एजेन्सी । इजिप्टको प्रिमियर लिग फुटबल अगष्ट दोस्रो साताबाट सुचारु हुने भएको छ ।
इजिप्ट फुटबल एसोसिएसनले शीर्ष डिभिजनको लिग अगष्ट ७ बाट सुचारु हुने जनाएको छ ।
कोरोना भाईरसको महामारीको कारण स्थगित लिग करिब पाँच महिनापछि सुचारु हुन लागेको हो ।
लिग सुचारु अघि खेलाडीको कोरोना परिक्षण हुनेछ । यस्तै सरकारी गाइडलाइनको पालना गर्नु पर्नेछ ।
यस सिजन अल-अह्ली लिगको शीर्ष स्थानमा रहेको छ । अल-अह्लीले १७ खेलमा ४९ अंक जोडेको छ ।