काठमाडौं । साविक विजेता लिभरपुल एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ ।
आइतबार राति भएको खेलमा ब्राइटनसँग २-१ गोल अन्तरले पराजित हुँदै लिभरपुल बाहिरिएको हो ।
ब्राइटन भने पाँचौं चरणमा प्रवेश गरेको छ ।
खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा लिभरपुल पराजित हुँदै बाहिरिएको हो ।
खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३९ औं मिनेटमा लेविस डुन्कले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २-१ को जित दिलाए ।
