्सेलो अनुबन्धका लागि जर्मन क्लबले प्रस्ताव अघि बढाएको बताईएको छ ।
२८ वर्षीय फुलब्याक कान्सेलो २०१९ मा युभेन्ट्सबाट सिटी आएका थिए ।
पोर्चुगिज डिफेन्डरले सिटीका लागि ९८ खेल खेलिसकेका छन् ।
पेप ग्वार्डीओलाको नेतृत्वमा उनले दुई लिग र ईएफएल कप जितिसकेका छन् ।
कान्सेलो ग्वार्डीओलाको मुख्य खेलाडीमा रहदै आएका छन् ।