काठमाडौं । एक पटक १९५० को दशकको सुरुमा जर्मनीसँग तीन राष्ट्रिय टोलीहरू थिए । यी टोलीहरूले सारल्याण्ड, डेमोक्रेटिक रिपब्लिक र फेडरल रिपब्लिकको प्रतिनिधित्व गर्थे ।
पछिल्लो टोली, जसलाई पश्चिम जर्मनी भनेर चिनिन्छ । जो सबैभन्दा सफल थियो । पश्चिम जर्मनीले तीन विश्वकप र दुई यूरोपीयन च्याम्पियनशिपको उपाधि जित्यो । सन् १९९० मा यस देशको पुनर्मिलन भएपछि जर्मनीले अन्य दुई प्रमुख उपाधि जित्यो । जुन अहिलेको महान राष्ट्रिय टोलीको रूपमा रहेको छ ।
सन् १९०० मा जर्मन फुटबल संघको स्थापना ८६ क्लबका प्रतिनिधिहरूले गरेका थिए । यसले विभिन्न जर्मन क्षेत्रीय प्रतिस्पर्धाहरूलाई एकल राष्ट्रिय लिगमा समेट्न ठूलो भूमिका खेलेको थियो । जुन १९०२ मा सम्पन्न भयो ।
जर्मनीको राष्ट्रिय टोलीले १९०८ आफ्नो पहिलो आधिकारिक खेल खेल्यो । उक्त खेलमा जर्मनी स्विजरल्याण्डसँग ५–३ ले पराजित भयो ।
उनीहरूले १९१२ को ओलम्पिक फुटबल प्रतियोगितामा भाग लिए । जहाँ गोटफ्राइड फक्सले रुसविरूद्ध १० गोल गर्दै जर्मनीलाई १६–० को जित दिलाएका थिए ।
![East German football remembered](https://www.worldsoccer.com/wp-content/uploads/2014/11/east-germany-west-german.jpg)
डीएफसीले १९२६ मा राष्ट्रिय टोलीका खेलाडीहरू छनोट गर्यो । जसमा ओट्टो नेर्जलाई प्रशिक्षकको रूपमा नियुक्त गरे । उरुग्वेका लागि यात्रा गर्न नसक्दा जर्मनीले पहिलो विश्वकप गुमायो । तर, १९३४ को विश्वकपका लागि भने छनोट हुन सफल भयो । उनीहरूले बेल्जियम र स्विडेनलाई पराजित गरे । तर सेमिफाइनलमा चेकोस्लोभाकियाले जर्मनीलाई पराजित गर्यो । तेस्रो स्थानका लागि भएको खेलमा अष्ट्रियालाई पराजित गर्दै जर्मनीले सकारात्मक नतिजासँगै प्रतियोगिताको अन्त्य गर्यो ।
दोस्रो विश्वयुद्धपछिको विभाजन
दोस्रो विश्वयुद्धको पूर्ववर्ती दिनमा अस्ट्रियालाई जर्मनीले कब्जा गर्यो र अस्ट्रियाको राष्ट्रिय टोली तुरुन्तै खारेज गरियो । अस्ट्रियाका धेरै खेलाडीहरू जर्मन टोलीमा सहभागि हुन बाध्या पारियो । जर्मनीले त्यसपछि १९३८ को विश्वकपमा भाग लियो । तर पहिलो चरणबाटै बाहिरिन पुग्यो ।
दोस्रो विश्वयुद्धको अन्त्य पछि, जर्मनी तीन अलग राज्यहरुमा विभाजित भयो (पश्चिम जर्मनी, पूर्वी जर्मनी र सारल्याण्ड) । ती सबै राष्ट्रलाई १९५० सम्म सबै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिबन्धित गरिएको थियो । जसका कारण उनीहरूलाई १९५० को विश्वकपमा सहभागिता जनाउनबाट बन्चित भए । त्यसपछि देशका अधिकांश संगठनहरू पश्चिम जर्मनीले आफ्नो पक्षमा पार्न सफल भयो र विश्वकपपछि जर्मनीलाई पूर्ण फिफा सदस्यको रूपमा स्वीकार गर्यो ।
बेर्नको चमत्कार
चार वर्ष पछि पश्चिमी जर्मनीलाई १९५४ को विश्वकपका लागि छनोट हुन समस्या भएन । जर्मनीलाई विश्वकपमा हंगेरी, टर्की र दक्षिण कोरिया सहितको समूहमा राखिएको थियो ।
टर्कीविरुद्ध पहिलो खेलमा ४–१ ले जितपछि प्रशिक्षक सेप हर्बर्गरले हंगेरीविरुद्धको खेलका लागि आफ्ना पहिलो रोजाइका खेलाडीलाई आराम दिने निर्णय गरे । तर, जर्मनी ८–३ ले पराजित हुन पुग्यो । प्ले अफमा टर्कीलाई ७–२ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा छनोट भयो ।
जर्मनीले त्यसपछि युगोस्लाभियालाई २–० र अस्ट्रियालाई ६–१ ले पराजित गर्यो र फाइनलमा बलियो मानिएको हंगेरीसँगको भेट पक्का गर्यो । त्यतिबेला हंगेरीलाई व्यापक रूपमा खेलकुदको इतिहासमा उत्कृष्ट राष्ट्रिय टोली मध्ये एक मानिन्छ । जसले लगातार ३२ जितेको थियो ।
फाइनलमा पनि हंगेरीले पहिलो आठ मिनेट भित्रनै २–० को अग्रता बनाएको थियो । तर, त्यसको दुई मिनेट नबित्दै गोल फर्काउँदै खेल ३–२ का साथ पश्चिमी जर्मनीले पहिलो विश्वकपको उपाधि जित्यो । यसलाई नै बेर्नको चमत्कार भनिन्छ । जसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नमा ठूलो भूमिका खेल्यो ।
![The Miracle of Bern: West Germany′s run to 1954 World Cup win | Sports| German football and major international sports news | DW | 21.03.2020](https://static.dw.com/image/52870909_303.jpg)
पछिल्ला दुई विश्वकपहरू पनि अपेक्षाकृत सफल मानिएका थिए । १९५८ को संस्करणमा सेमीफाइनलमा स्विडेन र तेस्रो स्थानको खेलमा फ्रान्ससँग पराजित भएपछि चौथो स्थानमा रहेको थियो ।
सन् १९६२ को विश्वकपमा जर्मनी क्वाटरफाइनलमै फिर्ता भयो । किनकि पश्चिम जर्मनीलाई युगोस्लाभियाले पराजित गरेको थियो । १९६३ मा जर्मनमा व्यावसायिक फुटबलको प्रस्तुत गर्दै आफ्नो हारको जवाफ दियो ।
सन् १९६६ को विश्वकपमा जर्मनी फाइनलमा प्रवेश गर्यो । जहाँ उनीहरूले आयोजक इङल्यान्डसँग खेल्नु पर्ने थियो । खेलमा इङल्यान्डले २–१ ले अग्रता लिएको थियो । तर अन्तिम मिनेटमा पश्चिमी जर्मनीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयमा जर्ज हर्स्टले क्रसबारबाट विवादास्पद गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाए । त्यसपछि अन्तिम मिनेटमा हर्स्टले अर्को गोल थप्दा इङल्यान्डले पश्चिम जर्मनीलाई पराजित गरेको थियो ।
चार वर्ष पछि पश्चिमी जर्मनीले क्वाटरफाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै त्यसको बदला लियो । यद्यपि इटालीविरूद्ध सेमीफाइनलमा पराजित हुन पुग्यो ।
प्रमुख उपाधि
सन् १९७२ मा पश्चिम जर्मनीले आफ्नो पहिलो यूरोपीयन च्याम्पियनशिपमा भाग लियो । छनोटमा पोल्याण्ड, टर्की र अल्बानिया भएको समूहमा उनीहरू पहिलो स्थानमा थिए । अन्तिम ४ टिमको प्ले अफमा, उनीहरूले फेरि इङ्ल्यान्डलाई ३–१ ले पराजित गरे । प्रतियोगितामा बेल्जियम २–१ र सोभियत युनियनलाई ३–० ले पराजित गर्दै १८ वर्ष पछि पहिलो ठूलो उपाधि जित्यो ।
१९७४ को विश्वकपमा पश्चिमी जर्मनी घरेलु भूमिमा उपाधिको दाबेदारको रुपमा देखियो । पश्चिम जर्मनी, पूर्वी जर्मनी, चिली र अष्ट्रेलिया पहिलो चरणमा सँगै थिए । दुबै जर्मन टोली सुरक्षित हुँदै अर्को चरणतर्फ अगाढी बढे । पूर्वी जर्मनी दोस्रो चरणबाट बाहिरियो ।
![1974 FIFA World Cup™ - News - East Germany edge battle of brothers - FIFA.com](https://img.fifa.com/image/upload/t_l4/v1592809219/a385rtyyobi20uuqmrck.jpg)
पश्चिमी जर्मनीले फाइनलमा नेदरल्याण्ड्स प्रतिद्वन्दी पायो । डच टिम जोहान क्रुफको नेतृत्वमा थियो र '‘क्रुफ फुटबल' एक आकर्षक ब्रान्ड थिए । जसले गर्दा उनीहरूलाई शक्तिशाली विपक्षी बनायो । नेदरल्याण्ड्सले सुरुमै अग्रता बनाएका थिए । तर, पश्चिम जर्मनीले ब्रेटनर र मुलरको गोलमा २–१ ले जित्दै दोस्रो पटक विश्वकपको उपाधि जिते ।
निरन्तर सफलता
अर्को दुई ठूला प्रतियोगितामा उपाधि दाबेदारी प्रस्तुत गरे पनि पश्चिम जर्मनी सफल हुन सकेन् । युरो १९७६ को फाइनलमा २–० को खेलमा पुनरागमन गर्दै खेल बराबरीमा ल्याए । तर अन्ततः उसले पेनाल्टीमा खेल गुमाउन पुग्यो ।
१९७८ को विश्वकपमा निर्णायक खेलमा अस्ट्रियासँग २–१ ले पराजित भएपछि जर्मनी दोस्रो समूह चरणबाट अघि बढ्न सकेन ।
डेर्वालको नेतृत्वमा पश्चिम जर्मनीले युरो १९८० मा अर्को ठूलो उपाधि प्राप्त गर्यो । आठ टोलीले प्रतिस्पर्धा गरेको यो पहिलो यूरोपीयन च्याम्पियनशिप थियो र फाइनलमा पुग्न पश्चिम जर्मनीले आफ्नो समूहमा पहिलो स्थान हुनु पर्ने थियो । उनीहरूले चेकोस्लोभाकियालाई १–० र नेदरल्याण्ड्स ३–२ ले पराजित गर्दै फाइनलमा पुगे । फाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै उपाधि जित्यो ।
सन् १९८२ को विश्वकपमा पश्चिम जर्मनीको लागि राम्रो सुरु भएन । किनकि तिनीहरूले अल्जेरियाविरूद्धको आफ्नो पहिलो खेल गुमाएका थिए । तर, उनीहरूले चिली र अष्ट्रियालाई पराजित गरेर पुनः सफलता प्राप्त गरे । दोस्रो समूह चरणमा जर्मनीले पुरानो प्रतिद्वन्द्वी इङ्ल्यान्डसँग गोलरहित बराबरी खेल्दा स्पेनलाई २–१ ले पराजित गरेको थियो । फ्रान्सविरुद्धको सेमिफाइनल खेल नाटकीय थियो । पश्चिम जर्मनीले मुश्किलले पेनाल्टीमा फ्रान्सलाई पराजित गरेको थियो । फाइनलमा भने इटालीविरुद्ध पराजित हुन पुगे ।
बेकेनबाउर प्रभाव
यूरो १९८४ मा निराशाजनक उपस्थिति पछि संघले आफ्नो पूर्व कप्तान फ्रान्ज बेकेनबाउरलाई प्रशिक्षकमा नियुक्त गर्यो । बेकेनबाउरले मैदानमा त्यस्ता गुणहरू प्रदर्शन गरे जसले गर्दा पश्चिम जर्मनी कुनै पनि प्रतियोगिताको सेमिफाइनल पुग्न लगभग पक्का गरिएको जस्तै थियो ।
यो १९८६ को विश्वकपमा सही साबित भयो । जर्मन टोली फाइनलमा पुग्यो । तर, तिनीहरू माराडोनाको नेतृत्वमा रहेको अर्जेन्टिना टोलीसँग ३–२ ले पराजित हुन पुगे । दुई वर्षपछि तिनीहरूले यूरो १९८८ को सेमिफाइनलमा स्थान बनाए । तर नेदरल्याण्ड्स २–१ ले पराजित भयो ।
![1990: West Germany – Holland 2-1 (0-0) | Germany's / Deutschlands Nationalmannschaft](https://impromptuinc.files.wordpress.com/2012/03/901.jpg)
विश्वकप १९९० मा पश्चिम जर्मनी लगातार तेस्रो पटक विश्वकप फाइनलमा पुग्यो । फाइनलमा पुग्दासम्म जर्मनले नेदरल्याण्ड्सलाई २–१, चेकोस्लोभाकियालाई १–० र इङ्ल्यान्डलाई पेनाल्टीमा ४–३ ले पराजित गरेको थियो । अर्जेन्टिनाविरूद्धको फाइनल खेल सुस्त थियो । जहाँ आंद्रेस ब्रेहमेले ८५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै जर्मनीलाई तेस्रो पटक विश्वकपको उपाधि दिलाए ।
पुनर्मिलन
विश्वकपपछि बेकेनबाउरले राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजिनामा दिए र बर्टि भोग्स टोलीको नयाँ प्रशिक्षक बने । तर, त्यस वर्षको सुरुमा बर्लिन पर्खालको पतनले टिमलाई अझ ठूलो प्रभाव पारेको थियो । किनकि यसको मतलब पश्चिम जर्मनी र पूर्वी जर्मनीको पुनर्मिलन हुनेछ ।
अक्टोबर १९९० मा आधिकारिक रुपमा पूर्वी जर्मन फुटबल संघ पश्चिमी जर्मन फुटबल संघमा गाभियो । युनिफाइड जर्मन टिमले स्विट्जरल्यान्डविरूद्ध पहिलो आधिकारिक खेल खेल्यो ।
नयाँ स्वरुपको जर्मनीका लागि पहिलो ठूलो प्रतियोगिता यूरो १९९२ थियो । यूरोको समूहबाट अगाडि बढिसकेपछि जर्मनीले सेमिफाइनलमा स्विडेनलाई ३–२ ले पराजित गर्यो । तर, फाइनलमा डेनमार्कसँग पराजित भए ।
१९९४ को विश्वकप उद्धारका लागि एउटा मौका जस्तो देखिन्थ्यो । तर तिनीहरू क्वाटर फाइनलमा बुल्गारियासँग पराजित हुन पुगे । धेरैजसो खेलमा अग्रताका बाबजुत पनि जर्मनीले आफ्ना प्रतिद्वन्द्वीहरूलाई स्कोर उल्टाउन र खेल २–१ ले जित्न अनुमति दियो ।
यूरो १९९६ मा पहिलो प्रतियोगिता थियो जसमा १६ टोलीहरू समावेश थिए । जर्मनीले नयाँ नियमहरूको अनुसरण गर्दै आफ्नो समूहबाट अगाडि बढयो । क्रोएसिया र इङ्ल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । त्यसपछि चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै उपाधि जित्यो ।
![The match that defined an era: France vs West Germany in 1982](https://i0.wp.com/thesefootballtimes.co/wp-content/uploads/2015/05/francegermany.jpg?fit=1500%2C1063&ssl=1)
हराएका वर्ष
एकिकृत देशको रूपमा पहिलो ट्रफी जितेपछि जर्मनीले आफ्नो इतिहासको सबैभन्दा नराम्रो समस्यामा पर्यो । १९९८ को विश्वकपमा, उनीहरू क्वाटरफाइनलमा क्रोएसियासँग पराजित हुन पुगे । यूरोपीयन च्याम्पियनशिप २००० र २००४ विशेष गरी फ्यानहरूका लागि निराशाजनक थिए । किनकि जर्मनी समूह चरणबाट अगाडि बढ्न असफल भएको थियो ।
इङ्ल्यान्ड, पोर्चुगल र रोमानिया रहेको समूहमा यूरो २००० जर्मनीका लागि सबैभन्दा कम गौरवशाली प्रतियोगिता थियो । तिनीहरूको तीन खेलमा मात्र एक अंक थियो । पछिल्लो खेलमा राष्ट्रिय टोलीका एक महान खेलाडी लोथर म्याथियसले राष्ट्रिय टोलीबाट ३९ वर्षको उमेरमा आफ्नो अन्तिम खेल खेले । उनले आफ्नो करियर पोर्चुगलविरूद्ध ३–० को हारसँगै अन्त्य गरे ।
सन् २००२ विश्वकपमा जर्मनी बल्लतल्ल छनोट भयो । समूह चरणबाट अगाडी बढेको जर्मनी नकआउट चरणका तीन खेलमा आश्चर्यजनक १–० को जित निकाल्दै फाइनल पुग्यो । तर, फाइनलमा जर्मनी ब्राजिलसँग २–० ले पराजित भयो ।
चार वर्ष पछि जर्मनी धेरै जसो खेलमा पुरानै स्थितिमा भेटियो । एकपटक, उनीहरूले अपेक्षा बाहिरको प्रदर्शन गरे । समूह चरण हुँदै र नकआउटमा स्विडेन र अर्जेन्टिनालाई हराउँदै जर्मनी सेमिफाइनल पुग्यो । सेमिफाइनलमा कडा प्रतिस्पर्धाका बाबजुद अतिरिक्त समयमा पराजित हुन पुगे । त्यसपछि तेस्रो स्थानको खेलमा पोर्चुगललाई हरायो र ५ गोल गरेका मिरोस्लाभ क्लोजले गोल्डेन बूट जिते ।
नयाँ युग
२००८ मा जोचिम लोलाई मुख्य प्रशिक्षकको जिम्मा दिएपछि जर्मनीको रक्षात्मक शैलीमा आक्रमणक खेल प्रस्तुत गर्ने एक सिग्नेचर बन्यो । यस परिवर्तनको पहिलो संकेतहरू यूरो २००८ मा देख्न सकिन्थ्यो । जहाँ जर्मनीले स्पेनको साथ फाइनलमा प्रवेश गरेको थियो । तर, प्रभावकारी उत्तर बिनानै जर्मनीले स्पेनसँग १–० ले पराजित भयो ।
त्यसपछिका दुई यूरोपीयन च्याम्पियनशिपमा जर्मनीले उत्कृष्ट प्रदर्शन देखायो । २०१२ मा उनीहरूले समूह चरणको सबै तीन खेलहरू जितेका थिए । क्वाटरफाइनलमा ग्रीसलाई पराजित गर्दै जर्मनीले लगातार १५ खेल जितेर कीर्तिमान बनायो । तर, सेमिफाइनलमा जर्मनी इटालीसँग पराजित भयो । २०१६ मा जर्मनीले सेमिफाइनलसम्मको यात्रा तय गर्यो । यस पटक जर्मनी फ्रान्ससँग २–० ले पराजित हुन पुग्यो ।
![](https://img.fifa.com/image/upload/t_l4/ecwzl2aanajjvlgldiy4.jpg)
जर्मनीले २०१४ मा विश्वकप जितेको थियो । नकआउट चरणमा स्थान सुरक्षित गरेपछि शीर्ष १६ मा अल्जेरियालाई २–१ र क्वाटरफाइनलमा फ्रान्सलाई १–० ले पराजित गरेको थियो । सेमिफाइनलमा उनीहरूले ब्राजिललाई ऐतिहासिक ७–१ को जित निकाले । पहिलो हाफमा पाँच गोल गरेको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । फाइनलमा मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।
यस पटकको युरोमा जर्मनी पछिल्लो विश्वकपको समूह चरणबाटै बाहिरिएको बदला लिने दाउँमा छ । युरोपमा विभिन्न शहरमा ११ जुनबाट सुरु हुने यूरोमा जर्मनी मुख्य दाबेदार समेत मानिएको छ ।
![Fringe players for Germany′s World Cup squad with the most to prove | Sports| German football and major international sports news | DW | 28.03.2018](https://static.dw.com/image/43165612_303.jpg)
-एजेन्सीको सहयोगमा
यो पनि ...
युरोपको च्याम्पियन ‘डेनिस डायनामाइट’
आधुनिक फुटबलको जन्मदाता
फ्रान्सको समुन्द्री यात्रा अनि पहिलो गोल
विश्वकपको प्रदर्शन दोहोर्याउने आशा
युद्धपछि बेल्जियमको संघर्ष