काठमाडौं । ट्युनिसियाका फरवार्ड वाह्बी खाज्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
फ्रेन्च क्लब मोन्टपेलियरका फरवार्ड खाज्रीले ३१ वर्षको उमेरमा सन्यास लिएका हुन् ।
कतार विश्वकपमा ट्युनिसिया समूह चरणबाट बाहिरिएको थियो ।
ट्युनिसिया नकआउट चरणमा पुग्न नसकेपछि उनको सन्यास घोषणा आएको हो ।
कतार विश्वकपमा उनले २ खेलमा १ गोल गरेका थिए ।
ट्युनिसियाका लागि उनले ७४ खेलमा २५ गोल गरेका छन् ।