• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
national life insurance ad
आफुलाई प्रमाणित गरेका दीप
खेलपाटी संवाददाता
शुक्रबार, असार ३, २०७९ खेलपाटी संवाददाता
आफुलाई प्रमाणित गरेका दीप
राष्ट्रिय फुटबल टिमका गोलरक्षक दीप कार्की । फोटो : खेलपाटी

 सुशान्त राज ।  

काठमाडौं । हालै सम्पन्न एसियन कप छनोटमा नेपाली टिमको प्रदर्शन चित्त बुझ्दो रहेन । एक त सिमित स्रोत साधनमा हुर्किएको नेपाली फुटबल, अर्को छनोटको मुखमै उत्पन्न खेलाडी प्रशिक्षक विवादले उत्पन्न कठिन परिस्थिती। 

kamana bank
clasic tec

अधिकांश नयाँ खेलाडी बोकेर कुवेत हिडेको टिमबाट ठुलै अपेक्षा गर्नु एक समर्थकका लागि मुर्खता भन्दा फरक नहोला ।

टोलीको समग्र प्रदर्शनलाई एकातिर राखेर हेर्ने हो भने नेपाली फुटबलले केही राम्रा खेलाडी भने पक्कै पनि पाएको छ । झन्डै पछिल्ला ५–७ वर्ष यता नेपाली टोलीबाट निरन्तर खेलिरहेका सिनियर खेलाडी विवादका कारण टोलीबाट बाहिर रहदाँ दोस्रो रोजाईका थुप्रै खेलाडीले सुरुवाती लाइन अपमा मौका पाए ।

विगत केही वर्ष यता राष्ट्रिय टोलीमा परेर पनि आफ्नो खेल कौशल प्रस्तुत गर्न नपाएका तीनै मध्यका एक खेलाडी हुन्, दीपकुमार कार्की । नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र दोस्रो रोजाईका विशाल श्रेष्ठ दुबै टोली बाहिर रहदाँ तीन नम्बरमा देखिदै आएका दीपले यस पटक एसियन कप छनोट जस्तो ठुलो प्रतियोगितामा क्षमता देखाउने पाए ।

प्रतियोगिता अघि सहिद स्मारक ए डिभिजन लिग हेर्ने एकाध दर्शक बाहेक धेरैले त दीप कार्कीको नाम पहिलो पटकनै सुनेका होलान् । पूर्व गोलरक्षक अझ टोलीका कप्तान किरण चेम्जोङको स्थानमा नेपालको गोल पोस्ट सम्हाल्नु दीपका लागि चानचुन कुरै थिएन । तीन नम्बरबाट सिधै एक नम्बरमा रहदै सुरुवाती ११ मा परेका दीपले एसियाली पावर हाउस जोर्डनविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरौला भनेर सायदै सोचेका थिए ।

सन् २०२० मा बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीको अन्तिम २३ मा स्थान बनाएका तीनै दीप त्यसयता नेपालले खेलेका २० मध्य १७ खेलमा बेन्चमै रहे ।

नेपालमै आयोजित थ्री नेसन्स कपका टिममा परेपनि खेल्न पाएका थिएनन् । किनकी उनका अघि कप्तान किरण सहित विकेश कुथु जस्ता सिनियर खेलाडी थिए ।

त्यसपछि साफमा पनि उनी विशाल श्रेष्ठ, किरण चेम्जोङ सहित टोलीको गोलरक्षक समूहमा परे । दुई नम्बरका बिकेशको स्थानमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विशाल श्रेष्ठलाई टोलीमा राख्दा तेस्रो रोजाईको रुपमा दीप पुन नेपाली टिममा परे । र पनि उनले प्रतियोगिता अवधिभर सिनियर गोलरक्षकको खेल अवलोकन गरिरहे ।

गत महिना घरेलु मैदानमा मरिससबिरुद्धको खेलमा दोस्रो रोजाईका गोलरक्षक विशाल श्रेष्ठले मौका पाउँदा दीप भने पालो पर्खिरहेका थिए । दुई नम्बरका गोलरक्षकको पालो आउँदा भने दीपलाई आफ्नो पनि पालो आउँला भन्ने आश पक्कैपनि लागेको हुनुपर्छ ।

