एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले युवा डिफेन्डर इसा काबोरेलाई बेल्जियमको क्लबबाट अनुबन्ध गरेको छ ।
सिटीले १९ वर्षे डिफेन्डरलाई बेल्जियमको शीर्ष डिभिजन क्लब मेचेलेनबाट अनुबन्ध गरेको हो ।
काबोरेलाई सिटीले यस समर पहिलो खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
सिटीसँग काबोरेले पाँच वर्षको सम्झौता गरेका छन् । तर, राइट ब्याक काबोरे सन् २०२०/२१ को सिजन लोनमा मेचेलेनबाटै खेल्ने छन् ।
सिटीले युवा डिफेन्डर अनुबन्ध रकमबारे केहि खुलाएको छैन ।
अफ्रिकन राष्ट्र बुर्किना फासोका डिफेन्डरले बेल्जियन क्लबका लागि यस सिजन ५ खेल खेलेका थिए ।