एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) विभिन्न चार खेल हुँदैछ ।
ला लिगामा आइतबार उपाधि दाबेदार रियल मड्रिड, बार्सिलोना लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिग लिडर रियलले बलियो टिम एथ्लेटिक बिल्बाओसँग खेल्ने छ ।
बिल्बाओको मैदानमा हुने खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुनेछ ।
बिल्बाओविरुद्ध मैदान उत्रदा रियल जित निकाल्दै उपाधि होड बलियो बनाउने योजनामा हुनेछ ।
तर, बलियो र घरेलु टिमविरुद्ध रियललाई जित निकाल्न कठिन हुने देखिएको छ ।
रियलले ३३ खेलमा ७४ अंक जोडेको छ । र, रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ४ अंकले अघि रहेको छ ।
बिल्बाओको मैदानमा जित निकाल्दै उक्त अग्रतालाई कायम राख्ने योजनामा हुनेछ ।
४८ अंकसहित आठौं स्थानमा रहेको बिल्बाओ भने रियललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
यस्तै बार्सिलोनाले भिया रियलसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
बार्सिलोना घरेलु टोलीलाई हराएर उपाधि होड कायम राख्न चाहन्छ । यस्तै रियलसँगको अंक दुरी समेत कम गर्न चाहन्छ ।
बार्सिलोनाले ३३ खेलमा ७० अंक जोडेको छ । भिया ५४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै स्पानियोलले लेगानेससँग खेल्नेछ । ओसासुनाले गेटाफेको सामना गर्नेछ ।