एजेन्सी । युभेन्ट्स मिडफिल्डर मिरलेम पजानिक बार्सिलोना जाने भएका छन् ।
सिजनको अन्त्यसंगै सिरि ए क्लब युभेन्ट्सका मिडफिल्डर स्पेनिस महारथी क्लब बार्सिलोना जाने टुङ्गो लागेको हो ।
युभेन्ट्सले बार्सिलोनाका ब्राजिली मिडफिल्डर अर्थरसंग पजानिकलाई साट्न लागेको हो ।
दुवै क्लब सिजनको अन्त्यसंगै खेलाडी साटफेर गर्न सहमत बनेका हुन् ।
३० बर्षिया पजानिकको ६० मिलियन युरो मुल्य निर्धारण गरिएको छ । उनी सन् २०१६ मा युभेन्ट्स आएका थिए । उनले सिरि एबाट २ सय १४ खेलमा प्रतिनिधित्व गरेका छन् ।
यस्तै, २३ बर्षिया अर्थर सन् २०१८ मा ५ बर्षको सम्झौता सहित बार्सिलोना आएका थिए । आन्तरिक रुपमा उनको ७२ मिलियन युरो मुल्य निर्धारण गरिएको छ ।
अर्थर समेत सिजनको अन्तिमसम्म बार्सिलोनामै रहनेछन् ।
युभेन्ट्सले सिरि ए फुटबलमा स्पष्ट ४ अंकको अग्रता लिएको छ । युभेन्ट्स लगातार नवौं पटक सिरि एको उपाधि जित्ने अभियानमा रहेको छ ।