काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले आफूमाथि षडयन्त्र भएको बताएका छन् ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेम्बाङको कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रतिक्रिया दिदै नेम्बाङले आफुमाथि षडयन्त्र भएको बताए ।
नेम्बाङले मुख्य प्रशिक्षक अलमुताइरीको घोषणाले आफु आश्चार्यमा परेको समेत बताए ।
'मेरो स्पस्ट कुरा छ । यो निराधार ममाथि आएको षडयन्त्रपुर्वक आएको विज्ञप्ति ठानेको छु । म जहिलेपनि सत्यको वकालत गर्दै एन्फामा बसिरहेको व्यक्ति हो,' नेम्बाङले भने, ' एन्फाको वरिष्ठ उपाध्यक्षको हैसियतले म के भन्छु भने यो म माथिको एउटा षडयन्त्र हो ।'
नेम्बाङले यस बिषयमा छानबिन गर्न एन्फासँग माग समेत गरेका छन् ।
'एन्फाले यस विषयमा छानबिन गर्छ । म दोषी देखिए म फुटबल संघबाट राजीनामा दिन्छु । छानबिनबाट जो दोषी देखिन्छ । त्यसको भागीदार हुनुपर्छ । यो षडयन्त्र एन्फाले छानबिन समिति गठन गरेर चाडो भन्दा चाडो समाधान गर्नुपर्छ भन्ने मेरो माग छ,' उनले थपे ।
मुख्य प्रशिक्षक अलमुताइरीले राजीनामा दिने घोषणा