कहिले काही हामी केही चिज फरक र राम्रो लाग्यो भने बजारबाट उठाई हाल्छौं । तर त्यो चिजलाई प्रयोगनै नगरेपछि त्यसको महत्व थाहा पाउने कुरापनि त भएन । यस्तै अवस्थाबाट उठेका एक प्रतिनिधि पात्र हुन् हाल राष्ट्रिय फुटबल टिमका गोलरक्षक दीप कार्की । 

नेपाली फुटबलले सम्भावना देखेर उनलाई टोलीमा लिएको थियो । तर दशक समयदेखि देशको गोलपोस्टमा ढालझै अडिएका किरणको बलियो उपस्थितिले टोलीमा कहिल्यै उनको विकल्प खोजी भएन ।

किरण टोलीमा हुँदा दीपलाई कहिल्यै परिक्षण गर्नै परेन । तर यसो भन्दै गर्दा धेरैले यो पनि बुझेनन् कि भोलि किरणको सन्यासपछि नेपाली गोलपोस्टको जिम्मा कसलाई निर्धक्क लगाउन सकिन्छ ? धेरै पछि यसको उत्तर आएको छ । 
जोर्डनविरुद्ध डेब्यु खेलमै दीपले जुन पेनाल्टीको बचाउ गरे, त्यो तारिफ योग्य थियो । धेरै खेलाडी आफ्नो करियरको पहिलो डेब्युमा अलि नर्भस देखिन्छन् तर दीप फरक रुपमा प्रस्तुत भए ।

डेब्यु खेलमा बलियो टोली जोर्डनविरुद्ध पेनाल्टी रोकेर उनले टिमको ठुलो संकट टारेका थिए । जोर्डनको लगातारको प्रहारलाई दीपले बिफल पार्दा कमजोर डिफेन्सका कारण नेपालले खेल २–० ले गुमाउन पुग्यो ।

दोस्रो खेलमा घरेलु टोली कुवेतविरुद्ध दीपले उस्तै प्रदर्शन गरे । तर यो खेलमा पनि नेपाल ४–१ ले पराजित भयो । तेस्रो खेलमा नेपालले आधा दर्जन बढिनै गोल खायो । यसो भन्दै गर्दा दीपले खराबै प्रदर्शन गरेका भने हैनन् । यो खेलमा नेपालले ईतिहासमा सबैभन्दा बढी गोल खान सक्ने देखिन्थ्यो । नेपाली डिफेन्सको बारम्बार कमजोरीका बाबजुद दीपले धेरै बचाउ गरेका थिए । इन्डोनेसियाविरुद्धको खेलमा कुनैपनि समर्थकले नेपालको खेल सम्झिन्छ भने त्यो दीपको जुझारु प्रर्दशन याद गर्छ ।

इन्डोनेसियाविरुद्धको खेलमा दीपको गोलकिपिङको प्रशंसक सायद विपक्षी टिमकै समर्थक भएका छन् ।  खेल पछि अझै पनि इन्डोनेसियाका थुप्रै मिडियामा दीपको नै चर्चा भैरहेको छ । धेरैले दीप स्वयमलाई म्यासेज गरेर उनको प्रशंसा गरिरहेका छन् । कतिपयले आफुहरुले दीपलाई इन्डोनेसियाको लिग वानमा समेत हेर्न चाहेको बताएका छन् ।इन्डोनेसियामा समेत राम्रा प्रशंसक कमाएका दीपले आफ्ना इन्डोनेसियाली प्रशंसकलाई धन्यबाद दिईरहेका छन् ।

प्रशिक्षक खेलाडी विवादले नेपाली टोली डगमगाएको अवस्था थियो । तर यसले केही सकारात्मक सन्देश छाडेको छ । धेरै युवा खेलाडीले एसियाली फुटबलकै सबैभन्दा ठुलो स्टेजमा एक्सपोजर पाएका छन् । भनिन्छ, जब अभावको सृजना हुन्छ तब विकल्पको खोजी हुन थाल्छ । हाल पुस्तान्तरणको अवस्थाबाट गुज्रिरहेको नेपाली फुटबलमा विवाद देखिनु दुखको कुरा हो । समाजको हरेक तहमा पुरानालाई नयाँ पुस्ताले स्थानान्तरण गर्दै जाने हो । नेपाली फुटबलको सवालमा यो अलि चाँडै भयो कि !

 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
युभेन्ट्स पराजित
युभेन्ट्स पराजित
लिभरपुल एफए कपबाट बाहिरियो
लिभरपुल एफए कपबाट बाहिरियो
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP