एजेन्सी । इटालियन सिरी 'ए' फुटबल अन्तर्गत सिजनको अन्तिम चरणको खेलहरु आजबाट सुरु हुँदैछ ।
सिजनको अन्तिम चरणको खेल अन्तर्गत आज (शनिबार) पाँच खेल हुँदैछ ।
च्याम्पियन बनिसकेको युभेन्ट्सले अन्तिम खेलमा रोमाको सामना गर्नेछ ।
दुई खेल अगाबै च्याम्पियन बनेको युभेन्ट्सले घरेलु मैदानमा रोमासँग खेल्नेछ ।
घरेलु मैदानमा युभेन्ट्स जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै युभेन्ट्स जितसँगै ट्रफी उचाल्न चाहन्छ ।
३७ खेलबाट युभेन्ट्सले ८३ अंक जोडेको छ । रोमा ६७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
अर्को खेलमा इन्टर मिलान र एटलान्टाबीच खेल हुनेछ ।
एटलान्टाको मैदानमा दुवै टिम जित निकाल्दै शीर्ष दुईमा रहेर सिजनको अन्त्य गर्न चाहन्छ ।
इन्टर ७९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ७८ अंक जोडेको एटलान्टा तेस्रो स्थानमा रहेको छ ।
यस खेलमा जित निकाल्ने टोलिले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गर्नेछ ।
यस्तै एसी मिलानले काग्लियारीसँग खेल्नेछ ।
अन्य खेलमा ब्रेसियाले साम्पडोरिया, नापोलीले लाजियो र एसपीएलले फियोरेन्टिनासँग खेल्नेछ ।